२०८३ कार्तिक २५, बुधबार Wednesday, November 11, 2026
खबर

अन्तरराष्ट्रिय बाल दिवसको अवसरमा शैक्षिक सामग्री बितरण

भिमाद, ५ मंसिर

बाबा फ़ाउण्डेशन नेपालले अन्तरराष्ट्रिय बाल दिवसको अवसरमा बिधालयमा बाल कार्यक्रम गरी मनाएको छ । तनहुँको भिमादनगरपालिका–२, टेक्रे स्थित बाल बिकास माध्यमिक विद्यालयमा शनिवार  अन्तरराष्ट्रिय बाल दिवस सम्बन्धी विभिन्न कार्यक्रमहरुसञ्चालन गरि मनाएको हो ।

कार्यक्रममा ‘हरेक बच्चाको लागि राम्रो भविष्य’ भन्ने अन्तरराष्ट्रिय नाराका साथ प्रत्येक बालबालिकाको उज्जल भविश्यनै समृद्धनेपालको आधार बन्न सक्ने कुरामा जोड दिईएको थियो ।

सो अवसरमा बाबा फ़ाउण्डेशन नेपालका अध्यक्ष दिलीपराज श्रेष्ठले अति विपन्न, गरिब तथा जेहनदार छात्राछात्रलाई शैक्षिक सामग्रीहस्तान्त्रण गरेका थिए । बिधालयमा अध्ययन गर्ने अति विपन्न, गरिब तथा जेहनदार छात्राछात्रलाई करिव एक लाख २५ हज़ार मूल्यबराबरको शैक्षिक सामग्री हस्तान्त्रण गरेको कार्यक्रम संयोजक एवं बाबा फ़ाउण्डेशन नेपालका सचिव टंकराज अधिकारीले जानकारीदिएका छन् ।

वितरण गरिएको शैक्षिक सामग्रीमा १०२ दर्जन कापी सहित पेन्सिल, सार्पनर, इलेज़र, स्केल, ज्यामिति बक्स, बलपेन, भलिवल, बालमनोविज्ञानका पुस्तकहरू ‘मलाई बुझ्नुस’ र ‘चेतना भाग ५’ लगाएतका रहेका थिए ।

अध्यक्ष श्रेष्ठले फ़ाउण्डेशन मार्फ़त बालबालिकाको अधिकारको वकालत गर्न, प्रवर्द्धन गर्न बालअधिकार पूर्ण सुनिश्चितताका लागिआफूहरु लागि परेको बताए । श्रेष्ठले हामी प्रत्येकले बालबालिकाको अधिकारलाई बढावा दिन, बालबालिकाका लागि राम्रो संसारनिर्माण गरि यी कोपिलाहरुको कल्याणका लागि उपयुक्त वातावरण सिर्जना गर्ने सम्बन्धि समाजमा जागरुकता फैलाउने काम गर्नु पर्नेमाजोड दिएका थिए ।

बिधालय व्यवस्थापन समितिका अध्यक्ष इमानसिं थापा, सहायक प्रअ योगमाया थापाले बिधालयको गतिबिधी बारे प्रकाश पार्दै प्राप्तशैक्षिक सामग्री लक्षित बिधार्थीलाई वितरण गरिने बताए ।

Read more

तिहारको चौथो दिन:गोवर्द्धन, गोरु र हलीको पूजा गरी मनाइँदै तिहार

पोखरा, कात्तिक २३ गते । यमपञ्चक अर्थात् तिहारको चौथो दिन आज गोवर्द्धन पर्वत, बलि राजा, गोरु र हलीको पूजाआजा गरी मनाइँदै छ। कात्तिक शुक्ल प्रतिपदाका दिन गाईको गोबरबाट…

आज लक्ष्मीपूजा गरिँदै, घरघरमा दीपावलीको तयारी

पोखरा । यमपञ्चक अर्थात् तिहारको तेस्रो दिन आज धनधान्य, ऐश्वर्य र समृद्धिकी देवी लक्ष्मीको पूजा आराधना गरी लक्ष्मीपूजा पर्व मनाइँदैछ । लक्ष्मीलाई घरमा भित्र्याउने धार्मिक विश्वासका साथ बिहानैदेखि…

विश्वकर्मा समाज कास्की महिला समितिद्वारा तिहारको शुभकामना आदानप्रदान

पोखरा। विश्वकर्मा समाज केन्द्रीय कार्यालय कास्की महिला समितिको आयोजनामा दीपावली तथा तिहार २०८३ को अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ। समाजको आफ्नै भवन रामबजारस्थित अलकापुरमा आयोजित कार्यक्रममा…

प्रेस स्वतन्त्रताको पक्षमा युवाहरूको ऐक्यबद्धता : कालो पोसाकमा माइतीघरमा प्रदर्शन

‘ पत्रकारिता अपराध होइन, लोकतन्त्रमा प्रश्नको जवाफ गिरफ्तारी होइन, जवाफदेहिता हो’ भन्दै सरकारसँग मागे जवाफ काठमाडौँ, कार्तिक २१ गते। सञ्चारमाध्यममाथि बढ्दो हस्तक्षेप र पत्रकारितामाथि राज्य संयन्त्रबाट भइरहेको दबाबविरुद्ध…

प्लास्टिकका फूलमाला बिक्री गर्ने पसलमा महानगरको अनुगमन, ६ हजार २८० रुपैयाँका सामग्री नष्ट

पोखरा। तिहारलाई लक्षित गर्दै पोखरा महानगरपालिकाले प्रतिबन्धित प्लास्टिकजन्य फूलमाला तथा अन्य सामग्रीको बिक्री–वितरण रोक्न बजार अनुगमनलाई तीव्रता दिएको छ। सरकारले प्लास्टिकजन्य फूलमालाको उत्पादन, आयात, बिक्री–वितरण तथा भण्डारणमा प्रतिबन्ध…

आज तिहारको दोस्रो दिन:काग तिहार, काकबलि र धन्वन्तरी जयन्ती मनाइँदै

पोखरा । तिहारको दोस्रो दिन अर्थात् कात्तिक २१ गते आज काग तिहार, काकबलि तथा धन्वन्तरी जयन्ती मनाइँदैछ। यमपञ्चकको दोस्रो दिन कागलाई यमराजको दूतका रूपमा पूजा गर्ने परम्परा छ।…