२०८३ कार्तिक २६, बिहीबार Thursday, November 12, 2026
खबर

बजेट माथी छलफल हुन नसक्दा प्रतिपक्षद्वारा राजिनामा माग़

पोखरा भ्यूज
पोखरा । गण्डकी प्रदेशको प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले मुख्य मन्त्री कृष्णचन्द्र नेपाली पोखरेलको राजीनामा माग गरेको छ । सत्ता गठबन्धनभित्र देखिएको असन्तुष्टिका कारण बजेटमाथि छलफल हुन नसकेपछि एमाले संसदीय दल गण्डकीले बुधबार दलको कार्यालयमा पत्रकार सम्मेलन गर्दै राजीनामा माग गरिएको हो ।
पुर्व मुख्यमन्त्री समेत रहेका संसदीय दलका नेता पृथ्वी सुब्बा गुरुङले मुख्य मन्त्रीमा मन्त्रीलाई कार्वाहि गर्ने क्षमता नभएको बताएका छन् । उनले आन्तरिक विवादलाई मिलाउन नसकेको र सरकार विधि र पद्धती भन्दा बाहिर गएको कारण अब नैतिकताको आधारमा राजीनामा दिनुपर्ने बताए ।
‘सरकार चलाउने एउटा विधि हुन्छ पद्धती हुन्छ । चाहे त्यो ५ वर्षको गठबन्धन होस् या १० वर्षको अथवा एउटै पार्टीको किन नहोस् । सरकार चलाउने हो भने विधि र विधानमा रहेर काम गर्नुपर्छ । बजेटको सिद्धान्त र प्राथमिकता १५ दिन अघि छलफल गराउनुपर्छ । यो पटक कुन सिद्धान्तको आधारमा बजेट ल्याउँदैछ ?
सरकारले नीति तथा कार्यक्रम ल्याउँदा नै नौटंकी देखाएको उनको भनाइ छ । ‘यदि यो सरकारमा नैतिकता भन्ने चिज कुनै १ प्रतिशत पनि छ भने त्यहि बेला उसले राजिनामा दिनु पथ्र्यो एउटा मोडलको आधारमा । किनभने यो पार्लिमेन्ट सिस्टम शासन प्रणलीमा क्याविनेटका मन्त्रीहरुले सरकारको नीति र कार्यक्रम प्रस्तुत हुने दिनमा अनुपस्थित थिए ।’ गुरुङले मुख्यमन्त्रीमा मन्त्रीहरुलाई नियन्त्रणमा लिने र मिलाएर लैजान सक्ने सामथ्र्य नै नभएको सुनाए । उनले मन्त्रीहरुलाई स्याक गर्न सक्नुपथ्र्यो, कारवाही वा निस्कासन गर्न पर्ने भएपनि त्यसो गर्न नसक्नु ठुलो कम्जोरी रहेको बताए ।
मन्त्रीहरु नै नभईकन क्याबिनेटले पास गरेको नीति तथा कार्यक्रममा मन्त्रधी सहभागि नहुँदा अनेक जालझेल गरेर सहभागिता गराएको उनको अरोप छ । उनले बजेट पेश भएपछि आफ्नो प्रक्रियामा जानुपर्ने भएपनि सत्तासिन पार्टीभित्रको विवादका कारणले अर्थमन्त्री र मुख्यमन्त्री विचको विवादका कारणले नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रबिचको विवादका कारण बजेट छलफल रोक्न रोकिएको सुनाए । ‘संसदीय प्रक्रिया रोक्न मिल्छ ? संसदमा आएको बजेटको छलफल नगरिकन, पास गराउने प्रक्रियातिर नगईकन अनि अल्झाई राख्ने ? या त मुख्य मन्त्रीले राजीनामा दिन प¥यो या त अर्थमन्त्रीलाई कारवाही गर्न सक्नुप¥यो’ उनले भने । उनले अब दुई मार्टी मिलेर अर्थमन्त्री फेर्ने वा तत्कालै यसलाई पार लगाउने हिसाबले संसद बोलाउन सुझाव समेत दिए ।
समस्या भइसकेकाले यसको समाधान गर्ने बाटोमा मुख्यमन्त्री नहिडेको एमालेको गुनासो छ । मुख्यमन्त्रीले अर्थमन्त्री र अर्थमन्त्रीले मुख्यमन्त्रीलाई दोष दिने कामले गर्दा संसद अवरुद्ध भएको उनले सुनाए ।
‘मुख्यमन्त्रीले भन्नुहुन्छ क्याबिनेटबाट पास गरेको नीति तथा कार्यक्रमको बजेट आएन । अर्थमन्त्रीले चाहीँ निर्वाचन पुर्वाधार विकास कार्यक्रम काट्नुभयो । यसरीनै अन्य कार्यक्रम पनि काटिएको छ । त्यसकारण यो हुँदै होइन भनेर मुख्य मन्त्रीले संसद अवरुद्ध गर्न मिल्दैन ।’
संसदै अवरुद्ध गर्नुपर्ने कुनै कारण नभएको गुरुङको भनाइ रहेको छ । उनले त्यो समस्या एमालेको नरहेको र बजेटको सिलिङ धेरै नै अपमान पुर्वक घटाएको र आग्रह पुर्वाग्रह राखिएको हुनाले सानो ठुलो पार्टी भनिएको हुनाले एमालेको सहभागिता नभएको हो ।
अहिलेको विवाद आउनुको मुख्य कारणभनेको ३० जना सांसद्को टाउको गनेर पाँच–पाँच करोग रुपैयाँ दिनु रहेको उनले सुनाए । उनले त्यसैमा थपेँ ‘यो सबे लफडा हुनुका कारण भनेको सत्तासिन पार्टीका ३० जना सांसद्हरुलाई जनही पाँच–पाँच करोड दिइराख्नुभएको छ । पाँच करोड रुपैयाँ दिएको हुनाले सम्भवत् निर्वाचन पुर्वाधार कार्यक्रम दिनु पर्दैन होला भनेर अर्थमन्त्रीले काटेको हुनुपर्छ मुख्यमन्त्रीको के कुरा थियो सबैलाई थाहा छ ।’
उक्त कुरामा एमालेको गम्भिर आपत्ती रहेको उनले सुनाए । बजेटमाथि छलफल, बजेट कसरी चलाउने भन्ने तर्फ ध्यान नदिई अर्थ विकास समितिको बैठक डाकेको सुन्नामा आएको उनले बताए । संसदमा बजेट पासै नगरी अर्थ विकास समितिमा जान लाग्नु लोकतन्त्रको विपरित भएको उनले बताए ।

Read more

तिहारको चौथो दिन:गोवर्द्धन, गोरु र हलीको पूजा गरी मनाइँदै तिहार

पोखरा, कात्तिक २३ गते । यमपञ्चक अर्थात् तिहारको चौथो दिन आज गोवर्द्धन पर्वत, बलि राजा, गोरु र हलीको पूजाआजा गरी मनाइँदै छ। कात्तिक शुक्ल प्रतिपदाका दिन गाईको गोबरबाट…

आज लक्ष्मीपूजा गरिँदै, घरघरमा दीपावलीको तयारी

पोखरा । यमपञ्चक अर्थात् तिहारको तेस्रो दिन आज धनधान्य, ऐश्वर्य र समृद्धिकी देवी लक्ष्मीको पूजा आराधना गरी लक्ष्मीपूजा पर्व मनाइँदैछ । लक्ष्मीलाई घरमा भित्र्याउने धार्मिक विश्वासका साथ बिहानैदेखि…

विश्वकर्मा समाज कास्की महिला समितिद्वारा तिहारको शुभकामना आदानप्रदान

पोखरा। विश्वकर्मा समाज केन्द्रीय कार्यालय कास्की महिला समितिको आयोजनामा दीपावली तथा तिहार २०८३ को अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ। समाजको आफ्नै भवन रामबजारस्थित अलकापुरमा आयोजित कार्यक्रममा…

प्रेस स्वतन्त्रताको पक्षमा युवाहरूको ऐक्यबद्धता : कालो पोसाकमा माइतीघरमा प्रदर्शन

‘ पत्रकारिता अपराध होइन, लोकतन्त्रमा प्रश्नको जवाफ गिरफ्तारी होइन, जवाफदेहिता हो’ भन्दै सरकारसँग मागे जवाफ काठमाडौँ, कार्तिक २१ गते। सञ्चारमाध्यममाथि बढ्दो हस्तक्षेप र पत्रकारितामाथि राज्य संयन्त्रबाट भइरहेको दबाबविरुद्ध…

प्लास्टिकका फूलमाला बिक्री गर्ने पसलमा महानगरको अनुगमन, ६ हजार २८० रुपैयाँका सामग्री नष्ट

पोखरा। तिहारलाई लक्षित गर्दै पोखरा महानगरपालिकाले प्रतिबन्धित प्लास्टिकजन्य फूलमाला तथा अन्य सामग्रीको बिक्री–वितरण रोक्न बजार अनुगमनलाई तीव्रता दिएको छ। सरकारले प्लास्टिकजन्य फूलमालाको उत्पादन, आयात, बिक्री–वितरण तथा भण्डारणमा प्रतिबन्ध…

आज तिहारको दोस्रो दिन:काग तिहार, काकबलि र धन्वन्तरी जयन्ती मनाइँदै

पोखरा । तिहारको दोस्रो दिन अर्थात् कात्तिक २१ गते आज काग तिहार, काकबलि तथा धन्वन्तरी जयन्ती मनाइँदैछ। यमपञ्चकको दोस्रो दिन कागलाई यमराजको दूतका रूपमा पूजा गर्ने परम्परा छ।…