
पोखरा भ्यूज
काठमांडौ । लायन्स अन्तरराष्ट्रिय डिस्ट्रिक ३२५ आई नेपालको बाग्मती एरियाका पदाधिकारीहरुको प्रशिक्षण कार्यक्रम शनिबार सम्पन्न भएको छ ।
स्कुलिङ्ग कार्यक्रममा डिष्ट्रिक्ट गर्भनर ईलेक्ट राम बसेलले लायन वर्ष २०२२/२३ का लागी डिष्ट्रिक्टले ल्याएका मुख्य कार्यक्रमहरुका बारेमा जानकारी गराएका थिए । सहभागी क्लबका इलेक्ट अध्यक्ष, प्रथम उपाध्यक्ष, सचिव र कोषाध्यक्षहरुले गर्भनरका कार्यक्रमहरुलाई पूर्ण सफल बनाउने प्रतिबद्धता समेत व्यक्त गरेका छन ।

गर्भनर बसेलका अनुसार आगामी वर्षका मुख्य कार्यक्रम ‘डिष्ट्रिक्टको जग बलियो बनाउने र डिष्ट्रिक्टको स्थायी सचिवालय निर्माण गर्ने’ रहेको छ । बसेलले डिष्ट्रिक्ट ३२५ आई डिष्ट्रिक्ट ३२५ बि१ रिडिष्ट्रिक्टीङ पछिको पहिलो कार्यकाल भएकाले पहिलो प्राथमिकता नै जग बलियो बनाउन केन्द्रित हुने बताए । उनका अनुसार कमजोर क्लबलाई विशेष ध्यान दिएर बलियो क्लब बनाउने, क्लब सदस्यहरूलाई आजिवन सदस्य बनाई पर्मानेन्ट क्लब बनाई डिष्ट्रिक्टको जग बलियो बनाउने रहेको छ । त्यस्तै, अर्को महत्वपूर्ण कार्यक्रम काठमाँड़ौ र पोखरामा डिष्ट्रिक्टको स्थायी सचिवालय बनाउने रहेको उनले बताए । साथै, ईमरजेन्सी फण्ड स्थापना गर्ने, लिड़रशिप, फेलोसिप र सामाजिक सेवाका कार्यमा जोड़ दिने लगायत पूर्व डिष्ट्रिक्ट गर्भनरहरुले अघि सारेका महत्वपूर्ण कार्यक्रमहरुलाई निरन्तरता दिने, डिष्ट्रिक्ट ३२५ आई लाई उत्कृष्ट डिष्ट्रिक्टका रूपमा स्थापित गराई गतिवान र सक्रिय बनाउनका लागि क्लबहरुलाई बलियो बनाउने समेतका योजना प्राथमिकतामा राखिएको जनाउ दिदै क्लब अफिसरलाई प्रशिक्षित गराएका छन ।
स्कुलिङ्ग कार्यक्रममा डिष्ट्रिक्टका सिनियर लिडरहरूले प्रशिक्षकले प्रशिक्षण दिएका थिए ।
प्रशिक्षकमा मध्ये पूर्व मल्टीपल काउन्सिल चेयरपर्सन राजन लम्सालले नबनिर्बाचित क्लब अध्यक्षलाई प्रशिक्षण दिएका थिए । मल्टीपल काउन्सिल चेयरपर्सन मन रोका र प्रथम भाइस गर्भनर इलेक्ट चन्द्रकुमार केसीले क्लबका प्रथम उपाध्यक्षलाई पदको काम कर्तब्य र अधिकारको बारेमा प्रतिक्षण दिएका थिए । द्वित्तिय भाइस गर्भनर इलेक्ट बिनोद ढुङगाना र मनोनित क्याबिनेट सेक्रेटरी हरिराज पन्तले क्लब सेक्रेटरी साथै, पूर्व डिष्ट्रिक्ट गभर्नर इन्दु लम्साल र मनोनित क्याविनेट ट्रेजरर सूर्यनारायण बरालले कोषाध्यक्षलाई प्रशिक्षण दिएका थिए ।
स्कुलिङ्गमा अध्यक्ष, उपाध्यक्ष, सचिव, कोषाध्यक्षलाई उनीहरुको काम कर्तव्य र अधिकारका विषयमा प्रशिक्षण गराईएको मनोनित क्याविनेट सेक्रेटरी हरिराज पन्तले बताए ।
स्कुलिङ्ग कार्यक्रममा बोल्दै प्रमुख अतिथी एलसिआईएफ एरिया लिडर बालकृष्ण वुर्लाकोटीले बाग्मती पिभिएसटीलाई कार्यकालको सफलताको शुभकामना दिँदै गर्भनरले ल्याएका कार्यक्रमलाई सफल बनाउन सबैएक भएर लाग्नुपर्ने बताए ।
डिस्ट्रिक्ट ३२५ आई नेपालका इलेक्ट गर्भनर राम बसेलको सभापतित्वमा सम्पन्न स्कुलिङ्ग कार्यक्रमम बाग़्मती एरियाका ८० क्लबका ३२० जना क्लब अफिसरले स्कुलिङ्गमा सहभागीता जनाएको कार्यक्रम संयोजक एवं डिष्ट्रिक्ट ३२५ आईका मनोनीत डिष्ट्रिक्ट चिफ एडभाईजर पार्वती खरेलले बताईन ।








सम्बन्धित खवर
















