
काठमाण्डौं । लायन्स क्लब अन्तराष्टिय डिष्ट्रिक्ट ३२५ आई नेपालको डिष्ट्रिक्ट पदाधिकारी पदस्थापन एवं पहिलो क्याविनेट मिटिङको सम्पूर्ण तयारी पुरा भएको छ । नेपालमा रहेका विभिन्न १५ वटा डिष्ट्रिक्ट मध्ये निकै नै चलायमान र प्रभावशाली मानिएको यो डिष्ट्रिक्टको बर्ष २०२५–२६ को डिष्ट्रिक्ट पदाधिकारी पदस्थापन एवं पहिलो क्याविनेट मिटिङ शनिवार नेपाल प्रज्ञा भवन काठमाण्डौंमा हुदैछ ।
लायन्स क्लब अफ काठमाण्डौं लर्ड बुद्ध होस्ट क्लब रहेको मिटिङमा डिष्ट्रिक्ट अन्तर्गतका १ हजार ५ सय बढी लायन्स सदस्यहरुको सहभागिता रहने अनुमान गरिएको मूल आयोजक समितिका संयोजक डिष्ट्रिक्ट ३२५ आई नेपालका डिष्ट्रिक्ट चिफ एडभाईजर बिष्णु प्रसाद भण्डारीले बताए ।
विहिवार काडमाण्डौं क्षेत्रमा रहेका सिनियर लिडरहरुको उपस्थिति रहेको तयारी छलफलमा भण्डारीले बताए अनुसार गएराती अबेरसम्म करिब ११०० भन्दा बढी लायन्स प्रतिनिधीहरुले क्याविनेट मिटिङमा सहभागी हुन नाम दर्ता गराइसकेका छन् । छलफलमा डिष्ट्रिक्टका प्रथम भाईस डिष्ट्रिक्ट गभर्नर सूर्यकुमार केसी, डिष्ट्रिक्टका ट्रेजरर महेन्द्र कुमार राठी, चिफ पिआरओ ऋषि गिरी, चिफ काउन्सिलर महेश पाण्डे, चिफ एड्मिनिट्रेटर जर्नाजन फुयाल, एड्मिनिट्रेटर टंकराज अधिकारी, बिन्दु घिमिरे, रामहरी सिलवाल, अनुज कुमार श्रेष्ठलगाएत लायन्स लिडरको उपस्थिति रहेको थियो ।
पदस्थापन एवं क्याविनेट मिटिङ प्रभावकारी रुपमा अघि बढाउन बिभिन्न उप समितिहरु गठन गरी तयारीलाई तिब्रता दिईएको छ । जस मध्ये रजिष्ट्रेशन उपसमितिले दिएको जानकारी अनुसार गण्डकी क्षेत्रमा ४०० बढी र बाग्मती क्षेत्रमा ८०० बढीले प्री–रजिष्ट्रेशन गरी सकेका छन् ।
गण्डकी क्षेत्रको रजिष्ट्रेशन संयोजकमा जिएटी डिष्ट्रिक्ट कार्डिनेटर नगेन्द्रराज बराल रहेका छन् भने बाग्मती क्षेत्रमा जिएमटी कोअर्डिनेटर लक्ष्मी प्रसाद कट्टेल रहेका छन् भने सम्बन्धित क्षेत्रका एरिया रिजन, जोन तथा क्लबका अध्यक्ष एवं पूर्वअध्यक्षहरु सहसंयोजक र सो माताहातका क्लब अध्यक्ष एवं पदाधिकारीलाई क्याबिनेट मिटिङ मूल आयोजक समितिको सदस्यमा मनोनयन गरिएको छ ।
डिष्ट्रिक्ट ३२५ आई नेपालकोे डिष्ट्रिक्ट पदाधिकारी पदस्थापन एवं पहिलो क्याविनेट मिटिङ ऐतिहासिक हुने डिष्ट्रिक्ट गभर्नर पार्वती खरेल पाण्डेले बताएकी छन् । पाण्डेका अनुसार १५ दिन अघि मात्र सम्पन्न लायन्स अन्तराष्ट्रियको १०७औं सम्मेलनमा डिष्ट्रिक्ट ३२५ आई नेपालले सबै भन्दा बढी क्लब चार्टर गर्न सफल भई सम्मानित भएको छ, त्यो खुशीयाली बाड्न पनि लायन्स साथीहरुको उल्लेख्य उपस्थिति रहने छ ।
संयोजक भण्डारीका अनुसार बिहान ७.३० बजेदेखि भृकुटी मण्डपबाट पिस परेड सुरु भई नेपाल प्रज्ञा भवनमा गई टुङ्गिने छ भने ब्यानर, ड्रेस र अनुशासन हेरी कार्यक्रममा पुरस्कृत गरिनेछ । कार्यक्रममा उच्चतम् रजिष्ट्रेशनदेखि बिभिन्न बिधामा डोर प्राईजको पनि ब्यवस्था गरिएको छ । जसमा धेरै संख्यामा रजिस्ट्रेसन भएको क्लबको क्लब अध्यक्ष, एरियाको एरिया कोर्डिनेटर, रिजन चियरपर्सन, जोनको जोन चेयरपर्सन साथै काठमाडौँदेखि पोखरा जाने प्लेन टिकेटसहित विभिन्न डोर प्राइजहरू राखिएको छ।











