२०८३ कार्तिक २६, बिहीबार Thursday, November 12, 2026
खबर

कास्की काँग्रेसका सभापति बरालले डाकेको बैठक पदाधिकारी र सदस्यद्वारा बहिष्कार

पोखरा भ्यूज
पोखरा । नेपाली काँग्रेस कास्कीका पदाधिकारी एवं सदस्यहरूले सभापति किशोरदत्त बरालले डाकेको बैठक बहिष्कार गरेका छन् । सभापति बरालको गैह्रजिम्मेवारी प्रवृत्ति र शैलीको विरोधमा बैठक बहिष्कार गरिएको एक सदस्यले बताए ।

‘कास्की काँग्रेसको चिप्लेढुङ्गामा पार्टीको व्यवस्थित कार्यालय छ । तर सभापतिजीले अधिकाँश बैठक होटलमा डाक्ने गरेका छन्,’ बैठक बहिष्कार गरेका ती नेताले भने । सभापति बरालले आइतबारका लागि पार्टी कार्यालय छेवैमा रहेको दि भिजेजमा बैठक बोलाएका थिए । उनले यसअघि डाकेको बैठक पनि बस्न सकेको थिएन । यस घटनाले कार्यसमितिमा उनी पूर्णरूपमा अल्पमतमा परेको पुष्टि भएको छ ।

त्यसो त उनीमाथि अविश्वासको प्रस्तावबारे पनि पार्टीको उच्चस्तरमा व्यापक छलफल भएको स्रोतले बतायो । ‘सभापतिका विरुद्धमा छिट्टै अविश्वासको प्रस्ताव दर्ता गर्ने गरी हस्ताक्षरण अभियानको तयार छ,’ स्रोतले भन्यो । यद्यपि कहिलेसम्म अविश्वासको प्रस्ताव दर्ता हुन्छ भन्नेबारे स्रोतले केही बताउन चाहेन ।

पार्टी सभापति जिते लगत्तै बरालले कार्यक्रम सञ्चालनसम्बन्धी कार्यविधि कार्यसम्पादन समितिबाट अनुमोदन गराई अग्रज नेताहरूलाई अपमान गरेको आरोप लागेको थियो । उक्त मापदण्डमा कार्यक्रममा भद्दा आसनग्रहण नगराउने र प्रमुख अतिथी र सभापतिलाई मात्र मञ्चमा राख्ने नीति बनाएका थिए । वक्ता कम गराउने नाउँमा अग्रज नेतालाई मञ्चाभिमुख राखेर आफैंले घण्टौं प्रवचन दिएर अग्रज नेतामाथि अपमान गरेको भन्ने आरोप थियो । उनले कार्यसम्पादन समितिलाई पनि दिनुहुँ शिक्षकले विद्यार्थीलाई गृहकार्य दिए जस्तै गरी ‘होमवर्क’ दिने गरेको भन्दै आलोचन चुलिएको थियो ।

स्थानीय तहको निर्वाचनका सन्दर्भमा पनि सभापति बरालले केन्द्रको नीति र मापदण्ड विपरीत फरकखालको उमेद्वार छनौटसम्बन्धी मापदण्ड बनाएर वडावडामा सर्कुलेशन गरेका थिए । यद्यपि उनको प्रस्तावित उमेद्वार छनौटसम्बन्धी मापदण्डको चौतर्फी आलोचना भएको थियो ।

सभापति बरालमाथि स्थानीय तहको निर्वाचनमा गठबन्धनको मक्सद अनुसार काम नगरेको, उमेद्वार नलड्ने घोषणा गर्ने र पुनः महानगरपालिकाको उपमेयरमा दावी गरेको, निर्वाचनमा जिल्ला समिति लगायत तल्लो तहको संरचनालाई परिचालन नगरेको, जित्ने सम्भावना भएका वडामा गठबन्धनको नीति बमोजिम उमेद्वार तय नगरेको र चुनावी माहोल बनाउन समेत समन्वय नगरेकाले धेरै वडा र पोखरा महानगरपालिकाको उपमेयर, जिल्ला समवन्य समिति समेत गुमाउनु परेको लगायतका आरोप लगाइएको छ ।

नेपाली काँग्रेसको विधान २०१७ (नवौं संशोधन) को दफा ४४ को उपदफा १ बमोजिम सभापति उपर अविश्वासको प्रस्ताव दर्ता गर्न सकिने प्रावधान छ । २५ प्रतिशत निर्वाचकले हस्ताक्षर गरी जिल्ला कार्यसमितिमा अविश्वासको प्रस्ताव दर्ता गर्न सक्ने विधानमा व्यवस्था गरिएको छ । त्यसरी दर्ता भएको प्रस्ताव उपर ६० दिनभित्र निर्णय लिइसक्नु पर्ने छ ।

Read more

तिहारको चौथो दिन:गोवर्द्धन, गोरु र हलीको पूजा गरी मनाइँदै तिहार

पोखरा, कात्तिक २३ गते । यमपञ्चक अर्थात् तिहारको चौथो दिन आज गोवर्द्धन पर्वत, बलि राजा, गोरु र हलीको पूजाआजा गरी मनाइँदै छ। कात्तिक शुक्ल प्रतिपदाका दिन गाईको गोबरबाट…

आज लक्ष्मीपूजा गरिँदै, घरघरमा दीपावलीको तयारी

पोखरा । यमपञ्चक अर्थात् तिहारको तेस्रो दिन आज धनधान्य, ऐश्वर्य र समृद्धिकी देवी लक्ष्मीको पूजा आराधना गरी लक्ष्मीपूजा पर्व मनाइँदैछ । लक्ष्मीलाई घरमा भित्र्याउने धार्मिक विश्वासका साथ बिहानैदेखि…

विश्वकर्मा समाज कास्की महिला समितिद्वारा तिहारको शुभकामना आदानप्रदान

पोखरा। विश्वकर्मा समाज केन्द्रीय कार्यालय कास्की महिला समितिको आयोजनामा दीपावली तथा तिहार २०८३ को अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ। समाजको आफ्नै भवन रामबजारस्थित अलकापुरमा आयोजित कार्यक्रममा…

प्रेस स्वतन्त्रताको पक्षमा युवाहरूको ऐक्यबद्धता : कालो पोसाकमा माइतीघरमा प्रदर्शन

‘ पत्रकारिता अपराध होइन, लोकतन्त्रमा प्रश्नको जवाफ गिरफ्तारी होइन, जवाफदेहिता हो’ भन्दै सरकारसँग मागे जवाफ काठमाडौँ, कार्तिक २१ गते। सञ्चारमाध्यममाथि बढ्दो हस्तक्षेप र पत्रकारितामाथि राज्य संयन्त्रबाट भइरहेको दबाबविरुद्ध…

प्लास्टिकका फूलमाला बिक्री गर्ने पसलमा महानगरको अनुगमन, ६ हजार २८० रुपैयाँका सामग्री नष्ट

पोखरा। तिहारलाई लक्षित गर्दै पोखरा महानगरपालिकाले प्रतिबन्धित प्लास्टिकजन्य फूलमाला तथा अन्य सामग्रीको बिक्री–वितरण रोक्न बजार अनुगमनलाई तीव्रता दिएको छ। सरकारले प्लास्टिकजन्य फूलमालाको उत्पादन, आयात, बिक्री–वितरण तथा भण्डारणमा प्रतिबन्ध…

आज तिहारको दोस्रो दिन:काग तिहार, काकबलि र धन्वन्तरी जयन्ती मनाइँदै

पोखरा । तिहारको दोस्रो दिन अर्थात् कात्तिक २१ गते आज काग तिहार, काकबलि तथा धन्वन्तरी जयन्ती मनाइँदैछ। यमपञ्चकको दोस्रो दिन कागलाई यमराजको दूतका रूपमा पूजा गर्ने परम्परा छ।…