२०८३ कार्तिक २७, शुक्रबार Friday, November 13, 2026
खबर

पोखरामा घान्द्रुकको वृत्तचित्र प्रर्दशन

पोखरा भ्यूज
पोखरा, २८ साउन । लामा अमृत फाउण्डेशन घान्द्रुकद्धारा निर्माण गरेको घान्द्रुकको (कोँड नाश) वृत्तचित्र पोखरामा प्रदर्शन भएको छ ।
ब्रेजमेश्रो फिल्म प्रोडक्शन घान्द्रुकको ब्यानरमा निर्मित वृत्तचित्र आज (शनिबार) पोखरा महानगरपालिका १० स्थित भमरकोट पार्टी प्यालेसमा विशेष प्रदर्शन गरिएको हो ।
उक्त वृत्तचित्र प्रर्दशनको उद्घाटन गण्डकी प्रदेशका निवर्तमान आर्थिक मामिला तथा योजनामन्त्री किरण गुरुङले गरे ।
सो अवसरमा बोल्दै गुरुङले विश्वका पर्यटकको पहिलो रोजाइमा घान्द्रुक पर्ने बताउदै पछिल्लो समय घान्द्रुकको परिचय फराकिलो भएको बताए । ‘यस गाउँको पर्यटकीय महत्व र साँस्कृतिक महत्व लगायत विभिन्न महत्वहरु जुन छ हामीले वणर्न गरिरहन पर्दैन, उनले भने, ‘त्यो सबै यो वृत्तचित्रमा समेतिएको छ । त्यसैले पनि घान्दु्रक साँच्चिकैको पर्यटकीय गुरुङ गाउँको रुपमा लोकप्रिय बनेको छ ।’
उनले घान्द्रुकको लोकप्रियतालाई अझ उक्त वृत्तचित्रले थप प्रष्ट्याएको उल्लेख गरे ।
‘यो वृत्तचित्रको घान्द्रुकको लोकप्रियता र पर्यटकीय महत्व तथा साँस्कृतिक महत्वलाई थप प्रष्ट पारेको छ ।’ अर्थमन्त्री गुरुङले भने ।
उनले आफु पहिलोपटक २०३६ सालमा घान्द्रुक पुगको स्मरण गर्दै अहिलेसम्मको विकासको बारेमा बुझ्न उत्सुकता लागेकै कारण वृत्तचित्र हेर्न आइपुगेको बताए । ‘म पहिलो पटक ३६ सालमा घान्द्रुक पुगेको थिए । र राजनैनिक कार्यक्रमकै लागि धेरै पहिले दोस्रो पटक पनि पुगेको थिए । यो वृत्तचित्रको पोस्टर देखेपछि हेर्न इच्छा लागेको थियो, उनले भने, ‘त्यसैले पहिलेको घान्द्रुक र अहिलेको घान्द्रुकमा के भिन्नता रहेछ भन्ने उत्सुकता लागेर हेर्न आएको हुँ ।’
उक्त प्रर्दशनमा घान्द्रुकका स्थानीय बासिन्दा, कलाकार, समाजसेवी तथा व्यवसायीहरुको सहभागिता रहेको वृत्तचित्र निर्माता लामा अमृत फाउण्डेशन घान्द्रुकका संस्थापक अमृत गुरुङले जानकारी दिए ।
उनका अनुसार फाउण्डेशनले निर्माण गरेको उक्त वृत्तचित्रमा सन्तोष कोन्मेको निर्देशन, जितेश प्रधान र युनिश गुरुङको लेखन, शिव मुखियाको संगीत र सञ्जय मल्लको आवाजले सिँगारिएको छ । भने बार डिजिटल पोखरामा रेकर्ड गरिएको हो ।
उक्त वृत्तचित्रमा पर्यटकीय क्षेत्र घान्द्रुक गाउँ तथा आसपासको प्राकृतिक सौन्दर्यता, तमु समुदायसँग सम्बन्धित संस्कृति, भाषा, कला, धर्म तथा संस्कृतिलाई चित्रण गरिएको छ । साथै सो क्षेत्रका बासिन्दाको दैनिकीको बारेमा समेत समावेश गरिएको छ ।
घान्द्रुक गाउँमै पहिलो पटक प्रदर्शन गरि औपचारिक सुरुवात गरेको वृत्तचित्रलाई पोखरासँगै देशका अन्य मुख्य शहरहरु काठमाडौँ तथा चितवन लगायतका स्थानमा प्रर्दशन गर्ने तयारी रहेको फाउण्डेशनका संस्थापक लामा गुरुङले बताए । उनका अनुसार उक्त वृत्तचित्रलाई विदेशमासमेत प्रर्दशन गरिने तयारी थालिएको छ ।

Read more

पोखरामा मंसिर ५ र ६ गते कांग्रेस गण्डकीको दोस्रो अधिवेशन, देउवाले उद्घाटन गर्ने

१ हजार ६ सयभन्दा बढी प्रतिनिधि सहभागी हुँदै, अधिवेशनका लागि २५ लाख खर्च अनुमान पोखरा, कात्तिक २७ । नेपाली कांग्रेसको नियमित १५औँ महाधिवेशनअन्तर्गत गण्डकी प्रदेशको दोस्रो अधिवेशन आगामी…

तिहारको चौथो दिन:गोवर्द्धन, गोरु र हलीको पूजा गरी मनाइँदै तिहार

पोखरा, कात्तिक २३ गते । यमपञ्चक अर्थात् तिहारको चौथो दिन आज गोवर्द्धन पर्वत, बलि राजा, गोरु र हलीको पूजाआजा गरी मनाइँदै छ। कात्तिक शुक्ल प्रतिपदाका दिन गाईको गोबरबाट…

आज लक्ष्मीपूजा गरिँदै, घरघरमा दीपावलीको तयारी

पोखरा । यमपञ्चक अर्थात् तिहारको तेस्रो दिन आज धनधान्य, ऐश्वर्य र समृद्धिकी देवी लक्ष्मीको पूजा आराधना गरी लक्ष्मीपूजा पर्व मनाइँदैछ । लक्ष्मीलाई घरमा भित्र्याउने धार्मिक विश्वासका साथ बिहानैदेखि…

विश्वकर्मा समाज कास्की महिला समितिद्वारा तिहारको शुभकामना आदानप्रदान

पोखरा। विश्वकर्मा समाज केन्द्रीय कार्यालय कास्की महिला समितिको आयोजनामा दीपावली तथा तिहार २०८३ को अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ। समाजको आफ्नै भवन रामबजारस्थित अलकापुरमा आयोजित कार्यक्रममा…

प्रेस स्वतन्त्रताको पक्षमा युवाहरूको ऐक्यबद्धता : कालो पोसाकमा माइतीघरमा प्रदर्शन

‘ पत्रकारिता अपराध होइन, लोकतन्त्रमा प्रश्नको जवाफ गिरफ्तारी होइन, जवाफदेहिता हो’ भन्दै सरकारसँग मागे जवाफ काठमाडौँ, कार्तिक २१ गते। सञ्चारमाध्यममाथि बढ्दो हस्तक्षेप र पत्रकारितामाथि राज्य संयन्त्रबाट भइरहेको दबाबविरुद्ध…

प्लास्टिकका फूलमाला बिक्री गर्ने पसलमा महानगरको अनुगमन, ६ हजार २८० रुपैयाँका सामग्री नष्ट

पोखरा। तिहारलाई लक्षित गर्दै पोखरा महानगरपालिकाले प्रतिबन्धित प्लास्टिकजन्य फूलमाला तथा अन्य सामग्रीको बिक्री–वितरण रोक्न बजार अनुगमनलाई तीव्रता दिएको छ। सरकारले प्लास्टिकजन्य फूलमालाको उत्पादन, आयात, बिक्री–वितरण तथा भण्डारणमा प्रतिबन्ध…