२०८३ कार्तिक २६, बिहीबार Thursday, November 12, 2026
खबर

अनुसन्धानात्मक जर्नल कौमोदकी लोकर्पण

पोखरा भ्यूज

पोखरा, ३० चैतः विन्दुवासिनी संस्कृत विद्यापीठ पोखराको अनुसन्धानात्मक व्यवस्थापन एकाइद्वारा प्रकाशित अनुसन्धानात्मक जर्नल ʿकौमोदकीʾ लोकार्पण गरिएको छ ।
जर्नलको विश्वविद्यालयका शिक्षाध्यक्ष भीमप्रसाद खतिवडाले मङ्गलबार एक कार्यक्रमा बीच लोकार्पण गर्नुभयो । उक्त अवसरमा उहाँले विद्यापीठको वेबसाइड प्रयोग पनि शुभारम्भ गर्नुभयो ।
कार्यक्रममा शिक्षाध्यक्ष खतिवडाले नेपाल संस्कृत विश्वविद्यालय स्थापनाको उद्देश्य अनुरुप ज्ञान विज्ञानको खोजीमा कृयाशिल विश्वविद्यालयका आङ्गिक विद्यापीठहरूले पौरस्त्य पाश्चात्य वाङ्मयको अध्ययन अध्यापनमा जोड दिइरहेको बताउनुभयो । विद्यापीठले समयको गतिसँगै अनुसन्धान विधालाई अघि बढाएको बताउँदै उहाँले यो अन्यका लागि पनि प्रेरणादायी बन्ने विश्वास व्यक्त गर्नुभयो ।
पृथ्वीनारायण क्याम्पस नेपाली विभागका प्रमुख प्रा.डा.कुशुमाकर न्यौपानेले संस्कृत वाङ्मयका ज्ञान राशिलाई विद्वानहरूले युगानुकुल रुपमा व्यवहारोपयोगि बनाउँदै लैजानुपर्ने बताउनुभयो ।
विन्दुवासिनी संस्कृत विद्यापीठका प्राचार्य डा. जगन्नाथ रेग्मीले विद्यापीठको समग्र विकास र भइरहेका प्रगतिमाथि प्रकाश पार्दै अनुसन्धानको महत्वको बोध गरी यसको निरन्तरतामा विद्यापीठको अर्जुनदृष्टि रहेको बताउनुभयो । उक्त अवसरमा जर्नलमा प्रकाशित लेखरचनाको प्रा.डा.यामबहादुर पौडेल क्षेत्री, सहप्रा. डा. लक्ष्मीशरण अधिकारी, सहप्रा.डा.काशीनाथ कंडेल, डा.सवीन्द्रराज भण्डारी, डा.भोलानारायण रेग्मीले समिक्षा गर्नुभएको थियो ।
कार्यक्रममा सहप्रा.डा.चूडामणि कंडेलले जर्नल प्रकाशन र वेबसाइड निर्माणका प्रयास र औचित्यमाथि प्रकाश पार्नुभएको थियो भने नेपाल संस्कृत विश्वविद्यालय प्राध्यापक संघका केन्द्रीय उपाध्यक्ष सहप्रा.आनन्दमणि रिजालले विद्यापीठले अनुसन्धानका क्षेत्रमा नयाँ फड्को मारेको बताउनुभयो । विद्यापीठ विकास समितिका अध्यक्ष परशुराम बराल, प्राध्यापक संघ एकाइ सभापति सहप्रा.अम्बिकाप्रसाद भट्टराई तथा अन्य वक्ताहरूले अनुसन्धानका व्यवहारिक र शास्त्रीय पक्षको सन्तुलनमा जोड दिदै प्राज्ञिक गतिविधि नै विद्यापीठको प्राण भएको धारणा राख्नुभयो । अनुसन्धान व्यवस्थापन एकाइका संयोजक प्रा.डा.शालिग्राम सुवेदीको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन एकाइका सदस्य उपप्राध्यापक प्रकाश पौडेलले गर्नुभएको थियो ।

Read more

तिहारको चौथो दिन:गोवर्द्धन, गोरु र हलीको पूजा गरी मनाइँदै तिहार

पोखरा, कात्तिक २३ गते । यमपञ्चक अर्थात् तिहारको चौथो दिन आज गोवर्द्धन पर्वत, बलि राजा, गोरु र हलीको पूजाआजा गरी मनाइँदै छ। कात्तिक शुक्ल प्रतिपदाका दिन गाईको गोबरबाट…

आज लक्ष्मीपूजा गरिँदै, घरघरमा दीपावलीको तयारी

पोखरा । यमपञ्चक अर्थात् तिहारको तेस्रो दिन आज धनधान्य, ऐश्वर्य र समृद्धिकी देवी लक्ष्मीको पूजा आराधना गरी लक्ष्मीपूजा पर्व मनाइँदैछ । लक्ष्मीलाई घरमा भित्र्याउने धार्मिक विश्वासका साथ बिहानैदेखि…

विश्वकर्मा समाज कास्की महिला समितिद्वारा तिहारको शुभकामना आदानप्रदान

पोखरा। विश्वकर्मा समाज केन्द्रीय कार्यालय कास्की महिला समितिको आयोजनामा दीपावली तथा तिहार २०८३ को अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ। समाजको आफ्नै भवन रामबजारस्थित अलकापुरमा आयोजित कार्यक्रममा…

प्रेस स्वतन्त्रताको पक्षमा युवाहरूको ऐक्यबद्धता : कालो पोसाकमा माइतीघरमा प्रदर्शन

‘ पत्रकारिता अपराध होइन, लोकतन्त्रमा प्रश्नको जवाफ गिरफ्तारी होइन, जवाफदेहिता हो’ भन्दै सरकारसँग मागे जवाफ काठमाडौँ, कार्तिक २१ गते। सञ्चारमाध्यममाथि बढ्दो हस्तक्षेप र पत्रकारितामाथि राज्य संयन्त्रबाट भइरहेको दबाबविरुद्ध…

प्लास्टिकका फूलमाला बिक्री गर्ने पसलमा महानगरको अनुगमन, ६ हजार २८० रुपैयाँका सामग्री नष्ट

पोखरा। तिहारलाई लक्षित गर्दै पोखरा महानगरपालिकाले प्रतिबन्धित प्लास्टिकजन्य फूलमाला तथा अन्य सामग्रीको बिक्री–वितरण रोक्न बजार अनुगमनलाई तीव्रता दिएको छ। सरकारले प्लास्टिकजन्य फूलमालाको उत्पादन, आयात, बिक्री–वितरण तथा भण्डारणमा प्रतिबन्ध…

आज तिहारको दोस्रो दिन:काग तिहार, काकबलि र धन्वन्तरी जयन्ती मनाइँदै

पोखरा । तिहारको दोस्रो दिन अर्थात् कात्तिक २१ गते आज काग तिहार, काकबलि तथा धन्वन्तरी जयन्ती मनाइँदैछ। यमपञ्चकको दोस्रो दिन कागलाई यमराजको दूतका रूपमा पूजा गर्ने परम्परा छ।…