26Shares

पोखरा भ्यूज
पोखरा । आगामी स्थानीय तहको निर्वाचनका लागि पोखराको उपमेयरमा नेपाली काँग्रेस गण्डकीबाट १० जनाको नाम सिफारिस भएको छ ।
प्रदेश सभापति शुक्रराज शर्माको अध्यक्षतामा सम्पन्न पदाधिकारीको बैठकले सो निर्णय गरेको हो ।
सिफारिस हुनेमा माया बराल कार्की, लक्ष्मी पाण्डे क्षेत्री, आनन्दी राणा कार्की, रंगीला आचार्य, टीकाकुमारी गुरुङ, दीपक मल्ल, मिलन थापा, चिनु गुरुङ, गोविन्द नेपाली र शिव केसी रहेका छन ।
उक्त नामहरु नेपाली काँग्रेस पोखरा महानगर समितिले पठाएकोमा नेपाली काङ्ग्रेस गण्डकीले जस्ताकोतस्तै केन्द्रमा पठाएको पाटीका प्रचार विभाग प्रमुख रमेश पौडेलले जानकारी दिए ।
त्यसै गरी महानगरले नेपाली काँग्रेसको तर्फबाट मेयरका लागि १८ जनाको नाम सिफारिस गरेको थियो तर गठबन्धन दल भित्रको समाजवादीलाई मेयर पद परेपछि उपमेयरका लागि भने काङ्ग्रेस भित्र रस्साकसी शुरु भएको छ ।

26Shares
© कपीराईट–यस पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected