२०८३ कार्तिक २६, बिहीबार Thursday, November 12, 2026
खबर

नेपाली कांग्रेस घारीपाटन ईलाका कार्यसमितिको सभापतिमा गुरूङ

पोखरा भ्यूज
पोखरा । नेपाली काँग्रेस घारीपाटन ईलाका कार्यसमिति पोखरा ७ को सभापतिमा दानबहादुर गुरूङ(पूर्ण) चयन भएका छन् ।

नेपाली काँग्रेसका महासमिति सदस्य देवराज चालिसेको प्रमुख आतित्थ्यमा आयोजित भेलाले गुरूङको नेतृत्वमा २१ सदस्यीय ईलाका कार्यसमिति चयन गरेको हो । यो सँग पोखरा ७ मा नेपाली काँग्रेसको ईलाका कार्यसमितिको संख्या ४ पुगेको वडा इकाईका सभापति नविन बरालले जानकारी दिए ।

ईलाका कार्यसमितिको उपसभापतिमा मनोज गुरूङ, सचिवमा गंगा वराईली, सहसचिवमा भक्तबहादुर आले र कोषाध्यक्षमा नारायण गिरी चयन भएका छन् । त्यस्तै सदस्यमा पूर्णबहादुर गुरूङ, प्रवीण गुरूङ, किरण गुरूङ, रामजी नेपाली, सागर पुन, शम्सेर परियार, शर्मिला गुरूङ, शुरेश मल्ल, रूपा गुरूङ, नेत्रबहादुर गुरूङ, दुर्गाप्रसाद आचार्य, चम्पासिं गुरूङ, भगवती लामिछाने, बबिन सुनार, विकास जलारी, रमेश केसी र सुरज गुरूङ रहेका छन।

त्यस्तै भेलाले शशीधर शर्मा, टंकराज अधिकारी, विष्णुप्रसाद सुवेदी, वेल गिरी, माधवी पाण्डे र प्रेमबहादुर गुरूङ सहितको ६ सदस्यीय सल्लाहकार समिति समेत गठन गरेको छ ।

नवगठित ईलाका कार्यसमितिका पदाधिकारी एवं सदस्यहरुलाई वधाई ज्ञापन गर्दै नेपाली नेपाली काँग्रेसका महासमिति सदस्य देवराज चालिसेले कांग्रेसमा जनताको आकर्षण नघटेको तर जनताको घरघरमा कांग्रेस पुग्नुपर्ने बताए । उनले कांग्रेस के हो र कांग्रेसलाई भोट दिदा के परिणाम आउँछ र अरुलाई भोट दिदा के परिणामआयो भन्ने कुरा जनतालाई बुझाउन जरुरी रहेको बताए ।

नेपाली कांग्रेस पर्वतका पूर्व सभापति एवं प्रतिनिधि सभा सदस्य लालक़ाज़ी गुरूङले गत स्थानीय निर्वाचनमा काँग्रेसले पराजय भोग्नु परेको अवस्था स्मरण गराउदै आगामी  स्थानीय निर्वाचनमा कांग्रेसलाई जिताउन आग्रह गरे ।

नेपाली काँग्रेस पोखरा ७ का सभापति नविन बरालको सभापतित्वमा भएको कार्यक्रममा महाधिवेशन प्रतिनिधि सुनयना पालिखे, आशिक़ गुरूङ, किरण केसी, नेपाली कांग्रेस कास्की क्षेत्र नं २ प्रदेश ‘क’ का सभापति दिनेश आचार्य, भूपू सैनिक संघका केन्द्रिय सदस्य प्रेम बहादुर गुरूङ, स्थानीय कांग्रेसका पुराना कार्यकर्ता शशिधर शर्मा, चम्पासिं गुरूङ, रूपा गुरूङ, नवगठित घारीपाटन टोल कार्यसमितिका सभापति दानबहादुर गुरूङ(पूर्ण)लगायतका वक्ताहरुले स्थानीय निर्वाचित लक्ष्य कार्यक्रममा केन्द्रित भई नेपाली काँग्रेसको संगठन विस्तार अभियानमा लाग्न जोड दिदै आउँदो वैशाख ३० हुने स्थानीय निर्वाचनको प्रचारप्रसारमा जुट्न निर्देशन दिएका थिए।

Read more

तिहारको चौथो दिन:गोवर्द्धन, गोरु र हलीको पूजा गरी मनाइँदै तिहार

पोखरा, कात्तिक २३ गते । यमपञ्चक अर्थात् तिहारको चौथो दिन आज गोवर्द्धन पर्वत, बलि राजा, गोरु र हलीको पूजाआजा गरी मनाइँदै छ। कात्तिक शुक्ल प्रतिपदाका दिन गाईको गोबरबाट…

आज लक्ष्मीपूजा गरिँदै, घरघरमा दीपावलीको तयारी

पोखरा । यमपञ्चक अर्थात् तिहारको तेस्रो दिन आज धनधान्य, ऐश्वर्य र समृद्धिकी देवी लक्ष्मीको पूजा आराधना गरी लक्ष्मीपूजा पर्व मनाइँदैछ । लक्ष्मीलाई घरमा भित्र्याउने धार्मिक विश्वासका साथ बिहानैदेखि…

विश्वकर्मा समाज कास्की महिला समितिद्वारा तिहारको शुभकामना आदानप्रदान

पोखरा। विश्वकर्मा समाज केन्द्रीय कार्यालय कास्की महिला समितिको आयोजनामा दीपावली तथा तिहार २०८३ को अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ। समाजको आफ्नै भवन रामबजारस्थित अलकापुरमा आयोजित कार्यक्रममा…

प्रेस स्वतन्त्रताको पक्षमा युवाहरूको ऐक्यबद्धता : कालो पोसाकमा माइतीघरमा प्रदर्शन

‘ पत्रकारिता अपराध होइन, लोकतन्त्रमा प्रश्नको जवाफ गिरफ्तारी होइन, जवाफदेहिता हो’ भन्दै सरकारसँग मागे जवाफ काठमाडौँ, कार्तिक २१ गते। सञ्चारमाध्यममाथि बढ्दो हस्तक्षेप र पत्रकारितामाथि राज्य संयन्त्रबाट भइरहेको दबाबविरुद्ध…

प्लास्टिकका फूलमाला बिक्री गर्ने पसलमा महानगरको अनुगमन, ६ हजार २८० रुपैयाँका सामग्री नष्ट

पोखरा। तिहारलाई लक्षित गर्दै पोखरा महानगरपालिकाले प्रतिबन्धित प्लास्टिकजन्य फूलमाला तथा अन्य सामग्रीको बिक्री–वितरण रोक्न बजार अनुगमनलाई तीव्रता दिएको छ। सरकारले प्लास्टिकजन्य फूलमालाको उत्पादन, आयात, बिक्री–वितरण तथा भण्डारणमा प्रतिबन्ध…

आज तिहारको दोस्रो दिन:काग तिहार, काकबलि र धन्वन्तरी जयन्ती मनाइँदै

पोखरा । तिहारको दोस्रो दिन अर्थात् कात्तिक २१ गते आज काग तिहार, काकबलि तथा धन्वन्तरी जयन्ती मनाइँदैछ। यमपञ्चकको दोस्रो दिन कागलाई यमराजको दूतका रूपमा पूजा गर्ने परम्परा छ।…