संविधानकै दायराभित्र रहेर मुलुकलाई निकास दिन हरप्रयास गरिरहेको छु : राष्ट्रपति पौडेल
- September 11, 2025
- 1584

6Shares
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले संवैधानिक दायराभित्र रहेर मुलुकलाई निकास दिन आफू निरन्तर प्रयासरत रहेको बताएका छन्।
बिहीबार प्रेस विज्ञप्ति जारी गर्दै उनले मुलुकमा लोकतन्त्रको संरक्षण, शान्ति र सुव्यवस्था कायम गर्न आवश्यक विचार, विमर्श र छलफल गरिरहेको स्पष्ट पारेका छन्। हालै सामाजिक सञ्जाल तथा काठमाडौंसहित विभिन्न स्थानमा राष्ट्रपतिको प्रत्यक्ष सम्बोधनको मागसहित प्रदर्शन भइरहेका बेला उनले विज्ञप्ति मार्फत आफ्नो धारणा सार्वजनिक गरेका हुन्।
राष्ट्रपतिद्वारा जारी विज्ञप्तिमा भनिएको छ, “मुलुकलाई निकास दिन संवैधानिक दायराभित्र रहेर विचार, विमर्श र हरप्रयास गरिरहेको छु। लोकतन्त्रको संरक्षण र शान्ति सुव्यवस्था कायम गर्न सबै पक्ष आ–आफ्नो जिम्मेवारीमा रहन जरुरी छ।”

6Shares

© कपीराईट–यस पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु कसैले
जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।










