
पोखरा भ्यूज ।
नेपाली कांग्रेसले अन्नपूर्ण गाउँपालिकामा संगठन विस्तार अभियानलाई तिब्रता दिएको छ । संगठन विस्तारसँगसगै पाटी प्रवेश गराउने अभियानलाई पनि तिब्रता दिएको छ ।
शनिवार गाउँपालिकाको वडा नं ३ को पुरानो मैदानमा आयोजित एक कार्यक्रममा नेकपा एमाले र नेकपा माओवादी केन्द्र परित्याग गरी करिव ४० जना नेपाली कांग्रेसमा प्रवेश गरेका छन । नयाँ सदस्यता लिने र नव प्रवेशीहरुलाई नेपाली काग्रेस कास्कीका उपसभापति एवम् अन्नपूर्ण गाउँपालिका कास्कीका अध्यक्ष युवराज कुँवर, नेपाली काँग्रेस कास्की अन्नपूर्ण गाउँपालिकाका सभापति मनपति भण्डारी, पालिकाका उपसभापति शुशिल भट्टचनले नव प्रवेशिलाई सम्मान एवम् स्वागत गरेका थिए ।
स्थानीय, प्रदेश र संघीय निर्वाचनको पूर्व सन्ध्यामा अन्नपूर्ण गाउँपालिकाका सवै वडाहरुमा कांग्रेसलाई विजयी गराउने उद्देश्यले कांग्रेसले संगठन निर्माण अभियानलाई तिव्रता दिएको नेपाली कांग्रेस अन्नपूर्ण गाउँपालिका कास्कीका अध्यक्ष मनपती भण्डारीले बताए । ‘संगठन निर्माण अभियान अन्तरगत यतिबेला अन्नपूर्णका वडाहरुको हरेक टोलहरुमा धमाधम टोलसमिति गठन गर्ने अभियान चलेको छ’ उनले भने । भण्डारीले अनावश्यक भ्रम फैलाएर जनतलाई भ्रममा पार्ने कम्युनिष्टको चरित्र भएको भन्दै आफूले गर्न सक्ने कामको मात्रै आश्वासन दिएर जनताको मन जित्न सक्नु पर्ने पनि बताए ।

पाटी प्रवेश एवं टोल समिति गठन कार्यक्रममा बोल्दै नेपाली कांग्रेस कास्कीका उपसभापति युवराज कुँवरले कम्युनिष्टकै कारण ३ नम्बर वडा विकासमा पछि परेको उल्लेख गर्दै अवको निर्वाचनमा नेपाली काँग्रेसलाई जिताउन सबै एक जुट भएर लाग्नु पर्नेमा जोड दिए ।
पालिकाका उपसभापति शुशिल भट्टचनले कांगेसका कार्यकर्ता कम्युनिष्ट जस्तो अराजक नभइ अनुशासित भएर समाजमा प्रस्तुत हुनु पर्ने उल्लेख गरे । क्षेत्रीय सदस्य यज्ञराज पौडेलले अगामी निर्वाचनमा ३ नम्बर वडामा नेपाली कांग्रेसले जित्नु पर्नेमा जोड दिए । युवा नेता छवि पौडेलले पार्टी प्रवेश कार्यक्रमलाई ३ नम्बर वडामा नितरन्तरता दिने उल्लेख गरे ।
अन्नपूर्ण गाउँपालिकाको वडा नं ३ को पुरानो मैदान साविक ढिकुरपोखरीको वडा नम्बर ८ मा जयलाल पौडेलको संयोजकत्वमा ४९ सदस्सीय टोल समिति गठन भएको छ । समितिको सह–संयोजकमा लक्ष्मण भुजेल, भिमप्रसाद पौडेल, जयलाल अधिकरी, तुलसी प्रसाद पौडेल रहेका छन् । यसैगरी सचिवमा शिवप्रसाद पौडेल, सरस्वति पौडेल, सहसचिवमा गायत्री पौडेल र माया पौडेल चयन भएका छन् । सदस्यहरुमा शुशीला पौडेल, सुनिता पौडेल, फुलमाया पौडेल, लक्ष्मी पौडेल, हरिमाया पौडेल, कमला पौडेल लगायतका छन् ।
अन्नपूर्ण गाउँपालिका वडा ३ का सभापति डिल्लिराम पौडेलको सभापतित्वमा भएको कार्यक्रममा अन्नपूर्ण गाउँपालिकाका सदस्य हसना गुरुङ, विद्यार्थी नेता उज्ज्वल पौडेल, वडा इकाइकी उपसभापति डिलमामा पौडेल, शुशिला पौडेल, माया पौडेल, डण्डपानी पौडेल लगायतले बोलेका थिए ।








सम्बन्धित खवर
















