२०८३ कार्तिक २६, बिहीबार Thursday, November 12, 2026
खबर

विज्ञापन करको नाममा मच्चाइएको स्वेत आतंक बन्द गर्न माग

पोखरा भ्यूज

पोखरा । पोखरामा हरेका व्यावसायिक प्रतिष्ठानहरु अहिले एउटा सूचनाले त्रसित र आक्रोशित बनेका छन् । त्यो हो–विज्ञापन करको लागि थमाइएको पत्र ।
पत्रमा हरेक पसलहरुले टाँसेको १० वर्ग फुटभन्दा माथिको शुल्क लाग्ने उल्लेख गरिएको छ । पोखरा महानगरसँग होर्डिङ बोर्डको ठेक्का लिएको साइन हव प्रालिले पठाएको पत्रबाट व्यवसायीहरु आक्रोशित बनेका छन् । राज्यका निकाय र महानगरपालिकालाई व्यवसायसहित अन्य कर तिरेर संचालन गरिरहेको व्यवसायको प्रचार गर्न पाउनुपर्ने उनीहरुको जिकिर छ । तर, आर्थिक वर्ष २०७८÷०८९ को लागि १ करोड ५ लाखमा विज्ञापन करको ठेक्का लिएको सो कम्पनीले दावी छाडेको छैन ।
व्यवसायीहरुलाई कर तिर्न ताकेता गरिएपछि छाता संस्था पोखरा उद्योग वाणिज्य संघले कडा शब्दमा आपत्ति जनाएको छ । संघले महानगरको सहमतिमा भएको यो ज्यादतिलाई ‘स्वेत आतंक’को संज्ञा दिएको छ । पोखरा उद्योग वाणिज्य संघका महासचिव सुरेन्द्रमान विजुक्छेले बुधबार प्रेस विज्ञप्ति जारी गर्दै विज्ञापन करको नाममा मच्चाइएको स्वेत आतंक बन्द गर्न माग गर्दै अन्यथा  कदम चाल्ने चेतावनी दिएका छन् ।
‘व्यवसायीहरुले व्यवसाय चिनारीको लागि राखिने बोर्डहरु विज्ञापन हैनन् । नेपाल सरकारको आधिकारिक निकायमा दर्ता भइ,दर्ता शूल्क, आयकर,व्यवसाय करसहितका सबै कर तथा मूल्य अभिवृद्धि कर संकलन गर्दै राज्यलाई भुक्तान गर्दै आएका व्यवसायीहरुको सार्वभौम अधिकार हो’,विज्ञप्तिमा भनिएको छ,‘ कानूनले दोहोरो कर बर्जित गरेको छ । व्यवसाय कर पनि तिर्ने र त्यही व्यवसायको चिनारीको खातिर राखिएको बोर्डको कर पनि तिर्नुपर्छ भन्नु कानूनको उलंघनमात्रै हैन,व्यवसायीहरुको सार्वभौम अधिकारमाथिको आक्रमण एवं स्वतन्त्रतापूर्वक व्यवसाय गर्न पाउने संवैधानिक अधिकारमाथिको पनि धावा हो ।’संघले महानगर कर तिर्ने नागरिकप्रति अराजक र स्वेच्छाचारी भएको आरोप पनि लगाइएको छ ।
संघको विज्ञप्तिमा पोखरा नगरमा थुप्रिएको फोहरको तत्काल व्यवस्थापन गर्न महानगरको ध्यानकर्षण पनि गराइएको छ ।
‘स्वच्छ, हराभरा पोखरा’ को नारा दिएको महानगरमा सर्वसाधारणको स्वास्थ्य तथा व्यापार÷व्यवसायमा नै असर पुग्ने गरी फोहर थुप्रिनु महागनरको कमजोरी भएको ठहर गर्दै विज्ञप्तिमा भनिएको छ,‘एकातिर व्यवसायीहरुलाई अवैधानिक करको भार बोकाउन उद्यत हुने र अर्कोतर्फ उठाएको करको सदुपयोग नगर्ने महानगरको प्रवृत्ति फोहर व्यवस्थापनमा देखिएको उदासीनताले पुष्टि गरेको हाम्रो ठम्याइ रहेको छ ।’

बिज्ञप्तीको पूर्ण पाठ

 

Read more

तिहारको चौथो दिन:गोवर्द्धन, गोरु र हलीको पूजा गरी मनाइँदै तिहार

पोखरा, कात्तिक २३ गते । यमपञ्चक अर्थात् तिहारको चौथो दिन आज गोवर्द्धन पर्वत, बलि राजा, गोरु र हलीको पूजाआजा गरी मनाइँदै छ। कात्तिक शुक्ल प्रतिपदाका दिन गाईको गोबरबाट…

आज लक्ष्मीपूजा गरिँदै, घरघरमा दीपावलीको तयारी

पोखरा । यमपञ्चक अर्थात् तिहारको तेस्रो दिन आज धनधान्य, ऐश्वर्य र समृद्धिकी देवी लक्ष्मीको पूजा आराधना गरी लक्ष्मीपूजा पर्व मनाइँदैछ । लक्ष्मीलाई घरमा भित्र्याउने धार्मिक विश्वासका साथ बिहानैदेखि…

विश्वकर्मा समाज कास्की महिला समितिद्वारा तिहारको शुभकामना आदानप्रदान

पोखरा। विश्वकर्मा समाज केन्द्रीय कार्यालय कास्की महिला समितिको आयोजनामा दीपावली तथा तिहार २०८३ को अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ। समाजको आफ्नै भवन रामबजारस्थित अलकापुरमा आयोजित कार्यक्रममा…

प्रेस स्वतन्त्रताको पक्षमा युवाहरूको ऐक्यबद्धता : कालो पोसाकमा माइतीघरमा प्रदर्शन

‘ पत्रकारिता अपराध होइन, लोकतन्त्रमा प्रश्नको जवाफ गिरफ्तारी होइन, जवाफदेहिता हो’ भन्दै सरकारसँग मागे जवाफ काठमाडौँ, कार्तिक २१ गते। सञ्चारमाध्यममाथि बढ्दो हस्तक्षेप र पत्रकारितामाथि राज्य संयन्त्रबाट भइरहेको दबाबविरुद्ध…

प्लास्टिकका फूलमाला बिक्री गर्ने पसलमा महानगरको अनुगमन, ६ हजार २८० रुपैयाँका सामग्री नष्ट

पोखरा। तिहारलाई लक्षित गर्दै पोखरा महानगरपालिकाले प्रतिबन्धित प्लास्टिकजन्य फूलमाला तथा अन्य सामग्रीको बिक्री–वितरण रोक्न बजार अनुगमनलाई तीव्रता दिएको छ। सरकारले प्लास्टिकजन्य फूलमालाको उत्पादन, आयात, बिक्री–वितरण तथा भण्डारणमा प्रतिबन्ध…

आज तिहारको दोस्रो दिन:काग तिहार, काकबलि र धन्वन्तरी जयन्ती मनाइँदै

पोखरा । तिहारको दोस्रो दिन अर्थात् कात्तिक २१ गते आज काग तिहार, काकबलि तथा धन्वन्तरी जयन्ती मनाइँदैछ। यमपञ्चकको दोस्रो दिन कागलाई यमराजको दूतका रूपमा पूजा गर्ने परम्परा छ।…