231Shares

पोखरा भ्यूज

पोखरा लायन्स क्लब्स इन्टरनेशनल डिष्ट्रिक्ट ३२५ आई नेपालको पोखरामा डिष्ट्रिक्ट सचिवालयको उद्घाटन गरिएको आईतवार डिष्ट्रिक्ट ३२५ आई नेपालका इलेक्ट डिष्ट्रिक्ट गभर्नर राम बसेलले सचिवालय उद्घाटन गरेका हुन्

लायन्स क्लब अफ लेखनाथको स्वामित्वमा रहेको पोखरा महानगरपालिका वडा नं ३० मोहरियामा अवस्थित सचिवालय भवन डिष्ट्रिक्ट ३२५ आई लाई हस्तान्तरण गरिएको हो । साविकको लेखनाथ लायन्स सामुदायिक हस्पिटल परिसरमा सचिवालय स्थापना गरिएको डिष्ट्रिक्ट ३२५ आई नेपालका डिष्ट्रिक्ट क्याविनेट सेक्रेटरी हरिराज पन्तले जानकारी दिए

लायन्स क्लब अफ लेखनाथ आफैले संचालन गर्दै आएको क्लब सचिवालय डिष्ट्रिक्ट ३२५ आईले संचालन गर्नका लागि सचिवालय भवन उपलब्ध गराईएको लायन्स क्लब अफ लेखनाथका पूर्व अध्यक्ष एवं डिष्ट्रिक्ट ३२५आई नेपालका डिष्ट्रिक्ट एडमिन्ट्रेटर शैलेन्द्र मोहन भट्टराईले जानकारी दिए

डिष्ट्रिक्टको पुरानो क्लब लायन्स क्लब अफ लेखनाथको अगुवाईमा १५ बर्ष अघि लेखनाथको मोहरियामा सञ्चालनमा ल्याइएको लेखनाथ सामुदायिक लायन्स अस्पताल हाल गण्डकी प्रदेश सरकारलाई हस्तान्तरण गरी संक्रामक तथा सरुवा रोग अस्पतालको रुपमा संचालित

लायन्स क्लब अफ लेखनाथका अध्यक्ष राजेन्द्रप्रसाद पौडेलको अध्यक्षतामा सम्पन्न सचिवालय उद्घाटन कार्यक्रममा डिष्ट्रिक्ट ३२५ आई नेपालका प्रथम द्वित्तिय भाईस डिष्ट्रिक्ट गभर्नर चन्द्रकुमार केसी बिनोद ढुङगाना, पूर्व काउन्सिल चियरपर्सन राजन लम्साल, पूर्व डिष्ट्रिक्ट गभर्नर इन्दु लम्साल, डिष्ट्रिक्टका चिफ एडभाईजर पार्वती खरेल लगायत लायन्स लिडरहरुको उपस्थितिमा सचिवालय उद्घाटन गरिएको लेखनाथ लायन्सका पूर्व अध्यक्ष एवं डिष्ट्रिक्ट क्याविनेट ट्रेजरर सूर्यनारायण बरालले जानकारी दिए

व्यवस्थित रूपमा सचिवालय संचालन गर्नका लागि ठाउँ उपलब्ध गराएकोमा लायन्स क्लब अफ लेखनाथ परिवार प्रति आभार व्यक्त गर्दै साथ सहयोग गर्ने सम्पूर्णप्रति गभर्नर बसेलले धन्यवाद ज्ञापन गरेका थिए 

231Shares
© कपीराईट–यस पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected