
पोखरा भ्यूज
पोखरा । अन्नपूर्ण बाल तथा महिला अस्पतालले कुँडहर आधारभूत बिध्यालयका बिध्यार्थी शिक्षक तथा बिध्यार्थीका अभिवावकहरुको नि:शूल्क स्वास्थ्यपरिक्षण गरेको छ । पोखरा महानगरपालिका-१०, शिवचोकमा अवस्थित अस्पतालले आफ्नो सामाजिक उत्तरदायित्व स्वरुप यस्ता खालका सामाजिक कार्यहरु गर्दै आईरहेको अस्पतालका सन्चालक सन्तोष पान्डेले बताए । पोखरामानै पहिलो पटक महिला तथा बालबालिका अस्पतालको रुपमा सर्वशुलभ मुल्यमा छिटो छरितो र स्तरिय सेवा प्रदान गर्दै आइरहेको बताउदै आगामी दिनमा थप स्तरिय, छरितो र सर्वसुलभ बनाउन लागिपर्ने बताए । अस्पतालका अध्यक्ष विश्व घिमिरेले यस्ता सामाजिक उत्तरदायित्व कामहरुलाइ निरन्तरता दिदै जाने जानकारी दिए । शिविरमा ९० जना बिध्यार्थी तथा तिनका अभिवावकहरुले स्वास्थ्य परिक्षण गराएका छन् । उक्त स्वास्थ्य शिविरमा जनरल परिक्षण, पिसाव परिक्षण, दाँत परिक्षण साथै आँखा तथा कानको परिक्षण गरिएको थियो । अस्पतालले बिध्यार्थी शिक्षकलाई सबै खाले उपचारमा २५ प्रतिशत सहुलियत दिने बारेमा पनि सहमती भएको छ । बिध्यालयको तर्फबाट बिध्यालयका प्रध्यानाधापक निलकण्ठ पाठकको उपस्थिती रहेको थियो।अघिल्लो वर्ष विधालयमा भएको शिविर फलदायी भएकाले यसवर्ष पनि अस्पताललाइ आग्रह गरिएको प्रअ पाठकले जानकारी दिए । स्वास्थ्य परिक्षणमा बाललरोग बिषेशज्ञ डा. किरण शर्मा , विधान घिमिरे साथै सुगर प्रेशर तथा थाईराईड रोग बिषेशज्ञ फिजिसियन डा. सुरज लामिछाने लगाएतको उपस्थिती रहेको थियो। शिविरको महत्व वारेमा प्रकास पार्दै बालरोग विशेषज्ञ डा.किरण शर्माले वालवालिकाले डाक्टरसंगको परामर्श बिना औषधि सेवनले वालवालिकामा गम्भिर खालका असर देखिने भएकोले अनावश्यक औषधि डाक्टर परामर्श बिना सेवन नर्गन आग्रह गरे । रामघाट युवा क्लब सचिव अमित गुरूङको बिषेश संयोजनमा उक्त कार्यक्रम सम्पन्न भएको हो । सामाजिक क्षेत्रमा सक्रिय क्लवले यस्ता कार्यक्रमलाइ निरन्तर अगाडि बढाउने सचिव गुरुङले बताए ।





















