0Shares
काठमाडौँ । युवा गायक केशव भावुकले आफ्नो नयाँ गीत ‘म मजदुर मायाको’को म्युजिक भिडियो सार्वजनिक गरेका छन्।
यस गीतलाई न्युजिल्याण्ड निवासी गीतकार तथा गजलकार नमिता दवाडीले लेखेकी हुन्। गीतमा स्वयम् गायक भावुकको संगीत रहेको छ भने उदय राज पौडेलको संगीत संगीत संयोजन रहेको छ।
प्रेम, विरह र विछोडका कथालाई प्रस्तुत गरिएको भिडियोमा स्वयम् गायक फिचर्ड छन्। कोरना कहरका कारण सुस्ताएको संगीत क्षेत्रलाई चलाएमान बनाउन जोखिम उठाएर मिहेनत साथ यो सिर्जना सार्वजनिक गरेको गायक भावुकले बताएका छन्।

मिराज अर्यालको छायांकन, सम्पादन र निर्देशनमा भिडियो तयार पारिएको हो। महेश बाबु दवाडीले निर्माता रहेको यस भिडियोलाई गीतकार दवाडको आधिकारिक च्यानल ‘नमिता दवाडी’ मार्फत सार्वजनिक गरिएको हो।




0Shares




© कपीराईट–यस पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु कसैले
जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।