वरिष्ठ नेता पौडेलसँग जोडिएर आएको समाचारमा सत्यता नभएको केन्द्रीय सदस्य शंकर भण्डारीको स्पष्टोक्ति
- December 24, 2020
- 207999

218Shares
काठमाडौं, ९ पुस । नेपाली काँग्रेसका केन्द्रीय सदस्य शंकर भण्डारीले नेपाली कांग्रेसको हिजोको केन्द्रीय कार्य समिति बैठकमा कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल संग जोडेर विभिन्न सञ्चार माध्यममा आएको समाचारमा कुनै सत्यता नरहेको जानकारी गराउँनु भएको छ ।
बैठकमा संसद विघटनको विषयमा अदालतको निर्णय कुर्नुपर्ने र केन्द्रीय सदस्यहरूलाई धारणा राख्न दिनुपर्छ भन्ने धारणा राखेको समेत उहाँले स्पष्ट गर्नुभएको छ । “सञ्चार माध्यमहरूलाई सत्य ,तथ्य र यथार्थ समाचार प्रकाशित गर्न आग्रह गर्दछु”, भण्डारीले सामाजिक सञ्जालमा लेख्नुभएको छ ।
218Shares





© कपीराईट–यस पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु कसैले
जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।
सम्बन्धित खवर















