2Shares

पोखरा भ्यूज
पोखरा । पोखराको काजिपोखरी स्थित कालिका वहुमुख क्याम्पसले मंगलबार संयुक्त अधिराज्य ‘यूके’ को ओएटीएस एकेडेमीको सहयोगमा ११ औँ अन्तर्राष्ट्रिय कन्फ्रेन्सको आयोजना गरेको छ। कालिका बहुमुख क्याम्पस ओटीएस एकेडेमीको स्थानीय पार्टनर समेत हो ।

एकेडेमीका अध्यक्ष प्रा.डा.यूजेनिया विकेन्सले कालिका वहुमुखी क्याम्पसलाई एकेडेमीको स्थानीय पार्टनरमा अनुवन्ध गराउन पाउँदा खुशी लागेको बताइन् । उनले आगमी दिनमा क्याम्पससँगको सहकार्यलाई निरन्तरता दिने प्रतिवद्धता समेत व्यक्ति गरिन् ।
क्याम्पस प्रमुख विरञ्जि गौतमले ओटीएस एकेडेमी र कालिका क्याम्पसबीचको सहकार्यले क्याम्पसको शैक्षिक विकासमा सहयोग पुग्ने विश्वास व्यक्त गरे । क्याम्पस व्यवस्थापन समितिका कार्यवहाक अध्यक्ष किरण केसीको अध्यक्षतामा भएको कार्यक्रममा, उपाध्यक्ष बोधबहादुर कार्की, क्याम्पस प्रमुख विरञ्जि गौतम, पूर्व क्याम्पस प्रमुख रविन्द्र बास्तोला, व्यवस्थापन समितिका सदस्य जेवि कुँवर, गोकर्ण कार्की, सहायक क्याम्पस प्रमुख युवराज गुरुङ, शालिकराम तिमिल्सिना लगायतले सम्मेलनका लागि एकेडेमीबाट क्याम्पसमा आएका एकेडेमीका अध्यक्ष एवम् प्राध्यापकहरुलाई स्वागत गर्दै मायाको चिनो प्रदान गरेका थिए ।
सो अवसरमा प्रा.डा. रमेशराज कुँवरले पर्यटन उद्योगबाट हुने नकरात्मक पक्षलाई कम गर्दै दिगो पर्यटन विकासले देशको अर्थतन्त्रमा सुधार आउने उल्लेख गरे । प्रा.डा डायर्क रिसरले ‘दिगो पर्यटन, संस्कृति र खेल’ विषयमा कार्यपत्र प्रस्तुत गर्दै दिगो पर्यटन विकासले नेपाल जस्तो पर्यटनको सम्भावना भएको देशमा आर्थिक वृद्धिमा सहयोग पुग्ने उल्लेख गरे । कार्यक्रममा क्याम्पसका प्राध्यापक, कर्मचारी, विद्यार्थीहरुको सहभागिता रहेको थियो ।
एक हजार पाँच सय जना विद्यार्थी रहेको कालिका क्याम्पस काठमाण्डौ उपत्यका बाहिरका क्याम्पसहरु मध्ये स्नातकोत्तर तहमा ग्रामिण विकासको पढाइ सुरु गर्ने पहिलो क्याम्पस हो । क्याम्पसमा २०७३ साललेखि ग्रामिण विषय पढाई सुरु गरेको क्याम्पस प्रमुख विरञ्जि गौतमले जानकारी दिए । ग्रामिण विकासको दोस्रो सेमेस्टरमा नेपाल भरिमै सबैभन्दा धेरै ८० प्रतिशत विद्यार्थी उत्तीर्ण हुन सफल भएको क्याम्पस प्रमुख गौतमले बताए ।

2Shares
© कपीराईट–यस पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected