बालेन शाह देशको ४३औँ प्रधानमन्त्रीमा नियुक्त, आजै शपथ तथा मन्त्रिपरिषद् विस्तारको तयारी
- March 27, 2026
- 1197

0Shares
काठमाडौं — बालेन शाह देशको ४३औँ प्रधानमन्त्रीमा नियुक्त भएका छन्। राष्ट्रपति रामचन्द्र पौडेलले आज उनलाई प्रधानमन्त्रीमा नियुक्त गरेको राष्ट्रपति कार्यालय स्रोतले जनाएको छ।
नवनियुक्त प्रधानमन्त्री शाहको शपथ आजै मध्याह्न १२:३४ बजे हुने तयारी गरिएको छ। शपथसँगै आजै मन्त्रिपरिषद् विस्तार गर्ने तयारीसमेत गरिएको जनाइएको छ।
यसअघि राष्ट्रिय स्वतन्त्र पार्टीले हिजो बसेको संसदीय दलको बैठकबाट शाहलाई दलको नेतामा चयन गर्ने निर्णय गरेको थियो।
0Shares

© कपीराईट–यस पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु कसैले
जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।








