
पोखरा
पोखरा भ्यूज । पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले आर्थिक वर्ष २०७९/०८० का लागि नीति तथा कार्यक्रम सार्वजनिक गरेका छन् । आचार्यले पोखराको भौतिक पूर्वाधार निर्माणका लागि लगानी सम्मेलनमा गर्ने गरी निति तथा कार्यक्रम प्रस्तुत गरेका छन ।
आचार्यले पोखराको पर्यटनलाइ केन्द्रमा राखेर महानगरका समस्या सम्बोधन र समाधान खोज्ने गरी निति तथा कार्यक्रम प्रस्तुत गरेका छन् ।
पर्यटनलाई केन्द्रमा राख्दै घोषणापत्रलाई नै आधार बनाएर कृषि, स्वास्थ्य र पूर्वाधार,शिक्षा, समतामुलक समाजको विकास, सुशासन, वित्तिय पहुँच लगायतलाई नीति तथा कार्यक्रममा प्राथमिकतामा राखिएको छ ।
मेयर आचार्यले आगामी वर्षमा छाडाचौपाया नियन्त्रण गरि सडकलाई पूर्ण रुपमा छाडाचौपाया मुक्त बनाइने, सार्वजनिक पार्किङ स्थलको व्यवस्थापन, ट्राफिक व्यवस्थापन, ल्याण्डफिल्ड, पोखरा सिटी , क्षेत्रीय तथा टुरिस्ट बसपार्कलाई व्यवस्थित बनाउने बताए । कृषि क्षेत्रमा भएका समस्यालाई समाधान गरि कृषकलाई प्राविधिक कृषिमा प्रोत्साहन, पोखरामा उत्पादन हुने वस्तुलाई ब्रान्डिङ गरि पोखरेली ब्रान्डको स्थापना, बेरोजगारीको तथ्यांक संकलन गरि रोजगारीको व्यवस्थापन, वैदेशिक रोजगारीमा जानेलाई तालिमको व्यस्थापन, ३३ वटै वडामा एक उद्योग, एक सहकारीको व्यवस्थापन, खेल क्षेत्रको विकास, उत्कृष्ट खेलाडीलाई सम्मान, गुणस्तरीय र विशेषताकृत अस्पतालको निर्माण, कास्कीमा रहेका तालहरु सौन्दर्यकरण, लेक टु लेक कनेक्टिभीटीको सम्भाव्यता अध्ययन, सार्वजनिक जग्गाको मापदण्ड तय गरिने मेयर आचार्यले निति तथा कार्यक्रम सार्वजनिकका क्रममा बताए ।
पोखरा महानगरपालिका आ. व. २०७९/०८० को वार्षिक नीति तथा कार्यक्रमको पूर्ण पाठ
आदरणीय नगर सभासदज्यूहरु,
अव म पोखरा महानगरपालिकाले आगामी आर्थिक वर्षका लागि तय गरेका क्षेत्रगत नीतिहरु प्रस्तुत गर्ने अनुमति चाहन्छु ।
कृषि तथा सिचाईं
पशुपन्छी
रोजगार प्रवर्द्धन
उद्योग तथा सहकारी
पर्यटन विकास
शिक्षा
खेलकुद
स्वास्थ्य
लैंगिक समानता तथा सामाजिक समावेशीकरण
भाषा, कला, साहित्य र संस्कृति
पूर्वाधार तथा शहरी विकास
वन, वातावरण, सरसफाइ र विपद् व्यवस्थापन
कानून, मानव अधिकार र न्यायिक समिति
सुशासन तथा संस्थागत विकास
अन्त्यमा,
जय पोखरा नगरबासी । जय पोखरा महानगरपालिका ।।
धनराज आचार्य
प्रमुख
पोखरा महानगरपालिका












