२०८३ कार्तिक २१, शनिबार Saturday, November 7, 2026
देशपर्यटनमुख्य खबरविदेशव्यक्ति विशेष

नेपाललाई स्मार्ट पर्यटकीय गन्तव्य बनाउने गरी सूचना प्रविधिको विकास गर्नुपर्ने ः सञ्चारमन्त्री पार्वत गुरुङ

काठमाडाँ, २१ मङ्सिर । सञ्चार तथा सूूचना प्रविधिमन्त्री पार्वत गुरुङले पर्यटन क्षेत्रलाई मुुलुुकको आर्कषक गन्तव्य बनाउने गरी सूचना प्रविधिको विकास गर्ने प्रतिवद्धता व्यक्त गर्नु भएको छ । सरकारका प्रवक्ता समेत रहनु भएका मन्त्री गुरुङले नेपाललाई स्मार्ट पर्यटकीय गन्तव्यको रुपमा विकास गर्ने गरी सूचना प्रविधिको विकास गर्ने बताउनु भएको हो । पाकिस्तानस्थित विश्वको दोस्रो सर्वोच्च शिखर माउन्ट केटूू हिमाल आरोहण गर्न लागेका दोलखा बेदिङका हिम आरोहीहरु मिङ्मा ग्याल्जेन शेर्पा, दावा ग्याल्जेन शेर्पा र किली पेम्वा शेर्पालाई नेपालको राष्ट्रि«य झण्डाका साथ विदाई गर्न शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उहाँले विश्वको सर्वोच्च शिखर सगरमाथालगायतको आरोहण गरेर हिमाल आरोहीहरुले नेपाललाई विश्वमाझ चिनाउन महत्वपूर्ण भूमिका निर्वाह गरिरहेको पनि स्मरण गराउनु भयो । उहाँले दोलखाको रोल्वालिङ हिमाल आरोहरणको क्षेत्रमा नयाँ–नयाँ कीर्तिमान कायम राख्नेहरुको जन्मथलो भएकाले सो ठाउँलाई स्मार्ट पर्यटकीय गन्तव्य बनाउन आफूूले सक्दो पहल गर्ने बताउनु भयो ।

आरोहण दलका सदस्यहरुलाई मन्त्री गुरुङले आफ्नो एक महिनाको पारिश्रमिक बराबरको आर्थिक सहायता प्रदान गर्नु भएको थियो भने गौरीशंकर गाउँपालिकाले २ लाख सहायता उपलब्ध गराएको थियो । दोलखाको गौंरीशंकर गाउँपालिकास्थित बेदिङ गाउँमा मात्रै ६५ जना भन्दा बढिले विश्वको सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरि सक्नु भएको छ ।

Read more

ज्योतिष, शिक्षा र सामाजिक सेवामा विशिष्ट योगदान पुर्‍याउँदै आएका डा.हरिश्चन्द्र भण्डारीलाई ‘वर्ष ज्योतिषी सम्मान–२०८३’

अध्यापन, अनुसन्धान, ज्योतिषीय परामर्श र वैदिक धर्म–संस्कृतिको प्रवर्द्धनमा सक्रिय डा. भण्डारीलाई ज्योतिष परिषद् नेपालको पहिलो ‘वर्ष ज्योतिषी’ सम्मान चितवन। ज्योतिषशास्त्रको अध्ययन, अध्यापन, प्रशिक्षण तथा व्यावहारिक ज्योतिषीय परामर्शका क्षेत्रमा…

फ्लाई दुबईबाट सिधै पोखरा ओर्लिए विदेशी टिकटकर्स, स्वागतले भए दंग

पोखराको पर्यटन विश्वभर चिनाउन सात देशका ट्राभल कन्टेन्ट क्रिएटर नेपालमा, विदेशी पाहुनालाई पोखरा विमानस्थलमै भव्य स्वागत पोखरा । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा विदेशी पाहुनाको आगमनसँगै पर्यटन प्रवर्द्धनको नयाँ उत्साह…

भदौ १० : त्रिशूलीको भेलसँगै बगेको एउटा दिन

२४ घण्टाको छटपटी, जन्मभूमि फर्किने हुटहुटी र विपत्तिमा जागेको मानवता — अनुज कुमार श्रेष्ठ, सामाजिक अभियन्ता / लायन्स अभियानमा आबद्ध भदौ १० को बिहान म पोखरामा थिएँ। कार्यक्रमको…

६६ वर्षपछि आफ्नै गाउँमा धवलागिरि दिवस : मुदीबाट विश्वलाई हिमालको सन्देश

टंकराज अधिकारी । धवलागिरि हिमाल मा मानव पाइला परेको ६६ वर्षपछि पहिलोपटक यसको आरोहण दिवस हिमालकै काखमा मनाइएको छ। वर्षौंदेखि पोखरा र काठमाडौंमा सीमित रहने कार्यक्रम यसपटक धवलागिरि…

हङकङमा हुने १०८औँ लायन्स अन्तर्राष्ट्रिय सम्मेलनको तयारी तीव्र

पोखरा भ्यूज । विश्वभरका लायन्स तथा लियो सदस्यहरूको सहभागितामा आयोजना हुने १०८औँ लायन्स अन्तर्राष्ट्रिय सम्मेलन सन् २०२६ जुलाई ३ देखि ७ तारिखसम्म चीनको हंगकंगमा आयोजना हुने भएको छ।…

“लायन्स अन्तर्राष्ट्रिय पिस एसे”को ग्राण्ड प्राइज ब्राजिली दृष्टिविहीन किशोरी एड्रियेन मिरेली दा सिल्भालाई

पोखरा भ्यूज। “शान्ति आँखाबाट होइन, पूर्वाग्रहविहीन मनबाट सुरु हुन्छ।” यही गहिरो मानवीय सन्देशमार्फत १३ वर्षीया ब्राजिली छात्रा एड्रियेन मिरेली दा सिल्भाले २०२५–२०२६ को “लायन्स अन्तर्राष्ट्रिय पिस एसे” प्रतियोगिताको…