२०८३ कार्तिक २५, बुधबार Wednesday, November 11, 2026
खबर

आरोप र प्रत्यारोपले संघियता बिरोधीलाई वल पुग्छः मन्त्री बराल

पोखरा भ्यूज । गण्डकी प्रदेश सरकारका अर्थ—मन्त्री रामजी प्रसाद बराल जीवनले तीन तहका सरकार बिच आरोप र प्रत्यारोपले संघियता बिरोधीलाई वल पुग्ने बताउनु भएको छ । राष्ट्रिय प्राकृतिक श्रोत तथा वित्त आयोगले बुधबार पोखरामा आयोजना गरेको संघीय सरकारले प्रदेश तथा स्थानीय तहलाई र प्रदेशले स्थानिय तहलाई उपलब्ध गराउनुपर्ने अनुदानको सिफारिस सम्बन्धि अन्तरक्र्रिया कार्यक्रममा वोल्दै मन्त्री बरालले उक्त कुरा बताउनु भएको हो ।

संघियता अभ्यासको क्रममा भएको हँुदा पहिलो कार्यकालको अनुभवले देखिएका राम्रो पक्षलाई लागु गर्दै जाने नकरात्मक पक्षलाई भने निरुत्साहित गर्नुपर्ने अबस्था रहेको मन्त्री बरालको भनाई छ । संघियता अझै अभ्यासको क्रममा रहेकोले तीन तहका सरकार बिच आरोप र प्रत्यारोप गर्न लागे संघियता बिरोद्धीलाई मलजल पुग्ने उहाँको भनाई थियो । केन्द्रिकृत मानसिकताको कारण साना योजना सवै तहमा समावेस हुने गरेको मन्त्री बरालले दाबी गर्नु भयो । वित्त सम्बन्धिको सुत्र व्यवहारिक नभएको समेत उहाँले बताउनु भयो । समानीकरण विक्त तर्फ बढी केन्द्रित हुनुपर्ने बताउदै मन्त्री बरालले विक्त समानीकरण र शसर्तमा बढी जोड दिनुपर्ने जनाउनु भयो । बिषेश र समपुरक त्यती धेरै आवश्यक नहुने उहाँको भनाई थियो । वित्त विज्ञ सोमलाल सुवेदी, केदार बहादुर अधिकारीले कार्यपत्र प्रस्तुतः गर्नु भएको थियो ।

Read more

तिहारको चौथो दिन:गोवर्द्धन, गोरु र हलीको पूजा गरी मनाइँदै तिहार

पोखरा, कात्तिक २३ गते । यमपञ्चक अर्थात् तिहारको चौथो दिन आज गोवर्द्धन पर्वत, बलि राजा, गोरु र हलीको पूजाआजा गरी मनाइँदै छ। कात्तिक शुक्ल प्रतिपदाका दिन गाईको गोबरबाट…

आज लक्ष्मीपूजा गरिँदै, घरघरमा दीपावलीको तयारी

पोखरा । यमपञ्चक अर्थात् तिहारको तेस्रो दिन आज धनधान्य, ऐश्वर्य र समृद्धिकी देवी लक्ष्मीको पूजा आराधना गरी लक्ष्मीपूजा पर्व मनाइँदैछ । लक्ष्मीलाई घरमा भित्र्याउने धार्मिक विश्वासका साथ बिहानैदेखि…

विश्वकर्मा समाज कास्की महिला समितिद्वारा तिहारको शुभकामना आदानप्रदान

पोखरा। विश्वकर्मा समाज केन्द्रीय कार्यालय कास्की महिला समितिको आयोजनामा दीपावली तथा तिहार २०८३ को अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ। समाजको आफ्नै भवन रामबजारस्थित अलकापुरमा आयोजित कार्यक्रममा…

प्रेस स्वतन्त्रताको पक्षमा युवाहरूको ऐक्यबद्धता : कालो पोसाकमा माइतीघरमा प्रदर्शन

‘ पत्रकारिता अपराध होइन, लोकतन्त्रमा प्रश्नको जवाफ गिरफ्तारी होइन, जवाफदेहिता हो’ भन्दै सरकारसँग मागे जवाफ काठमाडौँ, कार्तिक २१ गते। सञ्चारमाध्यममाथि बढ्दो हस्तक्षेप र पत्रकारितामाथि राज्य संयन्त्रबाट भइरहेको दबाबविरुद्ध…

प्लास्टिकका फूलमाला बिक्री गर्ने पसलमा महानगरको अनुगमन, ६ हजार २८० रुपैयाँका सामग्री नष्ट

पोखरा। तिहारलाई लक्षित गर्दै पोखरा महानगरपालिकाले प्रतिबन्धित प्लास्टिकजन्य फूलमाला तथा अन्य सामग्रीको बिक्री–वितरण रोक्न बजार अनुगमनलाई तीव्रता दिएको छ। सरकारले प्लास्टिकजन्य फूलमालाको उत्पादन, आयात, बिक्री–वितरण तथा भण्डारणमा प्रतिबन्ध…

आज तिहारको दोस्रो दिन:काग तिहार, काकबलि र धन्वन्तरी जयन्ती मनाइँदै

पोखरा । तिहारको दोस्रो दिन अर्थात् कात्तिक २१ गते आज काग तिहार, काकबलि तथा धन्वन्तरी जयन्ती मनाइँदैछ। यमपञ्चकको दोस्रो दिन कागलाई यमराजको दूतका रूपमा पूजा गर्ने परम्परा छ।…