२०८३ कार्तिक २६, बिहीबार Thursday, November 12, 2026
खबर

घर–घर जाऔँ, कांग्रेस जिताऔँ अभियानमा कांग्रेस

पोखरा भ्यूज

काठमांडौं । सत्तारुढ दल नेपाली कांग्रेसले आउँदो वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि ‘घर–घर जाऔँ, कांग्रेस जिताऔँ’ अभियान सञ्चालन गर्दैछ । सो अभियान अन्तर्गत कांग्रेस ६ हजार ७४३ वडामा पुग्ने तयारीमा रहेको छ ।

कांग्रेसले फागुन २९ देखि चैत २९ सम्म अभियान सञ्चालन गर्न लागेको हो । पार्टी मुख्य सचिव कृष्णप्रसाद पौडेल जिल्ला जाने प्रतिनिधिहरुलाई अभिमुखीकरण गराउने काम भइरहको बताउँछन्। 

“आज बेलुकासम्म जिल्ला जानेहरुलाई हामी चिठी थमाउँछौँ । अहिले पार्टी अफिसमा अभिमुखिकरण गर्नेकाम भइरहेको छ,” उनले भने । अभियानका लागि खटिने प्रतिनिधिहरु २६ गतेभित्र जिल्ला पुगिसक्नुपर्ने गरी पार्टीले तयारी गरिरहको छ । 

एक अभियानको आठ उद्देश्य  

एक महिनासम्म चल्ने अभियानले आठवटा उद्देश्य लिएको छ । जसको मुख्य उद्देश्य स्थानीय तह निर्वाचनमाकांग्रेसलाई जिताउन माहोल बनाउने रहेको छ । प्रतिनिधिहरु वडा र टोलटोलमा पुगेर कांग्रेसको पक्षमाकार्यकर्ताहरुमा उत्साह भर्ने काम गर्ने उद्देश्य पार्टीले लिएको छ । 

यस्तै अभियानकै दौरान पार्टीले ‘हरेक काँधलाई भारि, हरेक हातलाई जिम्मेवारी’ को नीति साथ पार्टीकोविधानमा व्यवस्था गरिएका विभिन्न जिम्मेवारी बाँडफाँट गरेर पार्टी पंक्तिलाई स्थानीय निर्वाचनमा वृहत्तरपरिचालन गराउने नीति लिएको छ । वडा तहसम्म पुगेर कांग्रेसले तत्कालीन केपी शर्मा ओलीको नेतृत्वमा रहेकोनेकपाको सरकारको तीन वर्षे कार्यकालमा भएका जनविरोधि गतिविधि, असंवैधानिक कदम र भष्टाचारप्रकरण जनतासमक्ष चुनावी एजेन्डा बनाएर लैजाने तयारी गरेको छ । यस्तै वर्तमान कांग्रेस नेतृत्वको सरकारलेकोभिडको विरुद्ध ७० प्रतिशत नागरिकलाई खोप लगाएको भन्दै चुनावी एजेन्डा बनाइने भएको छ । 

पार्टीले संसदबाट अनुमोदन भएको एमसीसी परियोजनाका विषयमा जनस्तरमा छरिएका भ्रम र पार्टीप्रतिउत्पन्न शंका निवारणका लागि बुँदागत रुपमा अभियानबाट भ्रम चिर्ने तयारी पनि गरेको छ ।  

पार्टीले अभियान अन्तर्गत प्रदेश कार्यसमितिलाई केन्द्रको कार्यक्रममा असर नपर्ने गरि आफ्नो प्रदेश भित्र ‘घर–घर जाऔं, कांग्रेस जिताऔं अभियान’ थप गरेर सञ्चालन गर्ने अधिकार पनि दिएको छ । 

यस्तै स्थानीय तहमा पार्टीको उमेदवार चयनका लागि पूर्व अध्ययन गरि प्रदेश कार्यसमितिलाई प्रतिवेदनबुझाउन प्रत्येक स्थानीय तहमा अभियानको अन्तिम सातामा प्रदेश प्रतिनिधि खटाउने निर्णय पनि कांग्रेसलेगरेको छ । यस्तै प्रदेशले आफ्नो प्रदेशभित्रको समग्र अभियानलाई सम्पूर्ण अनुगमन गर्नुपर्ने जिम्मेवारी पनिकेन्द्रले दिएको छ । 

यता, जिल्ला कर्यसमितिले अभियान सुरु हुनुभन्दा दुई दिनअघि कार्यसमितिको बैठक बसेर जिल्लाभरका सबैवडामा खटिने प्रतिनिधि तथा प्रतिनिधि टोली तय गर्नेगरि जिल्ला समितिलाइई निर्देशन दिएको छ । यस्तैअभियान सञ्चालनका लागि भ्रातृ तथा शुभेच्छुक संस्था पनि खटिनुपर्ने गरि कांग्रेसले कार्यक्रम तय गरेको छ । 

कांग्रेसले सञ्चालन गर्ने अभियान र त्यससँग सम्बन्धित हरेक गतिविधि सामाजिक संजाल र स्थानीयसञ्चारमाध्यममार्फत् प्रचार गर्ने तयारी गरेको छ  र त्यसका लागि छुट्टै प्रचार टिम बनाउने निर्णय पनि गरेको छ। 

पार्टीले फागुन २९ गते दिउँसो १ बजे ७७ जिल्लामा एकसाथ अभियानको उद्घाटन गर्दैछ । अभियान व्यवस्थितर प्रभावकारी बनाउन पार्टीको सबै तहमा अनुगमन समिति गठन गर्ने र समितिले कार्यक्रमको कार्यान्वयनअनुगमन तथा कार्यान्वयन पश्चातको प्रभाव समेतको विश्लेषण गरेर पार्टीलाई सुझाव दिनुपर्ने कांग्रेसकोनिर्णय छ ।

Read more

तिहारको चौथो दिन:गोवर्द्धन, गोरु र हलीको पूजा गरी मनाइँदै तिहार

पोखरा, कात्तिक २३ गते । यमपञ्चक अर्थात् तिहारको चौथो दिन आज गोवर्द्धन पर्वत, बलि राजा, गोरु र हलीको पूजाआजा गरी मनाइँदै छ। कात्तिक शुक्ल प्रतिपदाका दिन गाईको गोबरबाट…

आज लक्ष्मीपूजा गरिँदै, घरघरमा दीपावलीको तयारी

पोखरा । यमपञ्चक अर्थात् तिहारको तेस्रो दिन आज धनधान्य, ऐश्वर्य र समृद्धिकी देवी लक्ष्मीको पूजा आराधना गरी लक्ष्मीपूजा पर्व मनाइँदैछ । लक्ष्मीलाई घरमा भित्र्याउने धार्मिक विश्वासका साथ बिहानैदेखि…

विश्वकर्मा समाज कास्की महिला समितिद्वारा तिहारको शुभकामना आदानप्रदान

पोखरा। विश्वकर्मा समाज केन्द्रीय कार्यालय कास्की महिला समितिको आयोजनामा दीपावली तथा तिहार २०८३ को अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ। समाजको आफ्नै भवन रामबजारस्थित अलकापुरमा आयोजित कार्यक्रममा…

प्रेस स्वतन्त्रताको पक्षमा युवाहरूको ऐक्यबद्धता : कालो पोसाकमा माइतीघरमा प्रदर्शन

‘ पत्रकारिता अपराध होइन, लोकतन्त्रमा प्रश्नको जवाफ गिरफ्तारी होइन, जवाफदेहिता हो’ भन्दै सरकारसँग मागे जवाफ काठमाडौँ, कार्तिक २१ गते। सञ्चारमाध्यममाथि बढ्दो हस्तक्षेप र पत्रकारितामाथि राज्य संयन्त्रबाट भइरहेको दबाबविरुद्ध…

प्लास्टिकका फूलमाला बिक्री गर्ने पसलमा महानगरको अनुगमन, ६ हजार २८० रुपैयाँका सामग्री नष्ट

पोखरा। तिहारलाई लक्षित गर्दै पोखरा महानगरपालिकाले प्रतिबन्धित प्लास्टिकजन्य फूलमाला तथा अन्य सामग्रीको बिक्री–वितरण रोक्न बजार अनुगमनलाई तीव्रता दिएको छ। सरकारले प्लास्टिकजन्य फूलमालाको उत्पादन, आयात, बिक्री–वितरण तथा भण्डारणमा प्रतिबन्ध…

आज तिहारको दोस्रो दिन:काग तिहार, काकबलि र धन्वन्तरी जयन्ती मनाइँदै

पोखरा । तिहारको दोस्रो दिन अर्थात् कात्तिक २१ गते आज काग तिहार, काकबलि तथा धन्वन्तरी जयन्ती मनाइँदैछ। यमपञ्चकको दोस्रो दिन कागलाई यमराजको दूतका रूपमा पूजा गर्ने परम्परा छ।…