२०८३ कार्तिक २५, बुधबार Wednesday, November 11, 2026
खबर

१७ औ लेखनाथ महोत्सवको तयारी द्रुत गतिमा अगाडि बढ्दै

पोखरा भ्यूज । लेखनाथ उद्योग बाणिज्य संघबाट आयोजना गरिएको १७ औ लेखनाथ महोत्सवलाई भव्य एवं सभ्य रुपमा सम्पन्न गर्नेे उद्धेश्यले गठित कार्यसम्पादन समिति एवं बिभिन्न उपसमितिका संयोजकहरुको बैठक आईतवार संघको सभाकक्षमा सम्पन्न भएको छ ।
महोत्सव सम्पन्न गर्न गठित मुल समारोह समितिका निर्देशक एवं संघका निवर्तमान अध्यक्ष बलराम ढकाल, निर्देशक एवं नेउवामहासंघ केन्द्रिय सदस्य बावुराम गिरी, संघका संस्थापक अध्यक्ष चन्द्रकृष्ण कर्माचार्य, संघका पुर्व अध्यक्ष एवं निर्देशकहरु चतुराखर अधिकारी, बावुराम जमरकट्टेल, सुमन भट्टराई, लक्ष्मीप्रसाद त्रिपाठी, कृष्णहरि भण्डारी, लगायतले बर्तमान अवस्थामा स्वास्थ्य सुरक्षाका मापदण्डहरु पालना गदै सबैको आट तथा हौसलाबाट नै महोत्सव सफल हुनेहुदा सवै एक भएर अगाडि बढ्न सुझाव दिनुभएको छ ।
महोत्सवको लागि गठन गरिएका ५२ वटा उपसमितिहरु मध्ये उपस्थित अधिकांश संयोजकहरुले महोत्सवको तयारीको क्रममा आ आफ्ना उपसमितिबाट भए गरेका कार्य प्रगतिहरु बारे बैठकमा जानकारी गराउनु भएको थियो ।
स्टेज व्यवस्थापन उपसमिति संयोजक एवं संघका सल्लाहकार नेत्रपाणि बास्तोलाले यस महोत्सवमा दर्शकहरुका लागि नयाँ नयाँ कार्यक्रम संचालन गरिने, सल्लाहकार तथा कृषि उपसमिति संयोजक दयाराम तिवारीले कृषि उपज खरिद बिक्री र कृषि प्रदर्शनी सम्बन्धमा, प्रचार प्रशार उपसमिति संयोजक गोपिचन्द्र बास्तोलाले प्रचार प्रसार सम्बन्धमा, प्रायोजन उपसमिति संयोजक बिक्रम कर्माचार्यले प्रायोजन सम्बन्धि, सुचना प्रबिधि उपसमिति संयोजक बुद्धिप्रसाद बास्तोलाले सुचना प्रबिधि सम्बन्धिमा, व्यानर प्रायोजक ध्रुवबावु भट्टराईले व्यानर प्रायोजन सम्बन्धि, स्टल व्यवस्थापन उपसमिति संयोजक भरत थापाले महोत्सवका अधिकांश स्टल बुकिङ भईसकेको जानकारी गराउनु भएको थियो ।
लेखनाथ उद्योग वाणिज्य संघका अध्यक्ष एवं महोत्सव आयोजक मुल समारोहका संयोजक छत्रधर ओत्रयको अध्यक्षतामा बसेको बैठकमा धन्यवाद सहित संघका बरिष्ठ उपाध्यक्ष बिनोद श्रेष्ठले समापन गर्नुभएको थियो ।

Read more

तिहारको चौथो दिन:गोवर्द्धन, गोरु र हलीको पूजा गरी मनाइँदै तिहार

पोखरा, कात्तिक २३ गते । यमपञ्चक अर्थात् तिहारको चौथो दिन आज गोवर्द्धन पर्वत, बलि राजा, गोरु र हलीको पूजाआजा गरी मनाइँदै छ। कात्तिक शुक्ल प्रतिपदाका दिन गाईको गोबरबाट…

आज लक्ष्मीपूजा गरिँदै, घरघरमा दीपावलीको तयारी

पोखरा । यमपञ्चक अर्थात् तिहारको तेस्रो दिन आज धनधान्य, ऐश्वर्य र समृद्धिकी देवी लक्ष्मीको पूजा आराधना गरी लक्ष्मीपूजा पर्व मनाइँदैछ । लक्ष्मीलाई घरमा भित्र्याउने धार्मिक विश्वासका साथ बिहानैदेखि…

विश्वकर्मा समाज कास्की महिला समितिद्वारा तिहारको शुभकामना आदानप्रदान

पोखरा। विश्वकर्मा समाज केन्द्रीय कार्यालय कास्की महिला समितिको आयोजनामा दीपावली तथा तिहार २०८३ को अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ। समाजको आफ्नै भवन रामबजारस्थित अलकापुरमा आयोजित कार्यक्रममा…

प्रेस स्वतन्त्रताको पक्षमा युवाहरूको ऐक्यबद्धता : कालो पोसाकमा माइतीघरमा प्रदर्शन

‘ पत्रकारिता अपराध होइन, लोकतन्त्रमा प्रश्नको जवाफ गिरफ्तारी होइन, जवाफदेहिता हो’ भन्दै सरकारसँग मागे जवाफ काठमाडौँ, कार्तिक २१ गते। सञ्चारमाध्यममाथि बढ्दो हस्तक्षेप र पत्रकारितामाथि राज्य संयन्त्रबाट भइरहेको दबाबविरुद्ध…

प्लास्टिकका फूलमाला बिक्री गर्ने पसलमा महानगरको अनुगमन, ६ हजार २८० रुपैयाँका सामग्री नष्ट

पोखरा। तिहारलाई लक्षित गर्दै पोखरा महानगरपालिकाले प्रतिबन्धित प्लास्टिकजन्य फूलमाला तथा अन्य सामग्रीको बिक्री–वितरण रोक्न बजार अनुगमनलाई तीव्रता दिएको छ। सरकारले प्लास्टिकजन्य फूलमालाको उत्पादन, आयात, बिक्री–वितरण तथा भण्डारणमा प्रतिबन्ध…

आज तिहारको दोस्रो दिन:काग तिहार, काकबलि र धन्वन्तरी जयन्ती मनाइँदै

पोखरा । तिहारको दोस्रो दिन अर्थात् कात्तिक २१ गते आज काग तिहार, काकबलि तथा धन्वन्तरी जयन्ती मनाइँदैछ। यमपञ्चकको दोस्रो दिन कागलाई यमराजको दूतका रूपमा पूजा गर्ने परम्परा छ।…