0Shares

पोखरा । गण्डकी प्रदेश सरकारले स्थापना गरेको कोरोना भाइरस (कोभिड–१९) रोकथाम आपतकालीन कोषमा भाटभटेनी सुपरमार्केटले सहयोग गरेको छ । कोषमा भाटभटेनीले २५ लाख रुपैयाँ सहयोग गरेको हो ।
गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी शुब्बा गुरुङलाई पोखरा शाखाका प्रमुख चक्र लालचनले २५ लाख रुपैयाँको चेक बुधबार हस्तान्तरण गरे । सातै प्रदेशलाई सहयोग गर्ने क्रममा भाटभटेनीले गण्डकी प्रदेशको कोरोना राहत कोषलाई पनि सहयोग गरेको हो ।
संघीय सरकारलाई १ करोड रुपैयाँ सहयोग गरेको भाटभटेनीले सातै प्रदेशलाई २५ लाख रुपैयाँका दरले सहयोग गर्ने घोषणा गरेको थियो । कोरोना भाइरसका कारण सिर्जित विषम परिस्थितिमा निजी क्षेत्रले राज्यलाई सहयोग गर्नुपर्ने दायित्वलाई बुझेर भाटभटेनीले रकम हस्तान्तरण गरेको प्रवन्ध निर्देशक मीनबहादुर गुरुङले बताए । ‘भाटभटेनी यहाँसम्म आउनुको कारण नै आमजनता हुन्,’ उनले भने, ‘समस्या परेका बेला सहयोग गर्नु हामी व्यवसायीको कर्तव्य हो ।
सहयोगले संघीय सरकार र प्रदेश सरकारलाई थोरै भएपनि राहत पुग्ने विश्वास लिएको प्रवन्धक विनोद भट्टराईले बताए । गण्डकी प्रदेश सरकारले स्थापना गरेको कोरोना भाइरस रोकथाम आपतकालीन कोषमा भाटभटेनीबाट प्राप्त सहयोगप्रति मुख्यमन्त्री गुरुङले धन्यवाद ज्ञापन गरेका छन् ।

0Shares
© कपीराईट–यस पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected