२०८३ कार्तिक २९, आइतबार Sunday, November 15, 2026
कोरोना-विशेषखबरदेश

नेपाल विद्यार्थी संघले राहत वितरण गर्न सरकारको ध्यानाकर्षण गराएको छ।

काठमाडौं, २६ चैत – नेपाल विद्यार्थी संघले लकडाउनका कारण घर जान नपाएर डेरामै बसिरहेका विद्यार्थीहरुलाई उच्च प्राथमिकतामा राखेर राहत वितरण गर्न सरकारको ध्यानाकर्षण गराएको छ।

नेवि संघ अध्यक्ष राजीव ढुंगानाले प्रेस विज्ञप्ति जारी गरी देशभरि पढाइका क्रममा डेरा लिएर बसेका विद्यार्थीलाई राहत प्रदान गर्न सरकारसँग माग गरेका हुन्।

विदेशमा अध्ययन गर्दै गरेका विद्यार्थीहरुलाई त्यहाँस्थित नेपाली दूतावासमार्फत सबै किसिमका आवश्यक सहयोग उपलब्ध गराउन आग्रह गर्दै ढुंगानाले ‘अप्ठ्यारो परेको बेलामा मेरो देशको सरकारले मलाई सहयोग गर्छ’ भन्ने कुराको प्रत्याभूति गराउन ध्यानाकर्षण गराएका छन्।

‘देश–विदेशमा रहेका रहेका नेवि संघ मातहतका इकाईहरु तथा नेवि संघमा आबद्ध साथीहरुलाई यस विपत्तिको क्षणमा आफ्नो क्षेत्रमा रहेका विद्यार्थीहरु र सम्पूर्ण जनसमूदायको दूःखमा आवश्यक साथ–सहयोग गरी तथा आवश्यक परेकालाई आफै अग्रसर भएर राहत प्रदान गर्न आह्वान गर्दछु,’ ढुंगानाले भनेका छन्।

त्यसैगरी, देशभरि सञ्चालन भएका राहत वितरण कार्यको पनि आफ्नो ढंगले अनुगमन गर्दै पाउनु पर्नेले नपाएको भए वा नपाउनु पर्नेले पाएको भए त्यस विरुद्ध खबरदारी गर्न र राहत वितरणका क्रमम केही अनियमतिता वा भ्रष्टाचर भएको भए त्यस विरुद्ध तरुन्त आवश्यक कदम चाल्न नेवि संघले आह्वान गरेको छ।

‘बेमौसमी बाजा नबजाउने नाममा गरीब दूःखीलाई बाँड्न आएको राहतमा भ्रष्टाचार हुँदा पनि चुप लागेर टुलुटुलु हेरेर बस्नु झन् ठुलो अपराध हो,’ अध्यक्ष ढुंगानाले भनेका छन्।

कोरोना भाइरस कोभिड–१९को संक्रमणले समग्र विश्वलाई जकड्दै लगेको यस क्षणमा यसको संक्रमण फैलन नदिन अत्यन्त सावधानी अपनाउनु पर्ने आवश्यकता ढुंगानाले औल्याएका छन्।

‘अर्कोतिर लकडाउन जस्तो सतर्कताको उपाय अपनाउँदै गर्दा यसकै कारण दैनिक जनजीवन कष्टकर नबनोस् भन्ने तर्फ पनि सचेत हुनु पर्ने अवस्था छ,’ उनले भनेका छन्।

शिक्षा आर्जन गर्न घरदेखि टाढाका विभिन्न शहरहरुमा डेरा लिइ बसेका विद्यार्थीहरु र दैनिक ज्यालादरी गरेर जीवन–जिउने श्रमजीवी वर्गलाई लकडाउनको अवधिमा जीवन धान्न गाह्रो हुँदै गएको ढुंगानाले बताएका छन्।

अध्यक्ष ढुंगानाले यी दुई वर्गलाई पहिलो प्राथमिकतामा राखि प्रभावकारी ढंगबाट राहत वितरण गर्न सरकारसँग आग्रह गरेका छन्।

Read more

गण्डकी कांग्रेसको नेतृत्वमा मेखलाल श्रेष्ठको दाबेदारी, महामन्त्रीमा गंगाधर पराजुलीको चर्चा

पोखरा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नियमित महाधिवेशन पक्षधरले गण्डकी प्रदेशको दोस्रो अधिवेशन आगामी मंसिर ५ र ६ गते पोखरामा गर्ने तय गरेसँगै प्रदेश नेतृत्वका लागि राजनीतिक सरगर्मी…

देउवा नेतृत्व कांग्रेसको १५औँ महाधिवेशनका लागि कास्कीबाट पुराना नेता र युवासहित प्रतिनिधि चयन

पोखरा । नेपाली कांग्रेसको नियमित १५औँ महाधिवेशनका लागि कास्कीका तीनवटै निर्वाचन क्षेत्रबाट महाधिवेशन प्रतिनिधि चयन भएका छन् । पार्टीको १४औँ महाधिवेशनबाट निर्वाचित सभापति शेरबहादुर देउवा नेतृत्वको समूहबाट नियमित…

समाज कल्याण समितिको अध्यक्षमा पुनः राजेन्द्रबहादुर कार्की निर्विरोध निर्वाचित

पोखरा । ‘सामाजिक उत्तरदायित्व हाम्रो जिम्मेवारी’ भन्ने मूलमन्त्रका साथ स्थापित समाज कल्याण समिति कास्कीको अध्यक्षमा राजेन्द्रबहादुर कार्की पुनः निर्विरोध निर्वाचित भएका छन् । शनिबार पोखरा-१०, काजीपोखरीस्थित सभा हलमा…

रत्न मन्दिर र हिमागृह लिजमा नदिन जिससको आग्रह

पोखरा । पोखराका ऐतिहासिक सम्पदा रत्न मन्दिर तथा हिमागृहसहित बाराहीघाटको जग्गा ३० वर्षका लागि लिजमा दिने तयारीप्रति जिल्ला समन्वय समिति कास्कीले आपत्ति जनाएको छ। समितिले फेवातालको मापदण्डभित्र पर्ने…

पोखरामा मंसिर ५ र ६ गते कांग्रेस गण्डकीको दोस्रो अधिवेशन, देउवाले उद्घाटन गर्ने

१ हजार ६ सयभन्दा बढी प्रतिनिधि सहभागी हुँदै, अधिवेशनका लागि २५ लाख खर्च अनुमान पोखरा, कात्तिक २७ । नेपाली कांग्रेसको नियमित १५औँ महाधिवेशनअन्तर्गत गण्डकी प्रदेशको दोस्रो अधिवेशन आगामी…

तिहारको चौथो दिन:गोवर्द्धन, गोरु र हलीको पूजा गरी मनाइँदै तिहार

पोखरा, कात्तिक २३ गते । यमपञ्चक अर्थात् तिहारको चौथो दिन आज गोवर्द्धन पर्वत, बलि राजा, गोरु र हलीको पूजाआजा गरी मनाइँदै छ। कात्तिक शुक्ल प्रतिपदाका दिन गाईको गोबरबाट…