२०८३ कार्तिक २५, बुधबार Wednesday, November 11, 2026
खबरखेलकुद

उल्लेरीमा सेभेन ए साइड फुटवल प्रतियोगिता सुरु

 

पोखरा भ्यूज । गण्डकी प्रदेशका अर्थ मन्त्री रामजी प्रसाद बराल जीवनले पोखरा २२ (पुम्दी भुम्दी) लाई पर्यटनको हब बनाउनु पर्ने बताएका छन । पोखरा २२ स्थित उल्लेरी युवा क्लवले आयोजना गरेको सेभेन ए साइड फुटवल प्रतियोगिताको मंगलबार उद्घाटन गर्दै मन्त्री बरालले पर्यटनको धेरै सम्भावना भएको पुम्दी भुम्दीलाई पर्यटनको हबको रुपमा विकास गर्नुपर्ने बताएका हुन ।

मौसम खुल्दा उल्लेरीबाट माछापुच्छ्रे लगाएतका हिमश्रृखला प्रष्ट नजिकैबाट अवलोकन गर्न सकिने उल्लेरी क्षेत्रको समेत विकास गर्न छोरेपाटन देखि ढावा, उल्लेरी हुदै कुभिण्डे भन्झ्याङ सडक पिच गर्नुपर्ने मन्त्री बरालको भनाई थियो । युवा बर्गलाई लक्षित गर्दै मन्त्री बरालले शिक्षा, खेलकुदसंगै राजनीतिमा पनि युवाहरु आउनु पर्ने बताए । उल्लेरी क्षेत्रको निकै महत्वपूर्ण स्थानमा रहेको खेलकुद मैदानको स्तरउन्नती गर्न बिषेश पहल गर्ने उनको भनाई थियो । उल्लेरीमा पहिलो पटक भएको उक्त खेलले त्यस क्षेत्रको पहिचान गराउन सफल भएकोले अगामी दीनमा यस्ता खेलकुद गतिविधि निरन्तर रुपमा संचालन गर्न मन्त्री बरालले आग्रह गरे । उल्लेरी युवा क्लवका अध्यक्ष जीवन गुरुङको अध्यक्षतामा सम्पन्न भएको उद्घाटन सत्रमा उल्लेरी गाउँ सुधार समितिका अध्यक्ष गणेश गुरुङ ढावा युवा क्लवका अध्यक्ष संजिव गुरुङ लगायतले वोलेका थिए ।

यसैचिब उक्त कार्यक्रममा पूर्व मन्त्री तुल बहादुर गुरुङ, पोखरा महानगरपालिका वडा नम्बर २२ का वडा अध्यक्ष मित्रलाल बराल, जिल्ला खेलकुद विकास समिति, कास्कीका कार्यालय प्रमुख प्रकाश बराल लगायतका विभिन्न संघ संस्थाका प्रतिनिधिहरुको साथमा स्थानियको सहभागिता रहेको थियो । कार्यक्रममा सहभागि मन्त्री सहितको टोलीलाई पन्चे बाजा सहित फुलमालाले स्वागत समेत गरिएको थियो ।

त्यस्तै मंगलबार देखि सुरु भएको प्रथम सेभेन ए साइड फुटवल प्रतियोगितामा आयोजक टिम उल्लेरी युवा क्लवले विजयी सुरुवात गरेको छ । मंगलबार भएको उद्घाटन खेलमा घरेलु टिम उल्लेरीले छिमेकी क्लव स्याङजाको पर्सेभाटी स्थित सिंहमति युवा क्लवलाई १–० को झिनो गोल अन्तरले पराजित गरेको हो । उल्लेरीको जितमा सन्देश रानापालले निर्णायक गोल गरे । यही मंसिर २५ गतेसम्म चल्ने प्रतियोगितामा ३६ टिमको सहभागिता रहेको क्लवका अध्यक्ष गुरुङले जनाए । प्रतियोगितामा विजेताले ५० हजार, उपविजेताले ३० हजार र तेश्रो हुनेले १० हजारको साथमा ट्रफी मेडल र प्रमाणपत्र प्राप्त गर्ने भएको छ ।

Read more

तिहारको चौथो दिन:गोवर्द्धन, गोरु र हलीको पूजा गरी मनाइँदै तिहार

पोखरा, कात्तिक २३ गते । यमपञ्चक अर्थात् तिहारको चौथो दिन आज गोवर्द्धन पर्वत, बलि राजा, गोरु र हलीको पूजाआजा गरी मनाइँदै छ। कात्तिक शुक्ल प्रतिपदाका दिन गाईको गोबरबाट…

आज लक्ष्मीपूजा गरिँदै, घरघरमा दीपावलीको तयारी

पोखरा । यमपञ्चक अर्थात् तिहारको तेस्रो दिन आज धनधान्य, ऐश्वर्य र समृद्धिकी देवी लक्ष्मीको पूजा आराधना गरी लक्ष्मीपूजा पर्व मनाइँदैछ । लक्ष्मीलाई घरमा भित्र्याउने धार्मिक विश्वासका साथ बिहानैदेखि…

विश्वकर्मा समाज कास्की महिला समितिद्वारा तिहारको शुभकामना आदानप्रदान

पोखरा। विश्वकर्मा समाज केन्द्रीय कार्यालय कास्की महिला समितिको आयोजनामा दीपावली तथा तिहार २०८३ को अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ। समाजको आफ्नै भवन रामबजारस्थित अलकापुरमा आयोजित कार्यक्रममा…

प्रेस स्वतन्त्रताको पक्षमा युवाहरूको ऐक्यबद्धता : कालो पोसाकमा माइतीघरमा प्रदर्शन

‘ पत्रकारिता अपराध होइन, लोकतन्त्रमा प्रश्नको जवाफ गिरफ्तारी होइन, जवाफदेहिता हो’ भन्दै सरकारसँग मागे जवाफ काठमाडौँ, कार्तिक २१ गते। सञ्चारमाध्यममाथि बढ्दो हस्तक्षेप र पत्रकारितामाथि राज्य संयन्त्रबाट भइरहेको दबाबविरुद्ध…

प्लास्टिकका फूलमाला बिक्री गर्ने पसलमा महानगरको अनुगमन, ६ हजार २८० रुपैयाँका सामग्री नष्ट

पोखरा। तिहारलाई लक्षित गर्दै पोखरा महानगरपालिकाले प्रतिबन्धित प्लास्टिकजन्य फूलमाला तथा अन्य सामग्रीको बिक्री–वितरण रोक्न बजार अनुगमनलाई तीव्रता दिएको छ। सरकारले प्लास्टिकजन्य फूलमालाको उत्पादन, आयात, बिक्री–वितरण तथा भण्डारणमा प्रतिबन्ध…

आज तिहारको दोस्रो दिन:काग तिहार, काकबलि र धन्वन्तरी जयन्ती मनाइँदै

पोखरा । तिहारको दोस्रो दिन अर्थात् कात्तिक २१ गते आज काग तिहार, काकबलि तथा धन्वन्तरी जयन्ती मनाइँदैछ। यमपञ्चकको दोस्रो दिन कागलाई यमराजको दूतका रूपमा पूजा गर्ने परम्परा छ।…