२०८३ कार्तिक २६, बिहीबार Thursday, November 12, 2026
खबर

नेपाली काँग्रेस अम्विका टोल कार्यसमितिको सभापतिमा गुरुङ

नवगठित अम्विका टोल कार्यसमितिका पदाधिकारीलाई खादा ओढाएर सम्मान गर्दै नेपाली काँग्रेसका पूर्वमहाधिवेशन प्रतिनिधि पदमसिंह गुरुङर वडासमितिका सभापति अमृति शर्मा तिमिल्सिना समेतका नेता । तस्वीरः कमल कार्की ।

पोखरा भ्यूज
पोखरा । नेपाली काँग्रेस पोखरा १६ ले समाजसेवी सन्तबहादुर गुरुङको सभापतित्वमा २१ सदस्यीय अम्विका टोल कार्यसमिति समिति गठन गरेको छ ।

समितिको उपसभापतिको २ पदमा रोशन राना र कुलबहादुर गुरुङ, सचिव २ मा मञ्जु खवास र ओमेश गुरुङ, सहसचिव २ मा भुवन खवास र मन्सुर राना चयन भएका छन् भने कोषाध्यक्षमा मनसुवा राना चयन भएका छन् । त्यस्तै सदस्यमा दुर्गा गुरुङ, आयुष राना, राहुल खवास, निजरज गुरुङ, रोहित खवास, दिवस गुरुङ, सविन गुरुङ, राजकुमारी गुरुङ, विजय गुरुङ, सिसल भण्डारी, सिर्जन रोकाममगर र विजेश भण्डारी चयन भएका छन् ।

यसअघि वडा कार्यसमितिले ५ वटा टोल कार्यसमिति गठन गरिसकेको छ । यो सँगै पोखरा १६ मा नेपाली काँग्रेसको टोल कार्यसमितिको संख्या ६ पुगेको छ ।
स्थानीय राजपँधेरामा शनिबार दिउँसो आयोजित भेलालाई सम्बोधन गर्दै नेपाली नेपाली काँग्रेसका पूर्वमहाधिवेशन प्रतिनिधि पदमसिंह गुरुङले आगमी वैशाख ३० हुने स्थानीय तहको निर्वाचनमा केन्द्रित हुन नवगठित टोल कार्यसमितिलाई निर्देशन दिए ।

उनले गत स्थानीय निर्वाचनमा काँग्रेसले पराजय भोग्नु परेको अवस्थामा समेत नेपाली काँग्रेसको नेतृत्वमा बनेको प्रदेश सरकारबाट तत्कालीन निर्वाचनमा बोलेको काम पूरा गर्दै आएको बताए । ‘प्रदेश सरकारमा नेपाली काँग्रेसले प्रतिनिधत्व गरेपछि पोखरा १६ मा विकास लहर चलेको छ । अब स्थानीय सरकारमा काँग्रेसले नेतृत्व लिएपछि विकास र समृद्धिको खाका थप स्पष्ट हुन्छ,’उनले भने ।

कार्यक्रममा नेपाली काँग्रेसका प्रदेश अधिवेशन प्रतिनिधि मञ्जुश्री थापा, प्रदेश सभा (ख) का उपसभापति होमबहादुर बानियाँ, नेपाली काँग्रस पोखरा १६ का पूर्वसभापति शिवराज देवकोटा, पूर्वउपसभापति रुद्रबहादुर बस्नेत, नेपाल महिला संघ पोखरा १६ की सभापति कमला तिमिल्सिना लगायतको बाक्लो उपस्थिति थियो ।


नेपाली काँग्रेस पोखरा १६ का सभापति अमृत शर्मा तिमिल्सिनाको सभापतित्वमा भएको कार्यक्रममा नेपाली काँग्रेसका क्षेत्रीय प्रतिनिधिद्वय राजेन्द्रबहादुर देवकोटा र लक्ष्मी देवकोटा, समाजसेवी सन्तबहादुर गुरुङ, नेपाली काँग्रेस पोखरा १६ का सचिव धर्मराज थापा लगायतका वक्ताले स्थानीय निर्वाचित लक्ष्य कार्यक्रम अनुसार टोल कार्यसमिति गठन गरिएको बताएका थिए ।

कार्यक्रम आरम्भ भए लगत्तै झमझम पानी परेको थियो । यद्यपि पानी र चिसोको कुनै प्रवाह नगरी नेपाली काँग्रेसका नेता तथा कार्यकर्ता कत्ति पनि विचलित नभई धैयर्तापूर्वक पानीमा रुझेर कार्यक्रम सम्पन्न गरिएको थियो ।

Read more

तिहारको चौथो दिन:गोवर्द्धन, गोरु र हलीको पूजा गरी मनाइँदै तिहार

पोखरा, कात्तिक २३ गते । यमपञ्चक अर्थात् तिहारको चौथो दिन आज गोवर्द्धन पर्वत, बलि राजा, गोरु र हलीको पूजाआजा गरी मनाइँदै छ। कात्तिक शुक्ल प्रतिपदाका दिन गाईको गोबरबाट…

आज लक्ष्मीपूजा गरिँदै, घरघरमा दीपावलीको तयारी

पोखरा । यमपञ्चक अर्थात् तिहारको तेस्रो दिन आज धनधान्य, ऐश्वर्य र समृद्धिकी देवी लक्ष्मीको पूजा आराधना गरी लक्ष्मीपूजा पर्व मनाइँदैछ । लक्ष्मीलाई घरमा भित्र्याउने धार्मिक विश्वासका साथ बिहानैदेखि…

विश्वकर्मा समाज कास्की महिला समितिद्वारा तिहारको शुभकामना आदानप्रदान

पोखरा। विश्वकर्मा समाज केन्द्रीय कार्यालय कास्की महिला समितिको आयोजनामा दीपावली तथा तिहार २०८३ को अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ। समाजको आफ्नै भवन रामबजारस्थित अलकापुरमा आयोजित कार्यक्रममा…

प्रेस स्वतन्त्रताको पक्षमा युवाहरूको ऐक्यबद्धता : कालो पोसाकमा माइतीघरमा प्रदर्शन

‘ पत्रकारिता अपराध होइन, लोकतन्त्रमा प्रश्नको जवाफ गिरफ्तारी होइन, जवाफदेहिता हो’ भन्दै सरकारसँग मागे जवाफ काठमाडौँ, कार्तिक २१ गते। सञ्चारमाध्यममाथि बढ्दो हस्तक्षेप र पत्रकारितामाथि राज्य संयन्त्रबाट भइरहेको दबाबविरुद्ध…

प्लास्टिकका फूलमाला बिक्री गर्ने पसलमा महानगरको अनुगमन, ६ हजार २८० रुपैयाँका सामग्री नष्ट

पोखरा। तिहारलाई लक्षित गर्दै पोखरा महानगरपालिकाले प्रतिबन्धित प्लास्टिकजन्य फूलमाला तथा अन्य सामग्रीको बिक्री–वितरण रोक्न बजार अनुगमनलाई तीव्रता दिएको छ। सरकारले प्लास्टिकजन्य फूलमालाको उत्पादन, आयात, बिक्री–वितरण तथा भण्डारणमा प्रतिबन्ध…

आज तिहारको दोस्रो दिन:काग तिहार, काकबलि र धन्वन्तरी जयन्ती मनाइँदै

पोखरा । तिहारको दोस्रो दिन अर्थात् कात्तिक २१ गते आज काग तिहार, काकबलि तथा धन्वन्तरी जयन्ती मनाइँदैछ। यमपञ्चकको दोस्रो दिन कागलाई यमराजको दूतका रूपमा पूजा गर्ने परम्परा छ।…