1Shares

पोखरा भ्यूज

पोखरा । कालिका बहुमुखी क्याम्पसले शुक्रबार विदाई, स्वागत तथा बधाइ कार्यक्रमको आयोजना गरेको छ । क्याम्पसले कक्षा १२ का विद्यार्थीलाई विदाई, कक्षा ११ र स्नातक तह प्रथम वर्षमा अध्ययनरत विद्यार्थीलाई स्वागत तथा पोखरा महानगरपालिका वडा नम्बर १०, १४ र १५ का नव निर्वाचितजन प्रतिनिधिलाई बधाई कार्यक्रम गरेको हो ।

विद्यार्थीहरुलाई क्याम्पस व्यवस्थापन समितिका कार्यवहाक सभापति किरण केसी, क्याम्पसका प्रमुख विरन्जि गौतम, निवर्तमान क्याम्पस प्रमुख रविन्द्र बास्तोला, वडा नम्बर १० का वडाध्यक्ष राजेश गुरुङ, १४ वडा अध्यक्ष एवम् क्याम्पस व्यवस्थापन समितिका सदस्य बोधबहादुर कार्की, १५ का अध्यक्ष तोरण बहादुर बानिया लगायतले स्वागत तथा विदाई गरेका हुन् । यसैगरी नवनिर्वाचित वडाध्यक्षहरुलाई क्याम्पस व्यवस्थापन समितका कार्यवाहक सभापति केसी, क्याम्पस प्रमुख गौतम, निवर्तमान क्याम्पस प्रमुख बास्तोलाले बधाई दिएका थिए । कार्यक्रममा बोल्दै व्यवस्थापन समितिका कार्यवाहक सभापति किरण केसीले सर्वशुलभ शुल्कमा क्याम्पसले शिक्षा प्रदान गरेको उल्लेख गर्दै कालिका बहुमुखीलाई अन्य क्याम्पस सरह प्रतिस्पर्धी क्याम्पस बनाउने योजना रहेको उल्लेख गरे । यसैगरी क्याम्पस प्रमुख विरञ्जि गौतमले विद्यार्थी, अभिभावक, प्राध्यापक र स्थानीयहरुको संयुक्त प्रयासबाट मात्रै गुणस्तरीय शिक्षा प्रदान गर्नसकिने उल्लेख गरे । सर्वशुलभ शुल्कमा गुणस्तरीय शिक्षा प्रदान गर्ने क्याम्पसको उद्देश्यले रहेको उल्लेख गर्दै क्याम्पस प्रमुख गौतमले कालिका बहुमुखी क्याम्पसलाई राष्ट्रिय एवं अन्तर्राष्ट्रिय स्तरमा स्थापित गराउने प्रयासमा आफूहरु रहेको बताए । उनले विद्यार्थीहरुलाईअनुशासित भएर नियमित रुपमा क्याम्पसमा आएर पढ्ने, आफ्ना शैक्षिक क्रियाकलापहरु अघिबढाउन सुझाव दिँदै दक्ष जनशक्ति बनेर विद्यार्थीले देश  विकासमा टेवा पु¥याउनु पर्नेमा जोड दिए ।

जोर्नल प्रकाशन समितिका संयोजक प्रा.डा.विकास केसी, क्याम्पस सञ्चालक समितिका सदस्य विरेन्द्र केसी, प्राध्यापक शंकर ज्ञवाली लगायतले बोलेका थिए । कार्यक्रमको सञ्चालन सहायक क्याम्पस प्रमुख शालिकराम तिमिल्सिना गरेका हुन् । कार्यक्रममा क्याम्पसका कर्मचारी, प्राध्यापक, विद्यार्थी, क्याम्पस व्यवस्थापन समितिका सदस्यहरुको सहभागिता थियो । उक्त कार्यक्रममा विद्यार्थीहरुले विभिन्नप्रतिभा प्रस्तुत गरेका थिए । कार्यक्रममा क्याम्पसले हरेक वर्ष प्रकाशन गर्दै आएको जोर्नल पनि प्रकाशन भएको थियो ।

1Shares
© कपीराईट–यस पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected