२०८३ कार्तिक २७, शुक्रबार Friday, November 13, 2026
खबर

घान्द्रुकः दुर्घटनापछि कलाभिरमा ‘रेलिङ’

पोखरा भ्यूज । कास्कीको अन्नपूर्ण गाउँपालिका १० घान्द्रुकस्थित कलाभिरमा लामा अमृत फाउण्डेशनले रेलिङ निर्माण गरेको छ । सम्भावित दुर्घटना न्यूनीकरण गर्ने उद्देश्यसहित करिब १ लाख ४५ हजारको लागतमा सो भिरमा रेलिङ निर्माण गरेको हो ।
घान्द्रुकका स्थानिय होटल तथा पर्यटन व्यवसायीहरु र देश विदेशमा रहेका दाताहरुको आर्थिक सहयोगमा पक्की रेलिङ निर्माण गरेको फाउण्डेशनका संस्थापक अमृत लामा गुरुङले बताए । सो स्थानमा असोज २५ गते जीप दुर्घटना हुदा चालकसहित ८ जनाले घटनास्थलमै ज्यान गुमाएका थिए ।
गुरुङले दुर्घटना पश्चात् नकरात्मक सन्देश प्रवाह भएको बताउदै सो क्षेत्रमा सवार गर्दा सुरक्षित महशुस गराउन रेलिङ निर्माण गरेको बताए । ‘त्यो दुर्घटना अत्यन्तै दुखदायी बन्यो । पर्यटकमा पर्न गएको नराम्रो खबर पछि हामीले धुक्क महसुस गराउनका लागि रेलिङ निर्माण गरेका हौ, उनले भने, ‘यति मात्र नभएर यही क्षेत्रमा भएका ५ वटा घुम्तीमा ऐना पनि राखेका छौ । यसले यात्रा थप सुरक्षित बनाउन मद्दत पुर्याउछ ।’
उनले सो संरचना निर्माण गर्न आर्थिक सहयोग गर्ने दाताहरुलाई धन्यवाद दिदै घान्द्रुक यात्रामा सुरक्षित महसुस गर्न सकिने बताए । ‘त्यो घटनापछि गाउँले पनि हिड्न डराउथे । अहिले यो बनाईसकेपछि सबै धुक्क बनेका छन् ।’ गुरुङले भने ।
त्यसैगरी प्हे ल्हु संघ घान्द्रुकका अध्यक्ष प्रेम गुरुङले लामा फाउण्डेशनले सरकारत्मक सन्देश दिने कार्य गरेको भन्दै प्रशंसा गरे । ‘यो कार्यले सबैभन्दा त सकरात्मक सन्देश पुर्याएको छ । अब सहजै सवारीसाधनहरु घान्द्रुक भित्रिन सक्छन्’, उनले भने, ‘अझ सरकारी पक्षले पनि थप जोखिम क्षेत्रमा यस्ता रेलिङहरु निर्माण गर्नुपर्छ ।’

अब ढुक्क भैयोः एम्बुलेन्स चालक
भारत राजदुतावासको सहयोगमा सञ्चालित एम्बुलेन्सका चालक तथा रेलिङ निर्माण समितिका संयोजक याम बहादुर गुरुङले सो क्षेत्रमा यात्रा गर्दा ढुक्क भएको बताए । उनले सो रेलिङ निर्माणको संयोजकको रुपमा काम गरेको बताउदै रेलिङ निकै बलियो रहेको जानकारी दिए ।
‘करिब ८ दिन लगाएर यो काम सम्पन्न गरेका छौ, उनले भने, ‘यो माथी जति उठेको छ त्या भन्दा बढि नै जमिनमा पनि पिसिसी गरेर गाँडेका छौ । यो बाटोमा गुड्ने सवारीलाई यसले सहजै रोक्न सक्छ । अब बल्ल धुक्क भएका छौ ।’
उनले सो क्षेत्रमा दुर्घटना पश्चात प्राय सवारी चालकहरु त्रसित भएको बताउदै भने, ‘यो ठाउँमा सबैभन्दा ठुलो दुर्घटना नै यही थियो । त्यसैले यहाँ आउँदा अलि कस्तो लाग्थ्यो अब भने चालकहरुले पनि धुक्क भएको प्रतिक्रिया दिएका छन् ।’
गुरुङले सो सडक बिस्तार गर्दा आफु सचिव रहेको स्मरण गर्दै नीजि स्रोतबाट सडक निर्माण गरेको बताए । सरकारको ३ लाख र स्थानीय समुदायको २ करोड लागतमा सडक बिस्तार गरेको बताउदै भने, ‘यो बाटो यहीको गाउँलेले उठाएर खनेको हो । सरकारको त जम्मा ३ लाख मात्रै हो । त्यही कारणले पनि बाटोको ग्रेड अलि मिलेको छैन ।’
उनका अनुसार अहिले जोखिम क्षेत्रमा ढलानका निम्ति गण्डकी प्रदेश सरकारबाट २० लाख बजेट विनियोजन भएको छ । ‘अब ढलानको काम पनि छिटै हुन्छ । हामी तयारीमै छौ, गुरुङले भने ।

सो कलाभिरमा असोज २५ गते ग १ ज ६९०० नम्बरको जीप दुर्घटना हुँदा चालक अन्नपूर्ण गाउँपालिका ५ नयाँपुल बस्ने ४२ वर्षीय खुशीमान क्षेत्री, काठमाडौं ३ गोंगबुका १८ वर्षीय जिनलव घिसिङ, २४ वर्षीया सुजा चौधरी, २० वर्षीया लिजा चौधरी, २० वर्षीया सुमन चौधरी, २२ वर्षीय अछुतम काफ्ले, १८ वर्षीय आशीष आले, २७ वर्षीय विनय क्षेत्रीले घटना स्थलमै ज्यान गुमाएका थिए । भने २० वर्षीया देवीका घिसिङलाई सकुशल उद्धार गरिएको थियो ।

Read more

तिहारको चौथो दिन:गोवर्द्धन, गोरु र हलीको पूजा गरी मनाइँदै तिहार

पोखरा, कात्तिक २३ गते । यमपञ्चक अर्थात् तिहारको चौथो दिन आज गोवर्द्धन पर्वत, बलि राजा, गोरु र हलीको पूजाआजा गरी मनाइँदै छ। कात्तिक शुक्ल प्रतिपदाका दिन गाईको गोबरबाट…

आज लक्ष्मीपूजा गरिँदै, घरघरमा दीपावलीको तयारी

पोखरा । यमपञ्चक अर्थात् तिहारको तेस्रो दिन आज धनधान्य, ऐश्वर्य र समृद्धिकी देवी लक्ष्मीको पूजा आराधना गरी लक्ष्मीपूजा पर्व मनाइँदैछ । लक्ष्मीलाई घरमा भित्र्याउने धार्मिक विश्वासका साथ बिहानैदेखि…

विश्वकर्मा समाज कास्की महिला समितिद्वारा तिहारको शुभकामना आदानप्रदान

पोखरा। विश्वकर्मा समाज केन्द्रीय कार्यालय कास्की महिला समितिको आयोजनामा दीपावली तथा तिहार २०८३ को अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ। समाजको आफ्नै भवन रामबजारस्थित अलकापुरमा आयोजित कार्यक्रममा…

प्रेस स्वतन्त्रताको पक्षमा युवाहरूको ऐक्यबद्धता : कालो पोसाकमा माइतीघरमा प्रदर्शन

‘ पत्रकारिता अपराध होइन, लोकतन्त्रमा प्रश्नको जवाफ गिरफ्तारी होइन, जवाफदेहिता हो’ भन्दै सरकारसँग मागे जवाफ काठमाडौँ, कार्तिक २१ गते। सञ्चारमाध्यममाथि बढ्दो हस्तक्षेप र पत्रकारितामाथि राज्य संयन्त्रबाट भइरहेको दबाबविरुद्ध…

प्लास्टिकका फूलमाला बिक्री गर्ने पसलमा महानगरको अनुगमन, ६ हजार २८० रुपैयाँका सामग्री नष्ट

पोखरा। तिहारलाई लक्षित गर्दै पोखरा महानगरपालिकाले प्रतिबन्धित प्लास्टिकजन्य फूलमाला तथा अन्य सामग्रीको बिक्री–वितरण रोक्न बजार अनुगमनलाई तीव्रता दिएको छ। सरकारले प्लास्टिकजन्य फूलमालाको उत्पादन, आयात, बिक्री–वितरण तथा भण्डारणमा प्रतिबन्ध…

आज तिहारको दोस्रो दिन:काग तिहार, काकबलि र धन्वन्तरी जयन्ती मनाइँदै

पोखरा । तिहारको दोस्रो दिन अर्थात् कात्तिक २१ गते आज काग तिहार, काकबलि तथा धन्वन्तरी जयन्ती मनाइँदैछ। यमपञ्चकको दोस्रो दिन कागलाई यमराजको दूतका रूपमा पूजा गर्ने परम्परा छ।…