२०८३ कार्तिक २३, सोमबार Monday, November 9, 2026
खबर

धवलागिरी बोडिङ्ग स्कुलमा प्रतिभा प्रस्फुटन कार्यक्रम सम्पन्न

पोखरा।  पोखरा २५ हेम्जामा रहेको धवलागिरी बोडिङ्ग स्कुलले विद्याथीहरु बीच खुल्ला प्रतिभा प्रस्फुटन कार्यक्रम सम्पन्न गरेको छ । कक्षा ४ देखी १२ सम्मका विद्यार्थीहरुको सहभागिता रहेको कार्यक्रममा ७२ वटा समुहले आआफ्नो प्रतिभा प्रस्तुत गरेको शिक्षक बाबुराम पौडेलले जानकारी दिए।

कार्यक्रम कक्षा ४ र ५, कक्षा ६ र ७, कक्षा ८ र ९ तथा कक्षा १० देखी १२ सम्म गरी चार चरणमा सम्पन्न भएको थियो । कार्यक्रममा अञ्जली सुनार,माधवी पौडेल,एकल बुढाथोकी र रेश्मा सुनार प्रथम,आरुषा नेपाली, बिमिशा खड्का,शिवानी विक, एलिनार जस्ता सुनार र समिक्षा विक द्वितीय, अंशु कुँवर र समृद्धि परियार, सकृया विक,कंचन कुवंर र दिपिशा नेपाली तृतीय र अनुश्का छेत्री रसमिक्षा पुन र बिपस्वी साकोटा, अमिसा कुवरर आकांक्षा बि।क,कृषा गुरुङले सान्त्वना स्थान प्राप्त गरे।

उनीहरूले नेपाली कला र संस्कृति झल्कने खालका नृत्य तथा गीत, कविता प्रर्दशन गरेका थिए। यसअघि कार्यक्रमको उद्घाटन गर्दै विद्यालयका प्रधानाध्यापक शिव बहादुर रेग्मीले नेपाली कला र संस्कृति विश्वमा नै लोकप्रिय रहेको बताउँदै, यसको जर्गेना र संरक्षण गर्ने दायित्व पनि हामीहरुकै भएको बताए । विद्यालयका सहायक प्रअ चन्द्रकान्त भट्टराईको अध्यक्षतामा भएको कार्यक्रममा राष्ट्रिय संगीतकर्मी संघ कास्कीका अध्यक्ष सुनिल गायक, शिक्षक सरस्वती भण्डारी लगायतले विद्यार्थीको प्रतिभाको मुल्यांकन गर्दै, कलाको कुनै सिमा नहुने बताए।

विद्यालयका अतिरिक्त विभाग प्रमुख कमल बहादुर अधिकारीले कार्यक्रम संचालन गरेका थिए ।

Read more

तिहारको चौथो दिन:गोवर्द्धन, गोरु र हलीको पूजा गरी मनाइँदै तिहार

पोखरा, कात्तिक २३ गते । यमपञ्चक अर्थात् तिहारको चौथो दिन आज गोवर्द्धन पर्वत, बलि राजा, गोरु र हलीको पूजाआजा गरी मनाइँदै छ। कात्तिक शुक्ल प्रतिपदाका दिन गाईको गोबरबाट…

आज लक्ष्मीपूजा गरिँदै, घरघरमा दीपावलीको तयारी

पोखरा । यमपञ्चक अर्थात् तिहारको तेस्रो दिन आज धनधान्य, ऐश्वर्य र समृद्धिकी देवी लक्ष्मीको पूजा आराधना गरी लक्ष्मीपूजा पर्व मनाइँदैछ । लक्ष्मीलाई घरमा भित्र्याउने धार्मिक विश्वासका साथ बिहानैदेखि…

विश्वकर्मा समाज कास्की महिला समितिद्वारा तिहारको शुभकामना आदानप्रदान

पोखरा। विश्वकर्मा समाज केन्द्रीय कार्यालय कास्की महिला समितिको आयोजनामा दीपावली तथा तिहार २०८३ को अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ। समाजको आफ्नै भवन रामबजारस्थित अलकापुरमा आयोजित कार्यक्रममा…

प्रेस स्वतन्त्रताको पक्षमा युवाहरूको ऐक्यबद्धता : कालो पोसाकमा माइतीघरमा प्रदर्शन

‘ पत्रकारिता अपराध होइन, लोकतन्त्रमा प्रश्नको जवाफ गिरफ्तारी होइन, जवाफदेहिता हो’ भन्दै सरकारसँग मागे जवाफ काठमाडौँ, कार्तिक २१ गते। सञ्चारमाध्यममाथि बढ्दो हस्तक्षेप र पत्रकारितामाथि राज्य संयन्त्रबाट भइरहेको दबाबविरुद्ध…

प्लास्टिकका फूलमाला बिक्री गर्ने पसलमा महानगरको अनुगमन, ६ हजार २८० रुपैयाँका सामग्री नष्ट

पोखरा। तिहारलाई लक्षित गर्दै पोखरा महानगरपालिकाले प्रतिबन्धित प्लास्टिकजन्य फूलमाला तथा अन्य सामग्रीको बिक्री–वितरण रोक्न बजार अनुगमनलाई तीव्रता दिएको छ। सरकारले प्लास्टिकजन्य फूलमालाको उत्पादन, आयात, बिक्री–वितरण तथा भण्डारणमा प्रतिबन्ध…

आज तिहारको दोस्रो दिन:काग तिहार, काकबलि र धन्वन्तरी जयन्ती मनाइँदै

पोखरा । तिहारको दोस्रो दिन अर्थात् कात्तिक २१ गते आज काग तिहार, काकबलि तथा धन्वन्तरी जयन्ती मनाइँदैछ। यमपञ्चकको दोस्रो दिन कागलाई यमराजको दूतका रूपमा पूजा गर्ने परम्परा छ।…