
अन्नपुर्ण, कास्की । तमु धिं नेपाल अन्नपुर्ण गाउँपालिकाले पालिकास्तरीय भेला एवम् भाषिक अधिकारबारे अन्तर्किया कार्यक्रम सम्पन्न गरेको छ। मंगलवार अन्नपुर्ण गाउँपालिका कास्कीको समन्वयमा कृषि अनुसन्धान केन्द्र लुम्लेको सभाहलमा सम्पन्न भेला पश्चातको प्रथम अधिबेसनले श्याम गुरुङलाई अध्यक्षमा सर्वसम्मत निर्वाचित गरेको छ।
समितिको उपाध्यक्षमा देउकाजि गुरुङ सचिवमा युबराज गुरुङ चयन भएका छन् । त्यस्तै सदस्यमा वीर बहादुर गुरुङ, बुनु गुरुङलगाएत सर्वसम्मत निर्वाचित भएको नवनिर्वाचित अध्यक्ष श्याम गुरुंगले जगकारी दिए।
अन्नपूर्ण गाउँपालिका कास्कीका अध्यक्ष बिष्णु बहादुर केसीको प्रमुख आतित्थ्यतामा सम्पन्न कार्यक्रममा पालिकाका उपाध्यक्ष चन्द्रकला अधिकारी, तमु धिं नेपालका केन्द्रीय अध्यक्ष हुम तमु, उपाध्यक्ष गिमाया गुरुङ लगायत केन्द्रीय पदाधिकारीको सहभागिता रहेको थियो।









