98Shares

पोखरा भ्यूज
पोखरा ।नेपालको पहिलो प्रजातान्त्रिक पार्टी नेपाली काँग्रेस पछिल्लो समय पार्टी नीति र सिद्धान्तबाट विचलित हुँदै गएको प्रति एक कार्यक्रमका वक्ताहरुले चिन्ता व्यक्त गरेका छन् ।

गिरिजा प्रसाद कोराला फाउन्डेसन कास्कीले सोमबार पोखरामा आयोजना गरेको स्व. गिरिजा प्रसाद कोरालाको १२ औं स्मृति सभा तथा अन्तक्रिया कार्यक्रममा बोल्ने वक्ताहरुले उक्त चिन्ता व्यक्त गरेका हुन् । उनीहरुले गुटगत राजनीतिक अभ्यासबाट नेताहरु समेत विचलनमा परेको चर्चा गरे ।

कार्यक्रममा फाउन्डेसनका गण्डकी प्रदेश सहसयोजक राजेन्द्रनिधि कोरालाले काँग्रेस पार्टीलाई गिरिजा प्रसाद कोइरालाले गरिव मजदुरको पार्टी बनाउन चाहे पनि अहिले पार्टीले गति छाडेको बताए । काँग्रेस अहिले जुन अवस्थाबाट अघि बढेपनि पार्टी स्थापनाका उद्देश्य र लक्ष्यहरुलाई आत्मसाथ गर्न सकेको उनको भनाई छ । ‘नेपालीले काँग्रेस नीतिगत सिद्धान्तबाट विचलित नभई अघि बढे मात्र काँग्रेस पार्टीलाई सच्चा प्रजातान्त्रिक र जनताको पार्टी बनाउन सकिन्छ,’ उनले भने ।

फाउन्डेसन कास्की जिल्ला संयोजक विजयराज आचार्यको सभापतित्वमा भएको कार्यक्रमा निवर्तमान जिल्ला संयोजक यादवराज अधिकारी, क्षेत्रीय संयोजकहरू वसन्त चालिसे , उमेश पराजुली, ऋषिराम आचार्य, नेपाली काँग्रेस नेतृहरू माया बराल, नम्रता बराल, काँग्रेस नेता गणेश अधिकारी, ई. विजेन्द्र के सी, चन्द्रा वाग्ले, फाउन्डेशनका सहसंयोजक मोतिराज तिमिल्सिना, सुवास सिग्देल लगायतका वक्ताहरूले नेपालको लोकतान्त्रिक आन्दोलन र शान्ति प्रक्रियामा स्व. गिरिजा प्रसा कोइरालाको नेतृत्व र व्यक्तित्वबारे चर्चा गरेका थिए ।

98Shares
© कपीराईट–यस पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected