305Shares

पोखरा भ्यूज
पोखरा । संरक्षण र प्रचारप्रसारको अभावमा ओझेलमा परेको पोखरा महानगरपालिका वडा नं. १६ स्थित सिम्लिकुनामा रहेको केज्री केभको मुहार फेरिएको छ । गण्डकी प्रदेश सरकारको एक निर्वाचन क्षेत्र एक पर्यटकीय गन्तव्य कार्यक्रम अन्तर्गत क्रेजी केभको संरक्षण गरी पर्यटन प्रवद्र्धनात्मक कार्यक्रम अन्तर्गत विनियोजित रु. २० लाख रुपियाँको लागतमा पूर्वाधार विकास गरिएपछि गुफाको मुहार फेरिएको हो ।

 

प्रदेश सरकारबाट बजेट विनियोजन गरी गुफाको मुहार चम्काउने चाँजोपाँजो गण्डकी प्रदेश सरकारका कानूनी, सञ्चार तथा प्रदेश मामिलामन्त्री विन्दुकुमार थापाले मिलाएका थिए ।
यसैबीच केज्री केभ क्षेत्रमा शुरु भएको पूर्वाधार निर्माण कार्य सम्पन्न भएपछि समितिले केज्री केभको व्यवस्थापन पोखरा १६ का वडाध्यक्ष अमृत शर्मा तिमिल्सिनालाई हस्तान्तरण गरेको छ । गुफा प्राङ्गणमा शनिबार आयोजित एक समारोहमा गण्डकी प्रदेश सरकारका कानूनी, सञ्चार तथा प्रदेश मामिलामन्त्री विन्दुकुमार थापा र निर्माण समितिका अध्यक्ष एवं गुफा संरक्षणकर्मी केशव बस्नेतले वडाध्यक्ष शर्मालाई संयुक्त रुपमा गुफाको चावी हस्तान्तरण गरे ।

गुफा प्रवेश गर्ने द्वार, रेलिङवार, पेटी लगायतका पूर्वाधार निर्माणले गुफा क्षेत्र चिटिक्क परेर पर्यटकको स्वागत गरेको छ । यद्यपि प्रचारप्रसारको अभावमा आन्तरिक तथा वाह्य पर्यटक त्यसक्षेत्रमा पुग्न सकेका छैनन् । गुफा विभिन्न तीन तहमा विभाजित छ । करिब ४५० मिटर लामो यस गुफामा प्रशस्त मात्रामा चुनढुङ्गा पाइन्छ । गुफाभित्र स्पष्टरुपमा गौतमबुद्ध, हात्तीको सुँड, कान, नागनागिनी लगायतका दुवै देवीदेवताको आकृति देख्न सकिन्छ । गुफाको अन्त्य भागमा सुन्दर र कञ्चन तलाउन पनि छ । यो तलाउन नजिक छुट्टै द्वार पनि छ ।

305Shares
© कपीराईट–यस पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected