0Shares

पोखरा, असार १६ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ। निगम सञ्चालक समितिको निर्णयअनुसार नयाँ मूल्य २०८३ असार १७ गते बिहान १२:०१ बजेदेखि लागू हुनेछ।

नयाँ मूल्यअनुसार पेट्रोलको मूल्य प्रतिलिटर २० रुपैयाँ र डिजेल/मट्टितेलको मूल्य प्रतिलिटर ३० रुपैयाँले घटाइएको छ। पहिलो वर्गका जिल्लामा पेट्रोलको मूल्य १९४ रुपैयाँ ५० पैसा, दोस्रो वर्गमा १९६ रुपैयाँ र तेस्रो वर्गमा १९७ रुपैयाँ प्रतिलिटर कायम गरिएको छ।

त्यसैगरी डिजेल/मट्टितेलको मूल्य पहिलो वर्गमा १९२ रुपैयाँ ५० पैसा, दोस्रो वर्गमा १९४ रुपैयाँ र तेस्रो वर्गमा १९५ रुपैयाँ प्रतिलिटर निर्धारण गरिएको निगमले जनाएको छ।

निगमका अनुसार आन्तरिक हवाई इन्धनको मूल्य प्रतिलिटर ४० रुपैयाँले घटाएर २२९ रुपैयाँ कायम गरिएको छ। एलपी ग्यासको मूल्य पनि प्रति सिलिन्डर १०० रुपैयाँले घटाएर २,०६० रुपैयाँ निर्धारण गरिएको छ। अन्तर्राष्ट्रिय उडानतर्फ प्रयोग हुने हवाई इन्धनको मूल्य पनि घटाइएको छ।

निगमले अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्यमा आएको गिरावट तथा भारतीय आयल निगमबाट प्राप्त नयाँ खरिद मूल्यका आधारमा स्वचालित मूल्य प्रणालीअनुसार मूल्य समायोजन गरिएको जनाएको छ।

0Shares
© कपीराईट–यस पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected