२०८३ कार्तिक २६, बिहीबार Thursday, November 12, 2026
खबर

चालक तथा सहचालकलाई आतिथ्यता, ट्राफिक नियम बारे तालिम

पोखरा भ्यूज । नेपाल पर्यटक यातायात व्यवसायी संघ, गण्डकी प्रदेशको आयोजना एवम् नेपाल पर्यटन बोर्ड, गण्डकी प्रदेशको प्रवद्र्धनमा पर्यटक यातायातमा खटिने चालक तथा सहचालकलाई आतिथ्यता, ट्राफिक नियम लगायतमा तालिम दिइएको छ ।
संघले माघको पहिलो हप्ता चालक तथा सहचालकका लागि सञ्चालित दुई दिने तालिममा ७० जना सहभागी रहेको संघका गण्डकी प्रदेश अध्यक्ष बाबुराम पाण्डेले जानकारी दिए ।
तालिमका क्रममा सहभागीलाई ट्राफिक निती नियम, यात्रुलाई गरिने आतिथ्यता तथा व्यवहार, सुरक्षा तथा प्रविधिक पक्षबारे जानकारी गराइएको थियो ।
पर्यटकहरू सर्वप्रथम चालक तथा सहचालकसँग प्रत्यक्ष सम्पर्कमा जाने भएकोले त्यहाँ गरिने व्यवहारले प्रत्यक्ष पर्यटनमा प्रभाव पार्ने उल्लेख गर्दै संघका अध्यक्ष पाण्डेले आतिथ्यताका साथै ट्राफिक नियम, सुरक्षा तथा प्राविधिक पक्षबारे दिइएको तालिम बहुउपयोगी बन्ने विश्वास व्यक्त गरे ।

उक्त अवसरमा पोखरा पर्यटन परिषद्का अध्यक्ष गोपिबहादुर भट्टराई, संघका संस्थापक अध्यक्ष मदन शर्मा खनाल, सल्लाहकार केदारनाथ शर्मा लगायतले तालिमका उपलब्धिलाई व्यवहारमा उतार्न सहभागीलाई आग्रह गरेका थिए ।

Read more

तिहारको चौथो दिन:गोवर्द्धन, गोरु र हलीको पूजा गरी मनाइँदै तिहार

पोखरा, कात्तिक २३ गते । यमपञ्चक अर्थात् तिहारको चौथो दिन आज गोवर्द्धन पर्वत, बलि राजा, गोरु र हलीको पूजाआजा गरी मनाइँदै छ। कात्तिक शुक्ल प्रतिपदाका दिन गाईको गोबरबाट…

आज लक्ष्मीपूजा गरिँदै, घरघरमा दीपावलीको तयारी

पोखरा । यमपञ्चक अर्थात् तिहारको तेस्रो दिन आज धनधान्य, ऐश्वर्य र समृद्धिकी देवी लक्ष्मीको पूजा आराधना गरी लक्ष्मीपूजा पर्व मनाइँदैछ । लक्ष्मीलाई घरमा भित्र्याउने धार्मिक विश्वासका साथ बिहानैदेखि…

विश्वकर्मा समाज कास्की महिला समितिद्वारा तिहारको शुभकामना आदानप्रदान

पोखरा। विश्वकर्मा समाज केन्द्रीय कार्यालय कास्की महिला समितिको आयोजनामा दीपावली तथा तिहार २०८३ को अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ। समाजको आफ्नै भवन रामबजारस्थित अलकापुरमा आयोजित कार्यक्रममा…

प्रेस स्वतन्त्रताको पक्षमा युवाहरूको ऐक्यबद्धता : कालो पोसाकमा माइतीघरमा प्रदर्शन

‘ पत्रकारिता अपराध होइन, लोकतन्त्रमा प्रश्नको जवाफ गिरफ्तारी होइन, जवाफदेहिता हो’ भन्दै सरकारसँग मागे जवाफ काठमाडौँ, कार्तिक २१ गते। सञ्चारमाध्यममाथि बढ्दो हस्तक्षेप र पत्रकारितामाथि राज्य संयन्त्रबाट भइरहेको दबाबविरुद्ध…

प्लास्टिकका फूलमाला बिक्री गर्ने पसलमा महानगरको अनुगमन, ६ हजार २८० रुपैयाँका सामग्री नष्ट

पोखरा। तिहारलाई लक्षित गर्दै पोखरा महानगरपालिकाले प्रतिबन्धित प्लास्टिकजन्य फूलमाला तथा अन्य सामग्रीको बिक्री–वितरण रोक्न बजार अनुगमनलाई तीव्रता दिएको छ। सरकारले प्लास्टिकजन्य फूलमालाको उत्पादन, आयात, बिक्री–वितरण तथा भण्डारणमा प्रतिबन्ध…

आज तिहारको दोस्रो दिन:काग तिहार, काकबलि र धन्वन्तरी जयन्ती मनाइँदै

पोखरा । तिहारको दोस्रो दिन अर्थात् कात्तिक २१ गते आज काग तिहार, काकबलि तथा धन्वन्तरी जयन्ती मनाइँदैछ। यमपञ्चकको दोस्रो दिन कागलाई यमराजको दूतका रूपमा पूजा गर्ने परम्परा छ।…