२०८३ कार्तिक २६, बिहीबार Thursday, November 12, 2026
खबर

चिमखोले काइँलाद्धारा पिएन क्याम्पस नेपाली विभागलाई पुस्तक तथा प्रोजेक्टर हस्तान्तरण

पोखरा भ्यूज

पोखरा । वेलायत निवासी दुधबहादुर पुन (चिमखोले काइँला) ले पृथ्वीनारायण क्याम्पस नेपाली विभागलाई पुस्तक तथा प्रोजेक्टर हस्तान्तरण गरेका छन् ।
म्याग्दीको रघुगंगा गाउँपालिका ७ चिमखोलामा जन्म भई कामको शिलशिलामा वेलायत पुगेका लेखक, गीतकार, निर्देशक तथा कवि समेत रहेका चिमखोले काइँलाले चिमखोले काँइला अक्षयकोष मार्फत विभिन्न ८ विधाका एक दर्जन पुस्तक हस्तान्तरणका साथै प्रोजेक्टर प्रदान गरेका हुन् ।

आफुले एसएलसी पश्चात पृथ्वीनारायण क्याम्पसमा पढ्ने इच्छा हुदाँहुदैँ पनि गरिबिका कारण गाउँमै थन्किनुपर्ने बाध्यता र पछि लाहुरे भएको सुनाउँदै शिक्षाकै क्षेत्रमा काम गर्नका लागि अक्षयकोषको स्थापना गरेको बताए । उनले म्याग्दी जिल्ला शिक्षाको हिसाबले निकै पछि परेको तर, आफुमा पढ्ने रहर भएकाले विदेशमा गएर पनि जागिरको साथै शिक्षालाई समेत अघि बढाएको सुनाए । उनले आफु पढ्न नपाएपनि पढ्न चाहेको क्याम्पसमा सहयोग गर्न पाउँदा निकै खुसी लागेको बताए ।


पृथ्वीनारायण क्याम्पस सहायक क्याम्पस प्रमुख प्रा.डा. लालबहादुर कुँवरले पुस्तक हस्तान्तरण गर्नु पुण्यको काम भएको बताए । उनले नेपाली विभागमा नयाँ प्रमुख आएसंगै परिवर्तन आएको सुनाए ।
नेपाली विभाग प्रमुख डा. कुसुमाकर न्यौपानेले चिमखोले काँइला प्रेरणाको स्रोत रहेको सुनाए । उनले सहयोग गर्नु सामान्य कुरा नरहेकाले उनले लिखित पुस्तकले विद्यार्थीलाई थप शिक्षा मिल्ने बताए ।
चिमखोले काइँलाले कविता संग्रह, गीति एल्बम्, चलचित्र, कथा गरी एक दर्जन बढि कृतिहरु लेखिसकेका छन् ।

Read more

तिहारको चौथो दिन:गोवर्द्धन, गोरु र हलीको पूजा गरी मनाइँदै तिहार

पोखरा, कात्तिक २३ गते । यमपञ्चक अर्थात् तिहारको चौथो दिन आज गोवर्द्धन पर्वत, बलि राजा, गोरु र हलीको पूजाआजा गरी मनाइँदै छ। कात्तिक शुक्ल प्रतिपदाका दिन गाईको गोबरबाट…

आज लक्ष्मीपूजा गरिँदै, घरघरमा दीपावलीको तयारी

पोखरा । यमपञ्चक अर्थात् तिहारको तेस्रो दिन आज धनधान्य, ऐश्वर्य र समृद्धिकी देवी लक्ष्मीको पूजा आराधना गरी लक्ष्मीपूजा पर्व मनाइँदैछ । लक्ष्मीलाई घरमा भित्र्याउने धार्मिक विश्वासका साथ बिहानैदेखि…

विश्वकर्मा समाज कास्की महिला समितिद्वारा तिहारको शुभकामना आदानप्रदान

पोखरा। विश्वकर्मा समाज केन्द्रीय कार्यालय कास्की महिला समितिको आयोजनामा दीपावली तथा तिहार २०८३ को अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ। समाजको आफ्नै भवन रामबजारस्थित अलकापुरमा आयोजित कार्यक्रममा…

प्रेस स्वतन्त्रताको पक्षमा युवाहरूको ऐक्यबद्धता : कालो पोसाकमा माइतीघरमा प्रदर्शन

‘ पत्रकारिता अपराध होइन, लोकतन्त्रमा प्रश्नको जवाफ गिरफ्तारी होइन, जवाफदेहिता हो’ भन्दै सरकारसँग मागे जवाफ काठमाडौँ, कार्तिक २१ गते। सञ्चारमाध्यममाथि बढ्दो हस्तक्षेप र पत्रकारितामाथि राज्य संयन्त्रबाट भइरहेको दबाबविरुद्ध…

प्लास्टिकका फूलमाला बिक्री गर्ने पसलमा महानगरको अनुगमन, ६ हजार २८० रुपैयाँका सामग्री नष्ट

पोखरा। तिहारलाई लक्षित गर्दै पोखरा महानगरपालिकाले प्रतिबन्धित प्लास्टिकजन्य फूलमाला तथा अन्य सामग्रीको बिक्री–वितरण रोक्न बजार अनुगमनलाई तीव्रता दिएको छ। सरकारले प्लास्टिकजन्य फूलमालाको उत्पादन, आयात, बिक्री–वितरण तथा भण्डारणमा प्रतिबन्ध…

आज तिहारको दोस्रो दिन:काग तिहार, काकबलि र धन्वन्तरी जयन्ती मनाइँदै

पोखरा । तिहारको दोस्रो दिन अर्थात् कात्तिक २१ गते आज काग तिहार, काकबलि तथा धन्वन्तरी जयन्ती मनाइँदैछ। यमपञ्चकको दोस्रो दिन कागलाई यमराजको दूतका रूपमा पूजा गर्ने परम्परा छ।…