206Shares

पोखरा भ्यूज ।

पोखरा ।नागरिक समाज कास्कीले हरेक बर्ष प्रदान गर्दै आएकोललित गौचन स्मृति समाजसेवा सम्मानयस बर्ष बाबा फाउण्डेसन नेपालका संस्थापक अध्यक्ष दीलिपराज श्रेष्ठलाई अर्पण गरेको

फाउण्डेसन मार्फत वातावरण संरक्षण, कमजोर अवस्थाका बालबालिकाको शिक्षा दीक्षा, ट्राफिक ब्यबस्थापन लगायतका क्षेत्रमा विशेष योगदान दिदै आएका श्रेष्ठलाई सो सम्मान अर्पण गरिएको समाजका संस्थापक संयोजक रामबहादुर पौडेलले बताए श्रेष्ठ बाबा फ़ाउण्डेशन नेपालका संस्थापक हुन् भने बाबा हार्डवेयरका सञ्चालक हुन्

समाजद्वारा सोमवार पोखरामा आयोजित एक समारोहमा कार्यक्रमका प्रमुख अतिथि कास्कीका प्रमुख ज़िल्ला अधिकारी जयनारायण आचार्यले श्रेष्ठलाई सम्मान गरेका थिए

सम्मान कार्यक्रममा बोल्दै प्रमुख अतिथि आचार्यले राज्यले सम्मान गर्ने व्यक्तिलाई नागरिक समाजले सम्मान गरेकोमा आभार व्यक्त गरे समाज रूपान्तरणमा नागरिक समाजले खेलेको भूमिका महत्वपूर्ण रहेको बताउदै यस्तै प्रकारले सबैले सहि कार्य गरेमा समुन्नत राष्ट्र बन्ने बताए

जिल्ला प्रहरी कार्यलय कास्कीका प्रमुख रमेश थापाले व्यक्तिको सकारात्मक योगदानले समाज परिवर्तनमा ठूलो सहयोग पुग्ने बताए

स्व. ललित गौचनका भाइ ओमप्रसाद गौचन उहाँका परिवारजनले २०७५ सालमा लाख हजार राशिको अक्षयकोष स्थापना गरेका थिए

स्वर्गिय ललित गौचनको स्मृति दिवसको अवसर पारेर प्रत्येक बर्ष फागुन २३ गते सम्मान कार्यक्रम आयोजना हुने गर्दछ यसअघि यस सम्मानबाट विश्वरत्न शाक्य, प्रभा पन्त, गिरीराज अधिकारी, झपिन्द्रराज रेग्मी, ईन्द्र गुरुङ, शिवमाया श्रेष्ठ विष्णुप्रसाद गुरुङ सम्मानित भइसकेका संस्थापक पौडेलले जानकारी दिए

सम्मानित व्यक्तित्व दिलीपराज श्रेष्ठले यस सम्मानले आफूलाई अझै पनि निरन्तर समाज परिवर्तनको पक्षमा का गर्न ऊर्जा थपेको बताउदै आफू मात्रै सम्मानित नभई बाबा फ़ाउण्डेशन नेपाल परिवारले सम्मान प्राप्त गरेको बताए

कार्यक्रममा अक्षयकोष दाता स्व. ललित गौचनका भाइ ओमप्रसाद गौचन, पूर्व सम्मानित विष्णुप्रसाद गुरुङ र शिवमाया श्रेष्ठ, पोखरा महानगरपालिका वड़ा नं का वडाध्यक्ष रामचन्द्र बराल लगायतले शुभकामना मन्तव्य राखेका थिए

नागरिक समाज कास्कीका संयोजक इन्द्रकमल मानन्धरको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रतिभा छनोटसमिति संयोजक विष्णुहरि अधिकारीले सम्मानित व्यक्तिको परिचय दिएका थिए

समाजका संस्थापक संयोजक रामबहादुर पौडेलले स्वागत मन्तव्य सहित संस्थाको उद्देश्य बारे प्रकाश पारेका थिए भने कार्यक्रमको सञ्चालन प्रवक्ता गोकुलबहादुर कार्कीले गरेका थिए

206Shares
© कपीराईट–यस पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected