
0Shares
काठमाडौँ, ६ जेठ \ प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले राष्ट्रियसभा सदस्यको उपनिर्वाचनका मौन अवधिमा उम्मेदवारको प्रचारप्रसार गर्नेलाई कारवाही गर्न निर्वाचन आयोगसँग आग्रह गरेको छ ।
कांग्रेस संसदीय दलले दलको बुधबारको बैठकको निर्णयानुसार आज आयोगलाई पत्र लेखी निर्वाचन आचारसंहिता, २०७२ को दफा ५ घ (३) र (५) र दफा (६) विपरीत कार्य गर्ने जोकोहीलाई कारवाहीका लागि अनुरोध गरिएको जनाइएको छ । वाग्मती प्रदेशमा राष्ट्रियसभाको रिक्त एक सदस्यका लागि आज मतदान हुँदैछ । निर्वाचन आचारसंहिताले मतदान हुनुपूर्व ४८ घण्टालाई मौन अवधिको समय तोेकेको छ । सो अवधिमा निर्वाचन प्रचारप्रसार, सामाजिक सञ्जाल वा कुनै पनि विद्युतीय माध्यमबाट समेत मत माग्न निषेध गरिएको छ ।
0Shares







© कपीराईट–यस पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु कसैले
जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।
सम्बन्धित खवर
















