२०८३ कार्तिक २५, बुधबार Wednesday, November 11, 2026
खबर

हेमजाको सुईखेल खोला नियन्त्रणमा निरन्तर लाग्छुः मन्त्री बराल

पोखरा भ्यूज । गण्डकी प्रदेश सरकारका अर्थ—मन्त्री रामजी प्रसाद बराल जीवनले हेमजाको सुईखेल खोला नियन्त्रणमा आफु निरन्तर लाग्ने बताउनु भएको छ । पोखरा २५ हेमजा स्थित सुईखेत–फेदीखोला नियन्त्रण तथा तटबन्धनको बुधबार शुभारम्भ कार्यक्रममा बोल्दै मन्त्री बरालले उक्त कुरा बताउनु भएको हो ।

आफु सांसद भए देखि नै हेमजाको आवश्यकताको आधारमा सुईखेल खोला नियन्त्रणमा निरन्तर लाग्ने आएको स्मरण गर्दै मन्त्री बरालले मन्त्री भोलिका दिनमा पनि सुइखेत खोला नियन्त्रण नहुदासम्म आफु लाग्ने बताउनु भएको हो । सुईखेल खोला नियन्त्रण गर्ने अभियानमै हाल आफु लागेको मन्त्री बरालले दाबी गर्नु भयो । हेमजामा थप विकास निर्माणमा केही ठाँउमा खानेपानी, सडक तथा आमा समुहका भवन निर्माण गर्नेपर्ने बिषय उठेकोले आफ्नो क्षेत्रबाट पहल गर्ने मन्त्री बरालले बताउनु भयो । हाल संचालनमा रहेका खानेपानीका सवै योजना निर्धारित समयमै सक्ने गरी काम अघि बढाउन निर्देशन दिएको उहाँले बताउनु भयो ।

हेमजाको सुईखेत खोला व्यबस्थापनमा संघिय र स्थानिय सरकारको समेत ध्यान गएकोले अब सुईखोल खोला नियन्त्रणमा कसैले रोकेर नरोकिने समेत मन्त्री बरालको भनाई थियो । हेमजा सुईखेतको तल्लो र माथिल्लो क्षेत्रका स्थानिय एक भयर खोला नियन्त्रणमा लाग्नुपर्ने मन्त्री बरालले जनाउनु भयो । संघिय सरकारबाट सुइखेत खोलामा पुल बनेसंगै उक्त क्षेत्रमा बाटो बनाउन बिषेश हिसावले पहल गर्ने वचन दिनु भयो । पोखरा महानगरपालिका वडा नम्बर २५ का वडा अध्यक्ष शोभाखर तिमिल्सिनाले सुईखेत खोला नियन्त्रण गर्न मन्त्री बरालको बिषेश सहयोग प्राप्त भएको बताउदै थप रकम व्यबस्थापन गर्न पुनः बजेट आवश्यक भएको जनाउनु भयो ।

उक्त खोला नियन्त्रण समितिका अध्यक्ष तिर्थराज लुइटेलको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा पोखरा २५ का वडा सदस्य लक्ष्मी अधिकारी, नेकपा एमाले पोखरा २५ वडा कमिटिका अध्यक्ष ऋषि पौडेल, नेपाली कांग्रेस पोखरा २५ वडा कमिटिका अध्यक्ष मधुसुधन त्रिपाठी, नेकपा माओबादी केन्द्र पोखरा २५ का अध्यक्ष माधव अधिकारी, नेकपा समाज बादीका नेता हिमलाल तिमिल्सिना, जनमोर्चाका तम बहादुर रोका, सुईखेत खोला नियन्त्रण समितिका सचिव कमलमणि त्रिपाठी, समितिका सचिव देविप्रसाद अधिकारी लगायतले सुईखेत खोला नियन्त्रणमा थप बजेट आवश्यक भएको माग समेत गर्नु भएको छ । एक चरणमा खोला नियन्त्रणमा काम भएको र दोश्रो चरणमा प्रदेश सरकारबाट एक करोड ६५ लाखको बजेट विनियोजन भएको सचिव त्रिपाठीले बताउनु भयो ।

यसैबिच, गण्डकी प्रदेशका अर्थ मन्त्री रामजी प्रसाद बराल जीवनले पोखरा हेमजा सुन्दरपुरी टोल क्षेत्रमा खानेपानीको समस्याको बारेमा स्थानियसंग संक्षिप्त रुपमा भेटघाट गर्नु भएको छ । स्थानियले खानेपानीको चरम समस्या भएको बारेमा मन्त्री बराललाई जानकारी गराएसंगै उहाँले नेपाल खानेपानी संंस्थान पोखरा कार्यालयका प्रमुखलाई सम्पर्क गरी स्थानियको समस्याको बारेमा जानकारी गराउनु भएको थियो ।

 

Read more

तिहारको चौथो दिन:गोवर्द्धन, गोरु र हलीको पूजा गरी मनाइँदै तिहार

पोखरा, कात्तिक २३ गते । यमपञ्चक अर्थात् तिहारको चौथो दिन आज गोवर्द्धन पर्वत, बलि राजा, गोरु र हलीको पूजाआजा गरी मनाइँदै छ। कात्तिक शुक्ल प्रतिपदाका दिन गाईको गोबरबाट…

आज लक्ष्मीपूजा गरिँदै, घरघरमा दीपावलीको तयारी

पोखरा । यमपञ्चक अर्थात् तिहारको तेस्रो दिन आज धनधान्य, ऐश्वर्य र समृद्धिकी देवी लक्ष्मीको पूजा आराधना गरी लक्ष्मीपूजा पर्व मनाइँदैछ । लक्ष्मीलाई घरमा भित्र्याउने धार्मिक विश्वासका साथ बिहानैदेखि…

विश्वकर्मा समाज कास्की महिला समितिद्वारा तिहारको शुभकामना आदानप्रदान

पोखरा। विश्वकर्मा समाज केन्द्रीय कार्यालय कास्की महिला समितिको आयोजनामा दीपावली तथा तिहार २०८३ को अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ। समाजको आफ्नै भवन रामबजारस्थित अलकापुरमा आयोजित कार्यक्रममा…

प्रेस स्वतन्त्रताको पक्षमा युवाहरूको ऐक्यबद्धता : कालो पोसाकमा माइतीघरमा प्रदर्शन

‘ पत्रकारिता अपराध होइन, लोकतन्त्रमा प्रश्नको जवाफ गिरफ्तारी होइन, जवाफदेहिता हो’ भन्दै सरकारसँग मागे जवाफ काठमाडौँ, कार्तिक २१ गते। सञ्चारमाध्यममाथि बढ्दो हस्तक्षेप र पत्रकारितामाथि राज्य संयन्त्रबाट भइरहेको दबाबविरुद्ध…

प्लास्टिकका फूलमाला बिक्री गर्ने पसलमा महानगरको अनुगमन, ६ हजार २८० रुपैयाँका सामग्री नष्ट

पोखरा। तिहारलाई लक्षित गर्दै पोखरा महानगरपालिकाले प्रतिबन्धित प्लास्टिकजन्य फूलमाला तथा अन्य सामग्रीको बिक्री–वितरण रोक्न बजार अनुगमनलाई तीव्रता दिएको छ। सरकारले प्लास्टिकजन्य फूलमालाको उत्पादन, आयात, बिक्री–वितरण तथा भण्डारणमा प्रतिबन्ध…

आज तिहारको दोस्रो दिन:काग तिहार, काकबलि र धन्वन्तरी जयन्ती मनाइँदै

पोखरा । तिहारको दोस्रो दिन अर्थात् कात्तिक २१ गते आज काग तिहार, काकबलि तथा धन्वन्तरी जयन्ती मनाइँदैछ। यमपञ्चकको दोस्रो दिन कागलाई यमराजको दूतका रूपमा पूजा गर्ने परम्परा छ।…