२०८३ कार्तिक २६, बिहीबार Thursday, November 12, 2026
खबर

‘क़ुन तहका उम्मेदवारका आकांक्षीले कसरी पाँउछन टिकट’

पोखरा भ्यूज

पोखरा ।नेपाली कांग्रेसको विधानले तहगत रुपमा तल्ला तहबाट सिफारिस भएपछि माथिल्ला समितिहरूले उम्मेदवारलाई टिकट दिने व्यवस्था गरेको छ ।विधानले यसरी प्रस्ट व्यवस्था गरे पनि नेता कार्यकर्तामा भने माथिल्लो तहको हस्तक्षेप हुने र टिकट वितरण अपारदर्शी हुने आशंका कायमै रहेको छ ।चुनावको मिति नजिकिँदा तल्ला तहका कार्यकर्ता र मतदातामाझ उम्मेदवारका आकांक्षीहरूसमेत खुल्न थालेका छन् । कार्यकर्ता र मतदाता आफ्नो पक्षमा पार्न आकांक्षी नेताहरूको दौडधुप छ । उम्मेदवार बन्न आकांक्षी नेताहरू कहिले मतदाता रिझाउन गाउँ पसेका छन्, त कहिले नेता रिझाउन सहर । यस्तोमा कस्ता मान्छे, कुन प्रक्रियाबाट उम्मेदवार बन्छन् भन्ने चासो छ ।कुन पदको उम्मेदवार चयन कसरी हुन्छ ?

वडाअध्यक्ष र सदस्य

गाउँ, नगर वडाको अध्यक्ष र सदस्य पदकालागि वडा कार्यसमितिले एक महिलासहित बढीमा तीन जनाको नाम सिफारिस गर्नुपर्नेछ । त्यसरी सिफारिस गर्दा सहमति हुन सकेमा सहमतिबाट र सहमति हुन नसके बहुमतबाट निर्णय गाउँ/नगरपालिका कार्यसमितिमा पठाउनुपर्नेछ । वडाबाट प्राप्त नामलाई गाउँ/नगरपालिकाले आफ्नो राय राखेर प्रदेशसभा क्षेत्रीय कार्यसमितिलाई लेखी पठाउनुपर्नेछ । त्यसपछि प्रदेश क्षेत्रीय कार्यसमितिले आफ्नो राय राखेर प्रतिनिधिसभा क्षेत्रीय कार्यसमितिमा पठाउनेछन् । प्राप्त नामहरूमाथि प्रतिनिधिसभा क्षेत्रीय संसदीय समितिले सर्वसम्मत नभए बहुमतबाट निर्णय गरेर प्रतिनिधिसभा क्षेत्रीय कार्यसमितिमा अनुमोदन गराई पार्टीका तर्फबाट उम्मेदवारी घोषणा गर्ने र उम्मेदवारको मनोनयन दाखिला गर्नुपर्नेछ ।

गाउँपालिका अध्यक्ष र उपाध्यक्ष

गाउँपालिका अध्यक्ष र उपाध्यक्षको उम्मेदवार चयनका लागि कार्यसमितिले योग्यता पुगेकामध्येबाट एक महिलासहित ३–३ जना उम्मेदवारको नाम प्रदेशसभा र प्रतिनिधिसभा क्षेत्रीय कार्यसमितिलाई जानकारी गराएर जिल्ला कार्यसमितिलाई लेखी पठाउनेछन् । प्रदेश र प्रतिनिधिसभा क्षेत्रीय कार्यसमितिले आफ्नो क्षेत्रका गाउँपालिका अध्यक्ष र उपाध्यक्ष पदका उम्मेदवारको हकमा जिल्ला कार्यसमिति समक्ष लिखित राय राख्नेछन् । त्यसरी प्राप्त रायको आधारमा जिल्ला संसदीय समितिले सर्वसम्मत नभए बहुमतको प्रक्रियाबाट निर्णय गरी जिल्ला कार्यसमितिबाट अनुमोदन गराई उम्मेदवारी घोषणा र मनोनयन दर्ता गराउनुपर्नेछ ।

नगर/उपमहानगरपालिका प्रमुख र उपप्रमुख

नगर/उपमहानगरपालिकाको प्रमुख र उपप्रमुखको उम्मेदवार चयन गर्दा सम्बन्धित कार्यसमितिले सबैभन्दा पहिले एक महिलासहित बढीमा तीन जनाको नाम जिल्ला कार्यसमितिमा सिफारिस गर्नेछन् । ती नाममाथि प्रदेशसभा र प्रतिनिधिसभा क्षेत्रीय कार्यसमितिले राय राख्नेछन् । ती रायसमेत समेटेर जिल्ला कार्यसमितिले आफ्नो राय राखेर प्रदेश कार्यसमितिसमक्ष सिफारिस गरी पठाउनुपर्नेछ । त्यसरी प्राप्त नाममा प्रदेश संसदीय समितिले सर्वसम्मत नभए बहुमतबाट निर्णय गरी प्रदेश कार्यसमितिबाट अनुमोदन गराई उम्मेदवारी घोषणा गराई मनोनयन दर्ताको व्यवस्था गर्नुपर्ने विधानले व्यवस्था गरेको छ ।

महानगरपालिका प्रमुख र उपप्रमुख

महानगरपालिकाको प्रमुख र उपप्रमुखको उम्मेदवार चयन गर्दा भने निर्णयको अधिकार केन्द्रीय कार्यसमितिसँग हुने व्यवस्था छ । महानगर कार्यसमितिले सिफारिस गरेका एक महिलासहित तीन जनाको नाममाथि प्रदेश कार्यसमितिले आफ्नो राय राखेर केन्द्रमा पठाउनेछन् । त्यसरी प्राप्त नाममाथि सर्वसम्मत नभए बहुमतबाट केन्द्रीय संसदीय समितिले निर्णय लिनुपर्नेछ । त्यो निर्णय केन्द्रीय कार्यसमितिबाट अनुमोदन गराई पार्टीको तर्फबाट उम्मेदवारी घोषणा गर्ने तथा मनोनयन गराउनुपर्ने व्यवस्था छ ।

Read more

तिहारको चौथो दिन:गोवर्द्धन, गोरु र हलीको पूजा गरी मनाइँदै तिहार

पोखरा, कात्तिक २३ गते । यमपञ्चक अर्थात् तिहारको चौथो दिन आज गोवर्द्धन पर्वत, बलि राजा, गोरु र हलीको पूजाआजा गरी मनाइँदै छ। कात्तिक शुक्ल प्रतिपदाका दिन गाईको गोबरबाट…

आज लक्ष्मीपूजा गरिँदै, घरघरमा दीपावलीको तयारी

पोखरा । यमपञ्चक अर्थात् तिहारको तेस्रो दिन आज धनधान्य, ऐश्वर्य र समृद्धिकी देवी लक्ष्मीको पूजा आराधना गरी लक्ष्मीपूजा पर्व मनाइँदैछ । लक्ष्मीलाई घरमा भित्र्याउने धार्मिक विश्वासका साथ बिहानैदेखि…

विश्वकर्मा समाज कास्की महिला समितिद्वारा तिहारको शुभकामना आदानप्रदान

पोखरा। विश्वकर्मा समाज केन्द्रीय कार्यालय कास्की महिला समितिको आयोजनामा दीपावली तथा तिहार २०८३ को अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ। समाजको आफ्नै भवन रामबजारस्थित अलकापुरमा आयोजित कार्यक्रममा…

प्रेस स्वतन्त्रताको पक्षमा युवाहरूको ऐक्यबद्धता : कालो पोसाकमा माइतीघरमा प्रदर्शन

‘ पत्रकारिता अपराध होइन, लोकतन्त्रमा प्रश्नको जवाफ गिरफ्तारी होइन, जवाफदेहिता हो’ भन्दै सरकारसँग मागे जवाफ काठमाडौँ, कार्तिक २१ गते। सञ्चारमाध्यममाथि बढ्दो हस्तक्षेप र पत्रकारितामाथि राज्य संयन्त्रबाट भइरहेको दबाबविरुद्ध…

प्लास्टिकका फूलमाला बिक्री गर्ने पसलमा महानगरको अनुगमन, ६ हजार २८० रुपैयाँका सामग्री नष्ट

पोखरा। तिहारलाई लक्षित गर्दै पोखरा महानगरपालिकाले प्रतिबन्धित प्लास्टिकजन्य फूलमाला तथा अन्य सामग्रीको बिक्री–वितरण रोक्न बजार अनुगमनलाई तीव्रता दिएको छ। सरकारले प्लास्टिकजन्य फूलमालाको उत्पादन, आयात, बिक्री–वितरण तथा भण्डारणमा प्रतिबन्ध…

आज तिहारको दोस्रो दिन:काग तिहार, काकबलि र धन्वन्तरी जयन्ती मनाइँदै

पोखरा । तिहारको दोस्रो दिन अर्थात् कात्तिक २१ गते आज काग तिहार, काकबलि तथा धन्वन्तरी जयन्ती मनाइँदैछ। यमपञ्चकको दोस्रो दिन कागलाई यमराजको दूतका रूपमा पूजा गर्ने परम्परा छ।…