२०८३ कार्तिक १६, सोमबार Monday, November 2, 2026
खबर

अन्नपूर्ण–१० फुलीबाङमा जनसेवा आधारभूत विद्यालयको सुविधासम्पन्न तीन कोठे भवन उद्घाटन

वर्षाले क्षतिग्रस्त विद्यालय भवन पुनर्निर्माणपछि विद्यार्थीलाई सुरक्षित र व्यवस्थित पठनपाठनको वातावरण

अन्नपूर्ण, कास्की । कास्कीको अन्नपूर्ण गाउँपालिका–१०, फुलीबाङस्थित श्री जनसेवा आधारभूत विद्यालयमा नवनिर्मित तीन कोठे सुविधासम्पन्न पक्की भवनको उद्घाटन गरी हस्तान्तरण गरिएको छ।

स्थानीय सरकार, पाहार ट्रस्ट नेपाल, विभिन्न दातृ संस्था, सहयोगी व्यक्ति तथा स्थानीय समुदायको साझा प्रयासमा निर्माण सम्पन्न भएको भवन सोमबार आयोजित विशेष समारोहबीच उद्घाटन गरिएको हो।

वि.सं. २०८१ असार २६ र २८ गते परेको अविरल वर्षाका कारण विद्यालयको पुरानो भवन क्षतिग्रस्त भएपछि विद्यार्थीको पठनपाठनमा सहजता ल्याउने उद्देश्यले नयाँ भवन निर्माण गरिएको हो।

नवनिर्मित भवनको उद्घाटन पाहार ट्रस्ट नेपाल (यूके) का प्रतिनिधि मार्क प्याच र राचेल प्याच तथा अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष विष्णुबहादुर केसीले संयुक्त रूपमा गरे।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सुनिता वि.क.को अध्यक्षतामा सम्पन्न कार्यक्रममा गाउँपालिका अध्यक्ष विष्णुबहादुर केसी प्रमुख अतिथिका रूपमा उपस्थित थिए। कार्यक्रममा पाहार ट्रस्ट नेपालका अध्यक्ष भुवनसिं गुरुङ, वडा नं. १० का अध्यक्ष गौतम गुरुङ, गाउँ कार्यपालिका सदस्य, वडा सदस्य, शिक्षकलगायत स्थानीय सरोकारवालाको सहभागिता थियो।

कार्यक्रममा गाउँपालिका अध्यक्ष केसीले विद्यालयको भौतिक पूर्वाधार विकाससँगै गुणस्तरीय शिक्षाको वातावरण निर्माण गर्नु स्थानीय सरकारको प्राथमिकता रहेको बताए। उनले स्थानीय सरकार र सहयोगी संस्थाबीचको सहकार्यबाट निर्माण भएको भवनले विद्यार्थीलाई सुरक्षित र व्यवस्थित वातावरणमा अध्ययन गर्ने अवसर प्रदान गर्नुका साथै शैक्षिक गुणस्तर सुधारमा समेत सहयोग पुग्ने विश्वास व्यक्त गरे।

पाहार ट्रस्ट नेपालका अध्यक्ष भुवनसिं गुरुङले शिक्षा क्षेत्रको विकासका लागि सरकार, स्थानीय समुदाय र सहयोगी संस्थाबीचको सहकार्य अपरिहार्य रहेको उल्लेख गरे। विद्यालयको आवश्यकता र विद्यार्थीको हितलाई केन्द्रमा राखेर गरिएको सहयोगले ग्रामीण क्षेत्रको शैक्षिक विकासमा सकारात्मक योगदान पुर्‍याउने उनको भनाइ थियो।

त्यसैगरी वडा नं. १० का अध्यक्ष गौतम गुरुङले विद्यालयको भौतिक पूर्वाधार विकासले वडाको समग्र शैक्षिक वातावरण सुधारमा महत्वपूर्ण भूमिका खेल्ने बताए। उनले निर्माण भएको भवनको संरक्षण, उचित व्यवस्थापन र शैक्षिक गुणस्तर अभिवृद्धिका लागि स्थानीय समुदाय तथा सरोकारवाला सबैको निरन्तर साथ र सहयोग आवश्यक रहेको धारणा राखे।

कार्यक्रममा शिक्षिका पवित्रा दनुवारले स्वागत मन्तव्य राखेकी थिइन्। विद्यालयको गतिविधि, भवन निर्माणको पृष्ठभूमि र सहयोगीहरूको योगदानबारे प्रधानाध्यापक अनिता वि.क.ले जानकारी गराएकी थिइन् भने कार्यक्रम सञ्चालन शिक्षिका विष्णुकुमारी वि.क.ले गरेकी थिइन्।

भवन निर्माणका लागि अन्नपूर्ण गाउँपालिका, Spooky 2 Global Aid Foundation, Schools for Nepal, Different Travel Volunteer Group, Paul Scraton, George Creasey, Rachel & Mark Patch, Peter Kemmis, Betty 2GR (Half a Banana) तथा फुलीबाङ समुदायले आर्थिक सहयोग गरेका थिए। पाहार ट्रस्ट नेपाल र फुलीबाङ समुदायको सहकार्यमा निर्माण कार्य सम्पन्न भएको हो।

यसै अवसरमा विद्यालयका लागि निःशुल्क जग्गा उपलब्ध गराउने जग्गादाता मानप्रसाद गुरुङलाई विशेष सम्मान गरिएको थियो। साथै भवन निर्माणमा आर्थिक, भौतिक तथा अन्य विभिन्न माध्यमबाट सहयोग पुर्‍याउने पाहार ट्रस्ट नेपाल, दातृ संस्था, सहयोगी व्यक्ति तथा स्थानीय समुदायका प्रतिनिधिहरूलाई पनि सम्मान गरिएको थियो।

तीन कोठे नयाँ पक्की भवन निर्माणसँगै अब विद्यालयका विद्यार्थीले सुरक्षित, व्यवस्थित र सुविधासम्पन्न कक्षाकोठामा अध्ययन गर्ने अवसर पाएका छन्। प्राकृतिक विपत्तिबाट क्षतिग्रस्त शैक्षिक पूर्वाधारलाई पुनःस्थापना गर्दै स्थानीय सरकार, सामाजिक संस्था, दाता र समुदायबीचको सहकार्यको उदाहरणसमेत बनेको यस कार्यले फुलीबाङको शैक्षिक विकासमा नयाँ आशा थपेको वडाध्यक्ष गौतम गुरुङको भनाइ छ ।

Read more

कांग्रेस पार्टी नै फुटाएर हिँडेका छन् गगन थापा : शशांक कोइराला

पोखरा, १५ कात्तिक। नेपाली कांग्रेसका नेता शशांक कोइरालाले पार्टीभित्र विषम परिस्थिति नरहेको अवस्थामा महामन्त्री गगन थापाले विशेष महाधिवेशनको नाममा कांग्रेसलाई विभाजनतर्फ धकेलेको आरोप लगाएका छन्। नेपाली कांग्रेसको १५औँ…

श्रृजना मल्ललाई नेविसंघको नेतृत्व, ६ महिनाभित्र महाधिवेशन गराउन निर्देशन

पोखरा । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा पक्षले नेपाल विद्यार्थी संघ (नेविसंघ) को अध्यक्षमा श्रृजना मल्ललाई मनोनीत गरेको छ। नेपाली कांग्रेसको १५औँ केन्द्रीय महाधिवेशन तयारी समितिका संयोजक प्रा.डा.…

कांग्रेस कास्की–१ को ‘आमा–शिशु साथ अभियान’ : सुत्केरीलाई लोकल भाले, नवजात शिशुलाई नयाँ कपडा

पोखरा । नेपाली कांग्रेस कास्की क्षेत्र नं. १ ले आर्थिक रूपमा विपन्न तथा दलित समुदायका सुत्केरी आमा र नवजात शिशुलाई लक्षित गर्दै ‘आमा–शिशु साथ अभियान’ सञ्चालन गर्ने भएको…

पोखरा महानगर कांग्रेसको सामाजिक उत्तरदायित्व : मृगौला पीडितलाई ३६ हजार ६०५ सहयोग

पोखरा, कार्तिक १४ । नेपाली कांग्रेस पोखरा महानगर कार्यसमितिले चाडपर्वको शुभकामना आदान–प्रदान तथा सम्मान कार्यक्रमलाई सामाजिक उत्तरदायित्वसँग जोड्दै मृगौला पीडितलाई उपचारका लागि ३६ हजार ६०५ रुपैयाँ आर्थिक सहयोग…

बराहथान युवा क्लबको वार्षिकोत्सवमा गाउँस्तरीय भलिबल प्रतियोगिता, विजेतालाई ६१ हजार पुरस्कार

पोखरा । श्री बराहथान युवा क्लब, भिचुक पोखरा गुरुङ मगर सम्पर्क समाज अन्नपूर्ण गाउँपालिका–७, भिचुक, कास्कीले नेपालीहरूको महान् चाड शुभदीपावली (तिहार) को अवसरमा गाउँस्तरीय भलिबल प्रतियोगितासहित विविध सांस्कृतिक…

कर्माचार्य दम्पतीद्वारा वार्षिक एक लाख ५१ हजार राशिको सामाजिक सेवा पुरस्कार स्थापना

शिक्षा, स्वास्थ्य र सामाजिक सेवामा विशिष्ट योगदान पुर्‍याउने व्यक्तित्वलाई हरेक वर्ष सम्मान गरिने पोखरा । उद्योगी एवं सामाजिक व्यक्तित्व गोविन्द कर्माचार्य र उनकी धर्मपत्नी बिमला कर्माचार्यले शिक्षा, स्वास्थ्य…