२०८३ कार्तिक २६, बिहीबार Thursday, November 12, 2026
खबर

गण्डकी धवलागिरी क्षेत्रका लायन्स लिडरलाई प्रशिक्षण

पोखरा भ्यूज

पोखरा, २८ जेष्ठ । लायन्स डिष्ट्रिक्ट ३२५ आई नेपालको गण्डकी धवलागिरी क्षेत्रका क्लब अफिसरहरूका लागि स्कुलिङ कार्यक्रम सम्पन्न भएको छ ।

लायन्स क्लव इन्टरनेशनल डिष्ट्रिक ३२५ आई नेपालको आयोजनामा गण्डकी धवलागिरी क्षेत्रका लायन बर्ष २०२२/२३ का लागि लायन्स क्लबका पदाधिकारीलाई प्रशिक्षण दिईएको हो ।

क्लव अफिसर तालिम अन्तर्गत आगामी बर्ष २०२२/२३ का लागि क्लवका अध्यक्ष, प्रथम उपाध्यक्ष, सचिव र कोषाध्यक्षलाई क्लव कसरी सञ्चालन गर्ने, भाबी आफ्ना कार्यक्रम र सामाजिक उत्तर दायित्व बहन गर्नका लागि खेल्नु पर्ने भूमिकाका बारेमा प्रशिक्षण गराइएको डिष्ट्रिक ३२५ आई नेपालका इलेक्ट डिष्ट्रिक्ट गर्भनर रामबहादुर बसेलले जानकारी दिए ।

आफ्ना भाबी कार्यक्रम र रणनितीका बारेमा बोल्दै गभर्नर बसेलले आगामी दिनहरुमा “आई विलिभ इन टिम वर्क” ‘म टिम वर्कमा विश्वास गर्छु’ भन्ने स्लोगनको मर्म र भावना अनुसार सम्पुर्ण लायनहरुले आफुलाई समाज सेवाका लगि बिशिष्ठ खालका सामाजीक कार्यहरुमा लगाउन आग्रह गरेका छन ।

बसेलले डिष्ट्रिक्ट ३२५ आई रिडिष्ट्रिक्टीङ पछिको पहिलो कार्यकाल भएकाले पहिलो प्राथमिकता जग बलियो बनाउन केन्द्रित  भएको बताए । कमजोर क्लबलाई विशेष ध्यान दिएर बलियो बनाउने, क्लब सदस्यहरूलाई आजिवन सदस्य बनाई पर्मानेन्ट क्लब बनाउन पहल गर्ने उनको भनाई रहेको थियो । बसेलका अनुसार काठमाँड़ौ र पोखरामा डिष्ट्रिक्टको स्थायी सचिवालय बनाउन आवश्यक पहल गरिएको, ईमरजेन्सी फण्डस्थापना गर्ने, लिड़रशिप, फेलोसिप र सामाजिक सेवाका कार्यमा जोड़ दिने लगायत पूर्व डिष्ट्रिक्ट गर्भनरहरुले अघि सारेका महत्वपूर्ण कार्यक्रमहरुलाई निरन्तरता दिने, डिष्ट्रिक्ट ३२५ आई नेपाललाई उत्कृष्ट डिष्ट्रिक्टका रूपमा स्थापित गराई गतिवान र सक्रिय बनाउनका लागि क्लबहरुलाई बलियो बनाउने समेतका योजना प्राथमिकतामा राखिएको उपस्थित क्लब अफिसरलाई जनाउ दिएका थिए ।

आफ्नो कार्यकालमा बिद्यालय कार्यक्रम सञ्चालन गर्ने र उचित पुर्वाधारको अभावका कारण शिक्षावाट बन्चित सर्वसाधारणहरुको लागि लक्षित गरि “स्कूल एडप्ट कार्यक्रम ”मार्फत बिद्यालयमा बिभिन्न किसिमका कार्यक्रम सञ्चालन गर्ने अभियानमा सहयोग गर्न क्लव अफिसर हरुलाई गभर्नर बसेलले प्रशिक्षित गराएका थिए ।

अगामी दिनमा पोखरामा रगत अभाव हुन नदिन ब्लड डोनेशन, वातावरण संरक्षणका लागि बृक्षारोपण, महिला शशक्तिकरणका कार्यक्रमसाथै अपाङगता भएकालाई बिशेष लक्षित कार्यक्रमलाई प्राथमिकतामा राखी कार्यसम्पादन गर्न निर्देशन समेत दिएका थिए ।  क्लवहरुको अगुवाईमा कमजोर  बिधालयमा खानेपानी, शौचालय, पुस्ताकालय, कम्पुटर, डेक्स र बेन्च, लगायतका भौतिक पुर्वाधारहरुको निर्माणका लागि आफ्नो विषेश पहल रहने छ बसेलले भने ।

गण्डकी धवलागिरीका क्षेत्रका ५४ क्लवका २ सय १६ जना क्लब पदाधिकारीले भाग लिएको प्रशिक्षण कार्यक्रममा क्लब अध्यक्षहरूलाई पूर्व मल्टिपल काउन्सील चियर पर्सन राजन लम्साल, प्रथम उपाध्यक्षका लागि मल्टिपल काउन्सील चियर पर्सन मनबहादुर रोका र प्रथम भाईस डिष्ट्रिक्ट गभर्नर चन्द्र कुमार के सी, क्लब सचिवकालागि द्वित्तिय भाईस डिष्ट्रिक्ट गभर्नर बिनोद ढुङगाना र क्याविनेट सेक्रेटरी हरिराज पन्त र कोषाध्यक्षका लागि पूर्व डिष्ट्रिक्ट गभर्नर इन्दु लम्साल र क्याविनेट ट्रेजरर सूर्यनारायण बराल लगायतले प्रशिक्षण दिएका थिए ।

कार्यक्रममा डिष्ट्रिक्ट ३२५ आई का प्रथम भाईस गभर्नर चन्द्र कुमार केसीले डिष्ट्रिक्ट गभर्नरको यो बर्षको नारा“आई बिलिभ इन टिम वर्क” र पूर्व मल्टिपल काउन्सील चियर पर्सन राजन लम्सालले “आवर डिष्ट्रिक्ट, आवर प्राईड” विषयमा आ–आफ़्ना प्रस्तुति राखेका थिए ।

Read more

तिहारको चौथो दिन:गोवर्द्धन, गोरु र हलीको पूजा गरी मनाइँदै तिहार

पोखरा, कात्तिक २३ गते । यमपञ्चक अर्थात् तिहारको चौथो दिन आज गोवर्द्धन पर्वत, बलि राजा, गोरु र हलीको पूजाआजा गरी मनाइँदै छ। कात्तिक शुक्ल प्रतिपदाका दिन गाईको गोबरबाट…

आज लक्ष्मीपूजा गरिँदै, घरघरमा दीपावलीको तयारी

पोखरा । यमपञ्चक अर्थात् तिहारको तेस्रो दिन आज धनधान्य, ऐश्वर्य र समृद्धिकी देवी लक्ष्मीको पूजा आराधना गरी लक्ष्मीपूजा पर्व मनाइँदैछ । लक्ष्मीलाई घरमा भित्र्याउने धार्मिक विश्वासका साथ बिहानैदेखि…

विश्वकर्मा समाज कास्की महिला समितिद्वारा तिहारको शुभकामना आदानप्रदान

पोखरा। विश्वकर्मा समाज केन्द्रीय कार्यालय कास्की महिला समितिको आयोजनामा दीपावली तथा तिहार २०८३ को अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ। समाजको आफ्नै भवन रामबजारस्थित अलकापुरमा आयोजित कार्यक्रममा…

प्रेस स्वतन्त्रताको पक्षमा युवाहरूको ऐक्यबद्धता : कालो पोसाकमा माइतीघरमा प्रदर्शन

‘ पत्रकारिता अपराध होइन, लोकतन्त्रमा प्रश्नको जवाफ गिरफ्तारी होइन, जवाफदेहिता हो’ भन्दै सरकारसँग मागे जवाफ काठमाडौँ, कार्तिक २१ गते। सञ्चारमाध्यममाथि बढ्दो हस्तक्षेप र पत्रकारितामाथि राज्य संयन्त्रबाट भइरहेको दबाबविरुद्ध…

प्लास्टिकका फूलमाला बिक्री गर्ने पसलमा महानगरको अनुगमन, ६ हजार २८० रुपैयाँका सामग्री नष्ट

पोखरा। तिहारलाई लक्षित गर्दै पोखरा महानगरपालिकाले प्रतिबन्धित प्लास्टिकजन्य फूलमाला तथा अन्य सामग्रीको बिक्री–वितरण रोक्न बजार अनुगमनलाई तीव्रता दिएको छ। सरकारले प्लास्टिकजन्य फूलमालाको उत्पादन, आयात, बिक्री–वितरण तथा भण्डारणमा प्रतिबन्ध…

आज तिहारको दोस्रो दिन:काग तिहार, काकबलि र धन्वन्तरी जयन्ती मनाइँदै

पोखरा । तिहारको दोस्रो दिन अर्थात् कात्तिक २१ गते आज काग तिहार, काकबलि तथा धन्वन्तरी जयन्ती मनाइँदैछ। यमपञ्चकको दोस्रो दिन कागलाई यमराजको दूतका रूपमा पूजा गर्ने परम्परा छ।…