२०८३ कार्तिक २६, बिहीबार Thursday, November 12, 2026
खबर

गण्डकी प्रदेशको ह्याण्डवल टोली उदयपुर प्रस्थान

पोखरा भ्यूज
पोखरा । गण्डकी प्रदेशको ह्याण्डवलको टोली उदयपुर प्रस्थान गरेको छ । उदयपुर जिल्ला ह्याण्डवल संघको आयोजनामा यही चैत २१ देखि २४ गतेसम्म वेलका नगरपालिकामा संचालन हुने खुल्ला राष्ट्रिय पुरुष ह्याण्डवल प्रतियोगितामा सहभागिताको लागि गण्डकी प्रदेशको टोली आइतबार उदयपुर प्रस्थान गरेको हो ।
राष्ट्रिय खेलाडी बिशाल नेपालीको कप्तानीमा उदयपुर प्रस्थान गर्नु पूर्व कास्की जिल्ला ह्याण्डवल संघले प्रदेशका खेलाडीलाई पोखरा रंगशालाबाट खादा लगायर बिधाई गर्दै सफलताको कामना गरेको छ । उक्त कार्यक्रममा नेपाल ओलम्पिक कमिटिका उपाध्यक्ष एवं गण्डकी प्रदेश खेलकुद परिषद सदस्य सचिव तेज बहादुर गुरुङले प्रशिक्षक शुभास गुरुङ सहितको टोलीलाई विधाई गर्दै आफ्नो प्रदेशको नाम उचो राख्ने गरी उच्च मनोवलका साथ खेल लेल्न आग्रह गरे । खेलमा जित हार भन्दा पनि उत्कृष्ट खेल प्रर्दशन सहित अनुसासनमा रहनु आवश्यक भएको उनको भनाई थियो । राष्ट्रिय तथा युवा खेलाडीहरुको टोलीले प्रदेशको प्रतिनिधित्व गरेको संघका अध्यक्ष चित्र थापाले बताए ।
टोलीमा राष्ट्रिय खेलाडीहरु दिनेश श्रेष्ठ,  तारा केसी र पवन छन्त्याल सहित ४ जना रहेका छन्। त्यसै गरी दिपेश बुढाथोकी, निकेस गुरुङ,मनिस घर्ति, अतित गुरुङ, कुसल गुरुङ, चन्द्र केसी, सुदिप गुरुङ र सविन गुरुङ रहेका छन्। टोलीको व्यबस्थापकमा भने याम गुरुङ रहेको संघका सचिव टेक बहादुर गुरुङले जनाए । यसैचिब नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीका नवनिर्वाचित अध्यक्ष दीननाथ बराललाई उक्त अवसरमा खादा लगायर कार्यकालको सफलताको कामना समेत गरिएको संघले जनाएको छ । बराल ह्याण्डवल संघमा समेत आबद्ध छन्।

Read more

तिहारको चौथो दिन:गोवर्द्धन, गोरु र हलीको पूजा गरी मनाइँदै तिहार

पोखरा, कात्तिक २३ गते । यमपञ्चक अर्थात् तिहारको चौथो दिन आज गोवर्द्धन पर्वत, बलि राजा, गोरु र हलीको पूजाआजा गरी मनाइँदै छ। कात्तिक शुक्ल प्रतिपदाका दिन गाईको गोबरबाट…

आज लक्ष्मीपूजा गरिँदै, घरघरमा दीपावलीको तयारी

पोखरा । यमपञ्चक अर्थात् तिहारको तेस्रो दिन आज धनधान्य, ऐश्वर्य र समृद्धिकी देवी लक्ष्मीको पूजा आराधना गरी लक्ष्मीपूजा पर्व मनाइँदैछ । लक्ष्मीलाई घरमा भित्र्याउने धार्मिक विश्वासका साथ बिहानैदेखि…

विश्वकर्मा समाज कास्की महिला समितिद्वारा तिहारको शुभकामना आदानप्रदान

पोखरा। विश्वकर्मा समाज केन्द्रीय कार्यालय कास्की महिला समितिको आयोजनामा दीपावली तथा तिहार २०८३ को अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ। समाजको आफ्नै भवन रामबजारस्थित अलकापुरमा आयोजित कार्यक्रममा…

प्रेस स्वतन्त्रताको पक्षमा युवाहरूको ऐक्यबद्धता : कालो पोसाकमा माइतीघरमा प्रदर्शन

‘ पत्रकारिता अपराध होइन, लोकतन्त्रमा प्रश्नको जवाफ गिरफ्तारी होइन, जवाफदेहिता हो’ भन्दै सरकारसँग मागे जवाफ काठमाडौँ, कार्तिक २१ गते। सञ्चारमाध्यममाथि बढ्दो हस्तक्षेप र पत्रकारितामाथि राज्य संयन्त्रबाट भइरहेको दबाबविरुद्ध…

प्लास्टिकका फूलमाला बिक्री गर्ने पसलमा महानगरको अनुगमन, ६ हजार २८० रुपैयाँका सामग्री नष्ट

पोखरा। तिहारलाई लक्षित गर्दै पोखरा महानगरपालिकाले प्रतिबन्धित प्लास्टिकजन्य फूलमाला तथा अन्य सामग्रीको बिक्री–वितरण रोक्न बजार अनुगमनलाई तीव्रता दिएको छ। सरकारले प्लास्टिकजन्य फूलमालाको उत्पादन, आयात, बिक्री–वितरण तथा भण्डारणमा प्रतिबन्ध…

आज तिहारको दोस्रो दिन:काग तिहार, काकबलि र धन्वन्तरी जयन्ती मनाइँदै

पोखरा । तिहारको दोस्रो दिन अर्थात् कात्तिक २१ गते आज काग तिहार, काकबलि तथा धन्वन्तरी जयन्ती मनाइँदैछ। यमपञ्चकको दोस्रो दिन कागलाई यमराजको दूतका रूपमा पूजा गर्ने परम्परा छ।…