13Shares

पोखरा भ्यूज
पोखरा । नेपाली कांग्रेस कास्की क्षेत्र नं १ र ३ मा महासमिति सदस्य सर्वसम्मत चयन गरिएको छ । उता कास्की क्षेत्र नं २ मा आवश्यक भन्दा बढ़ी उम्मेद्वारी परेको हुँदा सर्वसम्मत हुन सकेन । गत मंसिरको पहिलो साता निर्वाचन सकेको कांग्रेसले ३ महिनापछि मात्र महासमिति सदस्य पदका लागि निर्वाचन गर्न लागेको हो ।

कास्कीमा कांग्रेसको महासमिति सदस्यको निर्वाचन फागुन ९ गतेलाई तय गरिएको छ । कास्कीका ३ वटै क्षेत्रबाट ३३ जना महासमिति सदस्य निर्वाचित हुनेछन् ।

कास्कीको क्षेत्र नं ३ मा सर्वसम्मत चुनिएका महासमिति सदस्यहरूमा खुलातर्फ शुक्रराज शर्मा, खेमराज पौडेल, आईबहादुर गुरूङ, रामचन्द्र त्रिपाठी, दीपक गुरूङ महिलामा शारदा पौडेल र टेकनशोभा गुरूङ खसआर्यमा बाबुराम आचार्य र सिता अधिकारी आदिवासी रजनजाती तर्फ ख़ुशीमान गुरूङ साथै दलितमा उदय नेपाली रहेका छन् । क्षेत्र नं. ३ बाट पूर्वमन्त्री महादेव गुरुङ र नेता पोषनाथ शर्मा भने महासमिति सदस्य बन्न सकेनन् । शर्मा कास्की काँग्रेसको सभापतिमा भिड्दा आइबहादुर गुरुङले पराजय भोग्नु परेको शुक्रराज शर्मा गुटको निष्कर्ष थियो । त्यसकै प्रतिशोधमा पोषनाथलाई महासमिति सदस्य बन्न नदिइएको समाचार स्रोतको दावी छ ।

त्यस्तै क्षेत्र नं १ मा खुलामा तारानाथ रानाभाट, कृष्ण बहादुर केसी, विकास लामा, सुदीप मोहन भट्टराई र किशोरदत्त बराल, महिलामा सरस्वती गुरूङ र माया बराल, खस आर्यमा यज्ञ बहादुर थापा र कोपिला रानाभाट, आदिबासी र जनजातीमा दीपक गुरूङ र दलितमा कुमार सुनार सर्वसम्मत भएका छन् । कास्की १ मा कास्की काँग्रेसको सभापतिमा प्रत्यासी बनेका नेता गिरिराज गौतमलाई समेटिएको छैन ।

यसैगरी क्षेत्र नम्बर दुईमा खुला महिलामा कुमारी मुना बास्तोला, लक्ष्मी पाण्डे र रंगीला आचार्य खुलातर्फ कुमार खड़का, सोभियत बहादुर अधिकारी, माधव प्रसाद बास्तोला, देवराज चालीसे, विजयराज आचार्य र विन्दुकुमार थापाको मनोनयन दर्ता भएको निर्वाचन अधिकृत अधिवक्ता बिष्णु मरासिनीले बताए । ५ खुला र २ महिला निर्वाचित हुनेमा आवश्यक भन्दा बढ़ीको मनोनयन दर्ता भएकोले सर्वसम्मत हुन नसकेको मरासिनीले बताए । उनका अनुसार बाँक़ी पद खस आर्यमा ऋषि काफले र कोपिला तिवारी आदिवासी जनजातिमावीरेन्द्रनारायण बिजुक्छे र दलितमा अर्जुनकुमार विश्वकर्मा सर्वसम्मत चयन भएका छन ।

निर्वाचनका लागि कार्यतालिका ६ गते मतदाता नामावली प्रकाशन, ७ गते मनोनयन दर्ता, ८ गते उम्मेद्वारकोअन्तिम नामावली प्रकाशन र ९ गते मतदान रहेको निर्वाचन संयोजक अधिवक्ता कपिलमणि दाहाललेजानकारी दिए।

३ स्थानमा तय गरिएको मतदान केन्द्र अन्तर्गत कास्की क्षेत्र नं. १ को लागि खुदीको वीपी स्मृति भवन, क्षेत्र नं. २को जिल्ला पार्टी कार्यालय र क्षेत्र नं। ३ का लागि क्षेत्रीय पार्टी कार्यालय हेम्जामा निर्वाचन केन्द्र तोकिएको थियो । निर्वाचनमा पार्टीका सबै क्षेत्रीय प्रतिनिधिले मतदान गर्न पाउने विधानमा उल्लेख छ ।

जिल्ला अधिवेशन सकिएलगत्तै महासमिति सदस्य पदमा निर्वाचन गर्नुपर्नेमा निर्वाचनका कारण पार्टीकाप्रतिनिधि, उम्मेदवार, आयोजक, निर्वाचन कर्मचारीलगायत सवैमा थकान भएपछि पछि सारिएको कांग्रेसलेबताएको थियो ।

कांग्रेस नेता कार्यकर्ता गुट-उपगुटमा लागेपछि त्यतिबेला महासमिति सदस्य पदको निर्वाचन गर्न कांग्रेसलाईगाह्रो परेको थियो । अहिले प्रदेश अधिवेशन र केन्द्रीय महाधिवेशन सकिएपछि जिल्लामा महासमितिकिोनिर्वाचन गर्न कांग्रेस तत्पर देखिएको हो ।

कांग्रेसको महासमिति सदस्य निर्वाचन कार्यातालिका अनुसार मतदाता नामावली शुक्रबार प्रकाशन भएकोथियो ।

कांग्रेसको विधानको धारा ११ को उपधारा ३ (क) बमोजिम केन्द्रीय महासमिति सदस्य पदका लागि निर्वाचनहुन लागेको हो । निर्वाचन ११ पदमा हुने छ । महिला सदस्य (प्रत्यक्ष) २ जना, खुला सदस्य ९प्रत्यक्ष० ५ जना, महिला, दलित, आदीवाशी जनजाती, खस आर्य, मधेसी, थारु, मुस्लिम, पिछडिएको क्षेत्र समेतबाट ४ जनानिर्वाचित हुने कांग्रेसले जनाएको छ ।

13Shares
© कपीराईट–यस पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected