२०८३ कार्तिक २६, बिहीबार Thursday, November 12, 2026
खबर

बाग्मती एरियाका पदाधिकारीहरुको प्रशिक्षण सम्पन्न

पोखरा भ्यूज

काठमांडौ । लायन्स अन्तरराष्ट्रिय डिस्ट्रिक ३२५ आई नेपालको बाग्मती एरियाका पदाधिकारीहरुको प्रशिक्षण कार्यक्रम शनिबार सम्पन्न भएको छ ।

स्कुलिङ्ग कार्यक्रममा डिष्ट्रिक्ट गर्भनर ईलेक्ट राम बसेलले लायन वर्ष २०२२/२३ का लागी डिष्ट्रिक्टले ल्याएका मुख्य कार्यक्रमहरुका बारेमा जानकारी गराएका थिए । सहभागी क्लबका इलेक्ट अध्यक्ष, प्रथम उपाध्यक्ष, सचिव र कोषाध्यक्षहरुले गर्भनरका कार्यक्रमहरुलाई पूर्ण सफल बनाउने प्रतिबद्धता समेत व्यक्त गरेका छन ।

गर्भनर बसेलका अनुसार आगामी वर्षका मुख्य कार्यक्रम ‘डिष्ट्रिक्टको जग बलियो बनाउने र डिष्ट्रिक्टको स्थायी सचिवालय निर्माण गर्ने’ रहेको छ । बसेलले डिष्ट्रिक्ट ३२५ आई डिष्ट्रिक्ट ३२५ बि१ रिडिष्ट्रिक्टीङ पछिको पहिलो कार्यकाल भएकाले पहिलो प्राथमिकता नै जग बलियो बनाउन केन्द्रित हुने बताए । उनका अनुसार कमजोर क्लबलाई विशेष ध्यान दिएर बलियो क्लब बनाउने, क्लब सदस्यहरूलाई आजिवन सदस्य बनाई पर्मानेन्ट क्लब बनाई डिष्ट्रिक्टको जग बलियो बनाउने रहेको छ । त्यस्तै, अर्को महत्वपूर्ण कार्यक्रम काठमाँड़ौ र पोखरामा डिष्ट्रिक्टको स्थायी सचिवालय बनाउने रहेको उनले बताए । साथै, ईमरजेन्सी फण्ड स्थापना गर्ने, लिड़रशिप, फेलोसिप र सामाजिक सेवाका कार्यमा जोड़ दिने लगायत पूर्व डिष्ट्रिक्ट गर्भनरहरुले अघि सारेका महत्वपूर्ण कार्यक्रमहरुलाई निरन्तरता दिने, डिष्ट्रिक्ट ३२५ आई लाई उत्कृष्ट डिष्ट्रिक्टका रूपमा स्थापित गराई गतिवान र सक्रिय बनाउनका लागि क्लबहरुलाई बलियो बनाउने समेतका योजना प्राथमिकतामा राखिएको जनाउ दिदै क्लब अफिसरलाई प्रशिक्षित गराएका छन ।

स्कुलिङ्ग कार्यक्रममा डिष्ट्रिक्टका सिनियर लिडरहरूले प्रशिक्षकले प्रशिक्षण दिएका थिए ।

प्रशिक्षकमा मध्ये पूर्व मल्टीपल काउन्सिल चेयरपर्सन राजन लम्सालले नबनिर्बाचित क्लब अध्यक्षलाई प्रशिक्षण दिएका थिए । मल्टीपल काउन्सिल चेयरपर्सन मन रोका र प्रथम भाइस गर्भनर इलेक्ट चन्द्रकुमार केसीले क्लबका प्रथम उपाध्यक्षलाई पदको काम कर्तब्य र अधिकारको बारेमा प्रतिक्षण दिएका थिए । द्वित्तिय भाइस गर्भनर इलेक्ट बिनोद ढुङगाना र  मनोनित क्याबिनेट सेक्रेटरी हरिराज पन्तले क्लब सेक्रेटरी साथै, पूर्व डिष्ट्रिक्ट गभर्नर इन्दु लम्साल र मनोनित क्याविनेट ट्रेजरर सूर्यनारायण बरालले कोषाध्यक्षलाई प्रशिक्षण दिएका थिए ।

स्कुलिङ्गमा अध्यक्ष, उपाध्यक्ष, सचिव, कोषाध्यक्षलाई उनीहरुको काम कर्तव्य र अधिकारका विषयमा प्रशिक्षण गराईएको मनोनित क्याविनेट सेक्रेटरी हरिराज पन्तले बताए ।

स्कुलिङ्ग कार्यक्रममा बोल्दै प्रमुख अतिथी एलसिआईएफ एरिया लिडर बालकृष्ण वुर्लाकोटीले बाग्मती पिभिएसटीलाई कार्यकालको सफलताको शुभकामना दिँदै गर्भनरले ल्याएका कार्यक्रमलाई सफल बनाउन सबैएक भएर लाग्नुपर्ने बताए ।

डिस्ट्रिक्ट ३२५ आई नेपालका इलेक्ट गर्भनर राम बसेलको सभापतित्वमा सम्पन्न स्कुलिङ्ग कार्यक्रमम बाग़्मती एरियाका ८० क्लबका ३२० जना क्लब अफिसरले स्कुलिङ्गमा सहभागीता जनाएको कार्यक्रम संयोजक एवं डिष्ट्रिक्ट ३२५ आईका मनोनीत डिष्ट्रिक्ट चिफ एडभाईजर पार्वती खरेलले बताईन ।

Read more

तिहारको चौथो दिन:गोवर्द्धन, गोरु र हलीको पूजा गरी मनाइँदै तिहार

पोखरा, कात्तिक २३ गते । यमपञ्चक अर्थात् तिहारको चौथो दिन आज गोवर्द्धन पर्वत, बलि राजा, गोरु र हलीको पूजाआजा गरी मनाइँदै छ। कात्तिक शुक्ल प्रतिपदाका दिन गाईको गोबरबाट…

आज लक्ष्मीपूजा गरिँदै, घरघरमा दीपावलीको तयारी

पोखरा । यमपञ्चक अर्थात् तिहारको तेस्रो दिन आज धनधान्य, ऐश्वर्य र समृद्धिकी देवी लक्ष्मीको पूजा आराधना गरी लक्ष्मीपूजा पर्व मनाइँदैछ । लक्ष्मीलाई घरमा भित्र्याउने धार्मिक विश्वासका साथ बिहानैदेखि…

विश्वकर्मा समाज कास्की महिला समितिद्वारा तिहारको शुभकामना आदानप्रदान

पोखरा। विश्वकर्मा समाज केन्द्रीय कार्यालय कास्की महिला समितिको आयोजनामा दीपावली तथा तिहार २०८३ को अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ। समाजको आफ्नै भवन रामबजारस्थित अलकापुरमा आयोजित कार्यक्रममा…

प्रेस स्वतन्त्रताको पक्षमा युवाहरूको ऐक्यबद्धता : कालो पोसाकमा माइतीघरमा प्रदर्शन

‘ पत्रकारिता अपराध होइन, लोकतन्त्रमा प्रश्नको जवाफ गिरफ्तारी होइन, जवाफदेहिता हो’ भन्दै सरकारसँग मागे जवाफ काठमाडौँ, कार्तिक २१ गते। सञ्चारमाध्यममाथि बढ्दो हस्तक्षेप र पत्रकारितामाथि राज्य संयन्त्रबाट भइरहेको दबाबविरुद्ध…

प्लास्टिकका फूलमाला बिक्री गर्ने पसलमा महानगरको अनुगमन, ६ हजार २८० रुपैयाँका सामग्री नष्ट

पोखरा। तिहारलाई लक्षित गर्दै पोखरा महानगरपालिकाले प्रतिबन्धित प्लास्टिकजन्य फूलमाला तथा अन्य सामग्रीको बिक्री–वितरण रोक्न बजार अनुगमनलाई तीव्रता दिएको छ। सरकारले प्लास्टिकजन्य फूलमालाको उत्पादन, आयात, बिक्री–वितरण तथा भण्डारणमा प्रतिबन्ध…

आज तिहारको दोस्रो दिन:काग तिहार, काकबलि र धन्वन्तरी जयन्ती मनाइँदै

पोखरा । तिहारको दोस्रो दिन अर्थात् कात्तिक २१ गते आज काग तिहार, काकबलि तथा धन्वन्तरी जयन्ती मनाइँदैछ। यमपञ्चकको दोस्रो दिन कागलाई यमराजको दूतका रूपमा पूजा गर्ने परम्परा छ।…