२०८३ कार्तिक २१, शनिबार Saturday, November 7, 2026
भिडियो खबर

वियोगान्त कथामा प्रस्तुत गरिएको ‘ऐना हेरी हेरी’ सार्वजनिक

काठमाडौं–  मोडेल सविता अधिकारी निर्मात्री रहेको ‘ऐना हेरी हेरी’ बोलको आधिकारिक म्युजिक भिडियो सार्वजनिक भएको छ।

यस गीतमा गायक पुष्पन प्रधान र गायिका एलिना चौहानको युगल गायन रहेको छ। गीतलाई संचारकर्मी शिवराज योगीले लेखेका हुन् भने भिम बिसीले संगीतवद्द गरेका हुन्। विश्व अधिकारीको गीतमा  संगीत  संयोजन रहेको छ।

आकाश कार्की र अनु काफ्ले अभिनित यस म्युजिक भिडियोमा कोरनाले संक्रमित श्रीमानको सुवास्थ्यको कामना गर्दै तिजमा वर्त बसेकी श्रीमतीको कारुणिक कथा भिडियोमा प्रस्तुत गरिएको छ। नवराज उप्रेतीको छायाँकन रहेको भिडियोमा सुवोल थापाको कोरियोग्राफी  रहेको छ । भिडियोलाई  प्रविण भट्टले सम्पादन गरेका हुन्।

गम्भिर विष्टको निर्देशनमा तयार पारिएको यस भिडियोलाई ‘एमएट म्युजिक फेक्ट्री’को युट्युव च्यानल मार्फत सार्वजनिक गरिएको छ। निर्मात्री अधिकारीले यस म्युजिकलाई हेरेर माया गरिदिन सम्पूर्ण दर्शक सोर्तालाई आग्रह गरेका छन्।

Read more

दोस्रो पुम्दी–भुम्दी पर्वतीय दौड : ६ वटा प्रदेशबाट १ सय जनाको नाम दर्ता

पोखरा, ३ असोज । विश्व पर्यटन दिवस (२७ सेप्टेम्बर) अवसरमा पोखरामा हुने दोस्रो पुम्दी–भुम्दी पर्वतीय दौड प्रतियोगितामा भाग लिने धावकको नाम दर्ता जारी छ । हालसम्म मधेश प्रदेशबाहेक…

आयुषको ‘तिमी र म’मा ग्रेसी  ( भिडियो ) 

काठमाडौं–  रक शैलीको 'तिमी र म' बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ।  १५ वर्षीय युवा गायक आयुष खतिवडाको यस गीतमा स्वर, संगीत र संगीत संयोजन रहेको छ। युवा…

केशवले ल्याए ‘म मजदुर मायाको’

काठमाडौँ । युवा गायक केशव भावुकले आफ्नो  नयाँ गीत ‘म मजदुर मायाको’को म्युजिक भिडियो सार्वजनिक गरेका छन्। यस गीतलाई न्युजिल्याण्ड निवासी गीतकार तथा गजलकार नमिता दवाडीले लेखेकी हुन्।…

मान्छे’मा देखिए क्याप्टेन विजय लामा  

काठमाडौँ । वरिष्ठ अभिनेता तथा क्याप्टेन विजय लामा अभिनित मान्छे' बोलको म्युजिक भिडियो  सार्वजनिक भएको छ। वरिष्ठ गीतकार काली प्रसाद रिजालको शब्द रचनामा रहेको यस गीतमा रमेश कडेलको…

प्रविन राजथलाको डेब्यु गीत ‘कान्छीको सम्झनामा’ सार्वजनिक

काठमाडौँ ।  एलिस राई र गीता ढुंगाना अभिनित रोमान्टिक भर्सनको 'कान्छीको सम्झनामा' बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ। प्रणय दिवसको अवसर पारेर सार्वजनिक गरिएको  गीतमा युवा गायक प्रविन…

राजेश र रिमाको सन्देशमुलक गीत ‘ज्यानै फाल्नु पहिले’ सार्वजनिक ( भिडियो )

काठमाडौँ । अमेरिकाको कोलोराडो राज्यमा बस्दै आएका गायक, गीतकार तथा संगीतकार बसन्त लम्सालले आत्माहत्यालाई थिम बनाएर प्रस्तुत गरिएको म्युजिक भिडियो 'ज्यानै फाल्नु पहिले' सार्वजनिक गरेका छन्। मर्नु सरल…