२०८३ कार्तिक २७, शुक्रबार Friday, November 13, 2026
खबर

आचार्य बने पोखराको १५औं मेयर

पोखरा भ्यूज

पोखरा । पोखरा महानगरपालिकाको १५औं मेयरमा नेकपा एकीकृत समाजवादीका धनराज आचार्य विजयी भएका छन् । त्यस्तै, उपमेयरमा नेकपा एमालेकी उम्मेदवार मञ्जुदेवी गुरुङ विजयी भएकी छन ।

आचार्य नेकपा एमालेका उम्मेदवार कृष्ण थापालाई ६ हजार ४५ मतान्तरले पराजित गर्दै विजयी भएका हुन । नेकपा एकीकृत समाजवादीका उम्मेदवार आचार्यले ५८ हजार ८ सय ९३ मत प्राप्त गर्दा उनका निकटम प्रतिष्पर्धी नेकपा एमालेका कृष्ण थापाले ५२ हजार ८ सय ४८ मत प्राप्त गरेका छन् ।

मेयर पदमा राप्रपाका शंकर खरालले ५ हजार ६ सय ७४ मत प्राप्त गरेका छन् भने स्वतन्त्र उम्मेदवारीदिएका अटेरी उम्मेदवार गनेस पौडेलले ३ हजार ३० मत प्राप्त गरे ।

पोखराका ३३ वटा वडामध्ये २३ वटा वडामा नेपाली काँग्रेस विजयी भएको छ भने ९ वटा वडामा नेकपा एमाले र१ वडामा स्वतन्त्र विजयी भएका छन । २०७४ को स्थानीय तह निर्वाचनमा पोखरामा एमालेले मेयरउपमेयरसहित २२ वटा वडामा निर्वाचित भएको थियो।

पोखराका ३३ वडाबाट निर्वाचित वडाध्यक्षहरू

पोखरा–१: साहरा प्रधान (एमाले)

पोखरा–२: दिवसमान प्रधानांग (काङ्ग्रेस)

पोखरा–३: प्रकाश उदास (काङ्ग्रेस)

पोखरा–४: देवकृष्ण पराजुली (काङ्ग्रेस)

पोखरा–५: विष्णु प्रसाद बराल (एमाले)

पोखरा–६: विष्णु बहादुर भट्टराई (एमाले)

पोखरा–७: राम मोहन आचार्य  (काङ्ग्रेस)

पोखरा–८: रुद्र बराल  (एमाले)

पोखरा–९: दीपेन्द्र मर्सानी (काङ्ग्रेस)

पोखरा–१०: राजेश गुरूङ(काङ्ग्रेस)

पोखरा–११: प्रेमप्रसाद कर्माचार्य (काङ्ग्रेस)

पोखरा–१२: सन्तोष बास्तोला (काङ्ग्रेस)

पोखरा–१३: किरण बराल (काङ्ग्रेस)

पोखरा–१४: बोधराज कार्की (काङ्ग्रेस)

पोखरा–१५: तोरण बाँनिया  (एमाले)

पोखरा–१६: अमृत शर्मा तिमिल्सिना (काङ्ग्रेस)

पोखरा–१७: राधिका शाही योगी(एमाले)

पोखरा–१८: शिव तिमिल्सिना (काङ्ग्रेस)

पोखरा–१९: पुष्पेन्द्र पाण्डे (काङ्ग्रेस)

पोखरा–२०: गंगाबहादुर के सी  (एमाले)

पोखरा–२१: दीपक सुवेदी(एमाले)

पोखरा–२२: हिमलाल बराल(स्वतन्त्र)

पोखरा–२३: रामकाजी गुरूङ (काङ्ग्रेस)

पोखरा–२४: भरत अधिकारी (काङ्ग्रेस)

पोखरा–२५: मोतीलाल तिमिल्सिना (काङ्ग्रेस)

पोखरा–२६: नरेन्द्र थापा (काङ्ग्रेस)

पोखरा–२७: पूर्णबहादुर गुरूङ(काङ्ग्रेस)

पोखरा–२८: श्रीकृष्ण लामिछाने(काङ्ग्रेस)

पोखरा–२९: श्रीप्रसाद गुरूङ(एमाले)

पोखरा–३०: दुर्गाप्रसाद सुवेदी (काङ्ग्रेस)

पोखरा–३१: झम्कनाथ कँडेल (काङ्ग्रेस)

पोखरा–३२: अज्कल बहादुर कार्की (काङ्ग्रेस)

पोखरा–३३: रामचन्द्र अधिकारी (काङ्ग्रेस)

 

Read more

पोखरामा मंसिर ५ र ६ गते कांग्रेस गण्डकीको दोस्रो अधिवेशन, देउवाले उद्घाटन गर्ने

१ हजार ६ सयभन्दा बढी प्रतिनिधि सहभागी हुँदै, अधिवेशनका लागि २५ लाख खर्च अनुमान पोखरा, कात्तिक २७ । नेपाली कांग्रेसको नियमित १५औँ महाधिवेशनअन्तर्गत गण्डकी प्रदेशको दोस्रो अधिवेशन आगामी…

तिहारको चौथो दिन:गोवर्द्धन, गोरु र हलीको पूजा गरी मनाइँदै तिहार

पोखरा, कात्तिक २३ गते । यमपञ्चक अर्थात् तिहारको चौथो दिन आज गोवर्द्धन पर्वत, बलि राजा, गोरु र हलीको पूजाआजा गरी मनाइँदै छ। कात्तिक शुक्ल प्रतिपदाका दिन गाईको गोबरबाट…

आज लक्ष्मीपूजा गरिँदै, घरघरमा दीपावलीको तयारी

पोखरा । यमपञ्चक अर्थात् तिहारको तेस्रो दिन आज धनधान्य, ऐश्वर्य र समृद्धिकी देवी लक्ष्मीको पूजा आराधना गरी लक्ष्मीपूजा पर्व मनाइँदैछ । लक्ष्मीलाई घरमा भित्र्याउने धार्मिक विश्वासका साथ बिहानैदेखि…

विश्वकर्मा समाज कास्की महिला समितिद्वारा तिहारको शुभकामना आदानप्रदान

पोखरा। विश्वकर्मा समाज केन्द्रीय कार्यालय कास्की महिला समितिको आयोजनामा दीपावली तथा तिहार २०८३ को अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ। समाजको आफ्नै भवन रामबजारस्थित अलकापुरमा आयोजित कार्यक्रममा…

प्रेस स्वतन्त्रताको पक्षमा युवाहरूको ऐक्यबद्धता : कालो पोसाकमा माइतीघरमा प्रदर्शन

‘ पत्रकारिता अपराध होइन, लोकतन्त्रमा प्रश्नको जवाफ गिरफ्तारी होइन, जवाफदेहिता हो’ भन्दै सरकारसँग मागे जवाफ काठमाडौँ, कार्तिक २१ गते। सञ्चारमाध्यममाथि बढ्दो हस्तक्षेप र पत्रकारितामाथि राज्य संयन्त्रबाट भइरहेको दबाबविरुद्ध…

प्लास्टिकका फूलमाला बिक्री गर्ने पसलमा महानगरको अनुगमन, ६ हजार २८० रुपैयाँका सामग्री नष्ट

पोखरा। तिहारलाई लक्षित गर्दै पोखरा महानगरपालिकाले प्रतिबन्धित प्लास्टिकजन्य फूलमाला तथा अन्य सामग्रीको बिक्री–वितरण रोक्न बजार अनुगमनलाई तीव्रता दिएको छ। सरकारले प्लास्टिकजन्य फूलमालाको उत्पादन, आयात, बिक्री–वितरण तथा भण्डारणमा प्रतिबन्ध…