२०८३ कार्तिक २७, शुक्रबार Friday, November 13, 2026
खबर

वडाध्यक्ष अधिकारीद्वारा पदभार ग्रहणसँगै लक्षित वर्गको निशुल्क स्वास्थ्य विमा गर्ने निर्णय

पोखरा भ्यूज

अन्नपूर्ण, कास्की । अन्नपूर्ण गाउँपालिका वडा नं १ का नवनिर्वाचित वडा अध्यक्ष तुलसी प्रसाद अधिकारीले पदभार समालेका छन् । सोमवार सपथ खाएका पालिकाका सबै निर्वाचित वडा अध्यक्षहरुले सोमबार नै वडा कार्यालय पुगि जिम्मेवारी समालेका हुन् ।

नवनिर्वाचित वडा अध्यक्ष अधिकारीले वडाका बिपन्न र निम्न आयआर्जन भएका वडावासीको लागि स्वास्थ्य विमा गर्न आफुले प्राप्त गर्ने सेवा सुविधाको केहि रकमबाट वडा अध्यक्ष कोष बनाई सो कोषबाट ५० प्रतिशत रकम व्यहोरी निशुल्क विमा गर्ने निर्णय गरेका छन । अन्नपूर्ण गाउँपालिकाले पालिकाका सबै घरपरिवारको स्वास्थ्य बिमा गर्दा लाग्ने शुल्कको ५० प्रतिशत रकम बेहोर्ने निर्णय गरे सँगै वडाले लक्षित समुदायको लागि मात्र सो निर्णय गरिएको वडाध्यक्ष अधिकारीले बताए ।

स्थानीय तहको निर्वाचनमा नेकपा एमालेको तर्फबाट बिजयी भएका अधिकारीले पदबहाली गर्दे पहिलो निर्णय गरेका हुन । त्यस्तै सोही क़ोषबाट बच्चा जन्मेको ३५ दिनभित्र जन्मदर्ता गर्न आउने सुत्केरी महिलालाई एक हजार प्रदान गर्ने निर्णय समेत गरेको छ ।

त्यस्तै, सेवाग्राहीको सेवालाई सर्वोपरि मानी सेवाग्राहीको समस्यालाई मध्यनजर गरि वडाका प्रत्येक टोलमा सुचना बोर्ड तथा गुनासो पेटिका राख्ने सोच बनाईएको छ, उनले भने ।

वडाको समग्र विकास गर्ने प्रतिबद्धता अनुसार सोको कार्यान्वय र जनताको माग र आवश्यकताको आधारमा काम गर्ने अधिकारीले जनाए ।

गत निर्वाचनमा नेपाली काँग्रेसले जितेको वडामा यो पटक नेकपा एमालेले जितेको हो । निर्वाचित अधिकारीले कार्यभार समालेसंगै निवर्तमान वडा अध्यक्ष भरतजंग कुँवरलाई बिदाई गरिएको छ ।

साथै, उनले बैशाख ३० गते सम्पन्न भएको स्थानीय निर्वाचनमा वडाध्यक्ष पदमा विजयी गराउनु हुने सम्पूर्ण मतदाताहरूलाई सामाजिक संजाल मार्फ़त आभार सहित धन्यवाद समेत व्यक्त गरेका छन ।

Read more

पोखरामा मंसिर ५ र ६ गते कांग्रेस गण्डकीको दोस्रो अधिवेशन, देउवाले उद्घाटन गर्ने

१ हजार ६ सयभन्दा बढी प्रतिनिधि सहभागी हुँदै, अधिवेशनका लागि २५ लाख खर्च अनुमान पोखरा, कात्तिक २७ । नेपाली कांग्रेसको नियमित १५औँ महाधिवेशनअन्तर्गत गण्डकी प्रदेशको दोस्रो अधिवेशन आगामी…

तिहारको चौथो दिन:गोवर्द्धन, गोरु र हलीको पूजा गरी मनाइँदै तिहार

पोखरा, कात्तिक २३ गते । यमपञ्चक अर्थात् तिहारको चौथो दिन आज गोवर्द्धन पर्वत, बलि राजा, गोरु र हलीको पूजाआजा गरी मनाइँदै छ। कात्तिक शुक्ल प्रतिपदाका दिन गाईको गोबरबाट…

आज लक्ष्मीपूजा गरिँदै, घरघरमा दीपावलीको तयारी

पोखरा । यमपञ्चक अर्थात् तिहारको तेस्रो दिन आज धनधान्य, ऐश्वर्य र समृद्धिकी देवी लक्ष्मीको पूजा आराधना गरी लक्ष्मीपूजा पर्व मनाइँदैछ । लक्ष्मीलाई घरमा भित्र्याउने धार्मिक विश्वासका साथ बिहानैदेखि…

विश्वकर्मा समाज कास्की महिला समितिद्वारा तिहारको शुभकामना आदानप्रदान

पोखरा। विश्वकर्मा समाज केन्द्रीय कार्यालय कास्की महिला समितिको आयोजनामा दीपावली तथा तिहार २०८३ को अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ। समाजको आफ्नै भवन रामबजारस्थित अलकापुरमा आयोजित कार्यक्रममा…

प्रेस स्वतन्त्रताको पक्षमा युवाहरूको ऐक्यबद्धता : कालो पोसाकमा माइतीघरमा प्रदर्शन

‘ पत्रकारिता अपराध होइन, लोकतन्त्रमा प्रश्नको जवाफ गिरफ्तारी होइन, जवाफदेहिता हो’ भन्दै सरकारसँग मागे जवाफ काठमाडौँ, कार्तिक २१ गते। सञ्चारमाध्यममाथि बढ्दो हस्तक्षेप र पत्रकारितामाथि राज्य संयन्त्रबाट भइरहेको दबाबविरुद्ध…

प्लास्टिकका फूलमाला बिक्री गर्ने पसलमा महानगरको अनुगमन, ६ हजार २८० रुपैयाँका सामग्री नष्ट

पोखरा। तिहारलाई लक्षित गर्दै पोखरा महानगरपालिकाले प्रतिबन्धित प्लास्टिकजन्य फूलमाला तथा अन्य सामग्रीको बिक्री–वितरण रोक्न बजार अनुगमनलाई तीव्रता दिएको छ। सरकारले प्लास्टिकजन्य फूलमालाको उत्पादन, आयात, बिक्री–वितरण तथा भण्डारणमा प्रतिबन्ध…