२०८३ कार्तिक २६, बिहीबार Thursday, November 12, 2026
खबर

लायन्स डिष्ट्रिक्ट ३२५ आई नेपालमा क्याविनेटले पूर्णता पायो

पोखरा भ्यूज

पोखरा । लायन्स डिष्ट्रिक्ट ३२५ आई नेपालले नयाँ नेतृत्व पाए सँगै लायन बर्ष २०२२/२३ ले पनि पूर्णता पाएको छ ।

लायन्स डिष्ट्रिक्ट ३२५ बि१ नेपालको दशौं महाधिबेशन सम्पन्न पश्चात डिष्ट्रिक्ट बाईफर्गेसन पछि बनेको डिष्ट्रिक्ट ३२५आई को लायन बर्ष २०२२/२३ का लागि डिष्ट्रिक्ट गभर्नर पदमा रामबहादुर बसेल, प्रथम भाइस डिष्ट्रिक्ट गभर्नरमा चन्द्र कुमार के सी र द्वितीय भाइस गभर्नर पदमा बिनोद ढुङगानालाई सर्वसम्मत निर्वाचित गरेको थियो।

शुक्रवार इलेक्ट डिष्ट्रिक्ट गभर्नर राम बसेलले लायनबर्ष २०२२/२३ मा आफ्नो क्याविनेटमा अत्यन्तै नजिक रहेर काम गर्नको लागि विभिन्न ५ सय १२ पदमा मनोनयन गर्नु भएको छ । उहाँले डिष्ट्रिक्टको महत्वपूर्ण पद क्याविनेट सेक्रेटरीमा हरिराज पन्त, ट्रेजररमा सूर्यनारायण बराल, चिफ एडभाइजरमा पार्वती खरेल, पिआरओ इन चिफमा सूर्य कुमार केसी र डिष्ट्रिक्ट एडमिनिट्रेटरमा शैलेन्द्र मोहन भट्टराईलाई मनोनयन गर्नु भएको हो ।

यसैगरी, आगामी बर्षको क्याविनेट बिस्तार तथा जिम्मेवारी प्रति प्रतिवद्धता जनाउन आयोजित कार्यक्रममा गभर्नर बसेलले अन्य पदहरुमा लायन्सको बिधान अनुसार क्रमश डिष्ट्रिक्ट को–अर्डिनेटर २० जना, डिष्ट्रिक्ट चिफमा १२ जना, एसिस्टेन्ट चिफ एडभाईजरमा ५ जना, डिपार्टमेन्ट चिफ २४ जनालाई मनोनयनमा पर्नु भएको छ ।

त्यस्तै, सिनियर एडभाईजर, एसिस्टेन्ट चिफ एडभाईजर, डिपार्टमेन्ट चिफ, सिनियर एडभाइजर, सिनियर एओजी, एडभाईज़र, एओजी, पिआरओ, रिजन चेयरपर्सन, डिपार्टमेन्ट अफिसर, जोन चेयरपर्सन र डिष्ट्रिक्ट चेयरपर्सन लगायतका पदहरुमा पनि गभर्नर बसेलले मनोनित गर्नुभएको छ ।

कार्यक्रममा आफ्ना भाबी कार्यक्रम र रणनितीका बारेमा बोल्दै इलेक्ट गभर्नर बसेलले आफ्नो कार्यकालको स्लोगन (‘आई विलिभ इन टिमवर्क’) ‘म टिमवर्कमा विश्वास गर्छु’ कार्यक्रम लञ्च गर्नुभएको छ । वहाँले स्लोगनको मर्म र भावना अनुसार सम्पुर्ण लायनहरुले आफुलाई समाज सेवाका लगि बिशिष्ठ खालका सामाजिक  कार्यहरुमा लगाउन आग्रह गर्नु भयो ।

बसेलले डिष्ट्रिक्ट ३२५ आई रिडिष्ट्रिक्टीङ पछिको पहिलो कार्यकाल भएकाले पहिलो प्राथमिकता जग बलियो बनाउन केन्द्रित हुने बताउनु भयो । कमजोर क्लबलाई विशेष ध्यान दिएर बलियो बनाउने, क्लब सदस्यहरूलाई आजिवन सदस्य बनाई पर्मानेन्ट क्लब बनाउन पहल गर्ने उहाँको भनाई रहेको थियो । उहाँका अनुसार काठमाँड़ौ र पोखरामा डिष्ट्रिक्टको स्थायी सचिवालय बनाउन आवश्यक पहल गर्ने, ईमरजेन्सी फण्ड स्थापना गर्ने, लिड़रशिप, फेलोसिप र सामाजिक सेवाका कार्यमा जोड़ दिने लगायत पूर्व डिष्ट्रिक्ट गर्भनरहरुले अघि सारेका महत्वपूर्ण कार्यक्रमहरुलाई निरन्तरता दिने, डिष्ट्रिक्ट ३२५ आई लाई उत्कृष्ट डिष्ट्रिक्टका रूपमा स्थापित गराई गतिवान र सक्रिय बनाउनका लागि क्लबहरुलाई बलियो बनाउने समेतका योजना प्राथमिकतामा राखिएको जनाउ दिनु भएको थियो ।

कार्यक्रममा लायन्सका मल्टीपल काउन्सिल चेयरपर्सन मनबहादुर रोका, लायन्स डिष्ट्रिक्ट ३२५ बि१ नेपालका डिष्ट्रिक्ट गभर्नर विश्वेश्वर आचार्य, पूर्व मल्टीपल काउन्सिल चेयरपर्सन राजन लम्साल, पूर्व डिष्ट्रक्ट गर्भनर ईन्दु लम्सालले गभर्नर बसेल र वहाँको टीमलाई आगामी कार्यकालका लागि हातेमालो गरि सहयोग गर्न सम्पूर्ण लायन्स लिडरहरुलाई आग्रह गर्दै कार्यकाललाई उत्कृस्ट वनाउन आव्हान गर्नुभएको थियो ।

कार्यक्रममा इलेक्ट प्रथम भाईस डिष्ट्रिक्ट गभर्नर चन्द्रकुमार केसी र द्वित्तिय भाईस डिष्ट्रिक्ट गभर्नर बिनोद ढुङगानाले इलेक्ट गभर्नरले आफ़नो क्याविनेटमा नजिक रहेर काम गर्नका लागि योग्यता क्षमता हेरेर मनोनयन गर्नुभएको छ, योग्यता र क्षमताको भरपूर सदुपयोग गर्दै आफ़नो ज़िम्मेवारी पूरा गर्नु हुनेछ भन्नेमा गभर्नर टिम विश्वस्त रहेको बताउनु भयो ।

लायन्स अन्तरराष्ट्रियले स्वास्थ्य, शिक्षा, वातावरण, जनचेतना अभिबृद्धी, सामाजीक जागरण ल्याउने खालका कार्ययोजनाहरु सञ्चालन गर्दै आईरहेको छ ।

बिश्वका २१२ मुलुकमा संगठन बिस्तार गरिसकेको बिश्वको सबैभन्दा ठूलो सामाजीक संस्थाको रुपमा स्थापित लायन्सको संस्थापक अमेरिकन नागरिक मेल्भिन जोन्स हुन । उनले सन १९१७ मा अमेरिकाको टेक्सासमा सुरुवात गरेका थिए भने नेपालमा पुर्ब प्रधानमन्त्री मात्रिकाप्रसाद कोइरालाले सन् १९७१ मा आफनै अध्यक्षतामा लायन्स क्लव अफ बिराटनगरको स्थापना गरेका थिए । निस्वार्थ मानबिय सेवा गर्ने उद्देश्यले स्थापना भएको विश्वको सबैभन्दा ठूलो सामाजिक संस्था लायन्समा विश्वभर १४ लाख बढी र नेपालमा करिब पचास हजारको हाराहारीमा लायन्स सदस्यहरु आवद्व रहेका छन ।

Read more

तिहारको चौथो दिन:गोवर्द्धन, गोरु र हलीको पूजा गरी मनाइँदै तिहार

पोखरा, कात्तिक २३ गते । यमपञ्चक अर्थात् तिहारको चौथो दिन आज गोवर्द्धन पर्वत, बलि राजा, गोरु र हलीको पूजाआजा गरी मनाइँदै छ। कात्तिक शुक्ल प्रतिपदाका दिन गाईको गोबरबाट…

आज लक्ष्मीपूजा गरिँदै, घरघरमा दीपावलीको तयारी

पोखरा । यमपञ्चक अर्थात् तिहारको तेस्रो दिन आज धनधान्य, ऐश्वर्य र समृद्धिकी देवी लक्ष्मीको पूजा आराधना गरी लक्ष्मीपूजा पर्व मनाइँदैछ । लक्ष्मीलाई घरमा भित्र्याउने धार्मिक विश्वासका साथ बिहानैदेखि…

विश्वकर्मा समाज कास्की महिला समितिद्वारा तिहारको शुभकामना आदानप्रदान

पोखरा। विश्वकर्मा समाज केन्द्रीय कार्यालय कास्की महिला समितिको आयोजनामा दीपावली तथा तिहार २०८३ को अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ। समाजको आफ्नै भवन रामबजारस्थित अलकापुरमा आयोजित कार्यक्रममा…

प्रेस स्वतन्त्रताको पक्षमा युवाहरूको ऐक्यबद्धता : कालो पोसाकमा माइतीघरमा प्रदर्शन

‘ पत्रकारिता अपराध होइन, लोकतन्त्रमा प्रश्नको जवाफ गिरफ्तारी होइन, जवाफदेहिता हो’ भन्दै सरकारसँग मागे जवाफ काठमाडौँ, कार्तिक २१ गते। सञ्चारमाध्यममाथि बढ्दो हस्तक्षेप र पत्रकारितामाथि राज्य संयन्त्रबाट भइरहेको दबाबविरुद्ध…

प्लास्टिकका फूलमाला बिक्री गर्ने पसलमा महानगरको अनुगमन, ६ हजार २८० रुपैयाँका सामग्री नष्ट

पोखरा। तिहारलाई लक्षित गर्दै पोखरा महानगरपालिकाले प्रतिबन्धित प्लास्टिकजन्य फूलमाला तथा अन्य सामग्रीको बिक्री–वितरण रोक्न बजार अनुगमनलाई तीव्रता दिएको छ। सरकारले प्लास्टिकजन्य फूलमालाको उत्पादन, आयात, बिक्री–वितरण तथा भण्डारणमा प्रतिबन्ध…

आज तिहारको दोस्रो दिन:काग तिहार, काकबलि र धन्वन्तरी जयन्ती मनाइँदै

पोखरा । तिहारको दोस्रो दिन अर्थात् कात्तिक २१ गते आज काग तिहार, काकबलि तथा धन्वन्तरी जयन्ती मनाइँदैछ। यमपञ्चकको दोस्रो दिन कागलाई यमराजको दूतका रूपमा पूजा गर्ने परम्परा छ।…