प्रस्तावित लायन्स डिष्ट्रिक्ट ३२५ आई नेपालको डिष्ट्रिक्ट गभर्नरमा बसेलको उम्मेद्वारी
- January 23, 2022
- 13977

टंकराज अधिकारी ।
लायन्स क्लब अन्तर्राष्ट्रिय डिष्ट्रिक्ट ३२५ आई(I) नेपालको लायन बर्ष २०२२/२३ का लागि डिष्ट्रिक्ट गभर्नर पदमा पोखराका रामबहादुर बसेलले उम्मेदवारी दर्ता गराएका छन । उनिसँगै प्रथम र द्वितीय भाईस डिष्ट्रिक्ट गभर्नरमा म्याग्दीका चन्द्रकुमार केसी र पोखराका बिनोद ढुङगानाले उम्मेद्वारी दर्ता गराएका हुन ।

विगत १८ बर्षदेख़ि निरन्तर लायनवादमा सक्रिय बसेल लायन्स क्लब अफ पोखरा पिपल चौतारीका संस्थापक अध्यक्ष हुन । त्यस्तै, सन २००७ देखि लायन्स अभियानमा सक्रीय केसी लायन्स क्लब अफ बेनी म्याग्दीका संस्थापक अध्यक्ष र ढुङगाना लायन्स क्लब अफ पोखरा अभियानका संस्थापक अध्यक्ष हुन ।

आइतवार काठमाँड़ौमा आयोजित एक समारोहका विच डिष्ट्रिक्टका सिनियर लिडरको उपस्थितिमा डिष्ट्रिक्ट ३२५ बि१ नेपालका १० औं ज़िल्ला अधिवेशन नोमीनेशन कमिटीका डिष्ट्रिक्ट को–चेयरपर्सन उमेश खतिवडा र डिष्ट्रिक्ट गभर्नर विश्वेश्वर आचार्यलाई मनोनयन पत्र बुझाएर तिन जनाले आ–आफ़नो दावी प्रस्तुत गरेका छन ।
मनोनयन दाख़िला कार्यक्रममा लायन्स मल्टीपल डिष्ट्रिक्ट ३२५ नेपालका मल्टीपल काउन्सिल चेयरपर्सन मनबहादुर रोका, लायन्स डिष्ट्रिक्ट ३२५ बि१ नेपालका डिष्ट्रिक्ट गभर्नर विशेश्वर आचार्य, प्रथम भाईस डिष्ट्रिक्ट गभर्नर महेन्द्र पौडेल, पूर्व गभर्नरहरू राजन लम्साल, इन्दु लम्साल लगाएत डिष्ट्रिक्टका सिनियर लिड़रहरूको उपस्थिति रहेको थियो ।

लायन्स क्लब अन्तर्राष्ट्रियद्वारा नेपालमा हाल क़ायम रहेका ४ वटा डिष्ट्रिक्टलाई १५ वटा डिष्ट्रिक्टमा रिडिष्ट्रिक्टीङ गर्ने अनुमति प्राप्त भएको छ । सोहि अनुरूप हालको डिष्ट्रिक्ट ३२५ बि१ नेपालमा मात्र लायन बर्ष २०२२/२३ देख़ि ५ वटा डिष्ट्रिक्ट हुदैछन । जसमा डिष्ट्रिक्ट ३२५ आई, जे, के, एल र एम हुनेछन ।
काठमाडौँ सहितका गण्डकी धवलागिरी क्षेत्रलाई समेटदै लायन वर्ष २०२२/२३ मा नयाँ डिष्ट्रिक्टको रुपमा ३२५(I) आई नेपाल निर्माण हुनेछ ।
लायन्स डिष्ट्रिक्ट ३२५ वी १ नेपालको माघ २९ गते पोखरामा दशौं ज़िल्ला अधिवेशन हुदैछ । सो अधिवेशनबाट ५ वटै डिष्ट्रिक्टको आधिकारिक नेतृत्व चयन हुनेछ । जसले ५ जना डिष्ट्रिक्ट गभर्नर, ५ जना प्रथम भाईस डिष्ट्रिक्ट गभर्नर र ५ जना द्वित्तिय भाईस डिष्ट्रिक्ट गभर्नर पाउनेछ ।
डिष्ट्रिक्ट ३२५ (I) आइ नेपालमा काठमाडौं सहितका १२ ज़िल्लाका करिव १६४ क्लब र ४ हज़ार ५ सय बढी सदस्य आवद्व रहेका छन । सम्भवतः रि–डिष्ट्रिक्ट पछि नेपालमा क़ायम रहने १५ वटा डिष्ट्रिक्ट मध्ये डिष्ट्रिक्ट ३२५ आई(I) क्लब र सदस्यका हिसाबले ठुलो डिष्ट्रिक्ट रहेको पाईन्छ ।

डिष्ट्रिक्ट ३२५ बाट रि–डिष्ट्रिक्ट हुदा भाईस गभर्नर नभई सिधै डिष्ट्रिक्ट गभर्नर हुने सौभाग्य प्राप्त गरेका रामबहादुर बसेल विगत १८ बर्षदेख़ि निरन्तर लायनवादमा सक्रिय रहि डिष्ट्रिक्टको महत्वपूर्ण पदमा सेवा, सक्रियता र योगदानका हिसाबले एउटा छुट्टै पहिचान र अस्तित्व बनाएका व्यक्ति हुन । कुनै पनि कार्यसम्पादनमा उनमा रहेको योजनाबद्वता, स्पष्टवादिता, पारदर्शिता, लगनशीलता, विषयगतको ज्ञान एवं क्षमता र दृढ़संकल्पले डिष्ट्रिक्टलाई आशातित ऊँचाईमा पुर्रयाउन सक्ने क्षमता उनमा छ ।







सम्बन्धित खवर















